सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
निद्रा, मानिसलगायत सबै प्राणीका लागि आवश्यक छ ।
भर्खर जन्मेका बालबालिकालाई २४ घण्टामा २०–२२ घण्टासम्म सुत्नुपर्छ । उमेर बढ्दै जाँदा निद्राको आवश्यकता घट्दै गएर १२ वर्षको बच्चालाई नौघण्टा, २०–२९ वर्षको युवालाई आठघण्टा, ३०–४० वर्षकालाई सातघण्टा, वयस्कलाई आठघण्टा र साठीदेखि माथिकालाई ६ घण्टामात्र सुते पुग्ने कुरा वैज्ञानिकहरूले बताएका छन् ।
निद्रा नलाग्ने रोग (इन्सोन्मिया) पनि हुन्छ । तर, सामान्यतः निद्रा नलाग्नुको कारण चिन्ता वा तनाव, डिप्रेसन, कौतुहलता, शरीरमा कतै पीडा वा बिमार, होहल्ला, कुनै कुराले मनस्थिति खल्बलिनु वा बिछ्यौना परिवर्तन हुनसक्छन् । ठीकसँग सुतेर निद्रा नपु¥याउनेलाई उच्च रक्तचाप, मधुमेह, मोटोपन आदि समस्या हुनसक्छ । निद्रा नपुग्दा झर्को लाग्ने, काम गर्न मन नलाग्ने, रीस उठिरहने, निराशावादी कुरा खेलिरहनेजस्ता व्यवहार देखिन सक्छन् । रोग प्रतिरोधात्मक क्षमतामा कमी, पाचन प्रणालीमा गडबडी र भोक लागेको महसुस नहुने तथा खाने रुचिमा ह्रास आउने कारण पनि निद्रा नपुग्नुलाई नै मानिन्छ ।
वैज्ञानिक अनुसन्धानका अनुसार—कम सुत्नेहरू फूर्तिलो, चुस्त र महत्वाकाङ्क्षी हुन्छन् रे । धेरै सुत्नेचाहिँ छिटै आत्तिने, उदास, शङकालु, कुनै सिर्जनात्मक कुरा गर्न नसक्ने र बोधो दिमागका । आवश्यकताभन्दा थोरै सुतेर निद्रा पुगेन भनेचाहिँ स्मरणशक्तिमा कमी आउने रहेछ ।
खानापछि लाग्ने निद्रालाई बोलीचालीमा ‘भातेनिद्रा’ पनि भनिन्छ । दिउँसोको खानापछि बढीमा आधाघण्टा झप्की लिनुलाई अङ्ग्रेजीमा ‘न्याप’, ‘पावरन्याप’, ‘स्नूज’ इत्यादि भनिन्छ । मुटुलाई फाइदा हुने, शरीरमा स्फूर्ति र तत्कालको कार्यदक्षता बढाउने यस्तो अल्पनिद्रा बिछ्यौनामा होइन, आफूले काम गर्ने ठाउँमा नै लिइन्छ । जस्तो कि—रिक्साचालकले रिक्सामै, मोटरचालकले मोटरमै, कार्यालयमा काम गर्नेले कार्यालयमै । तर दिउँसो पनि बन्दोबस्तसँगले बिछ्यौनामै सुत्ने गर्दा अल्छ्याइँ बढ्ने र रोग निम्तिने सम्भावना भएको बताइन्छ ।
सुतेको बेलामा मानिसको तौल ११ औंस बढ्ने र लम्बाइ ८ मिलिमिटर बढ्ने तर जागेपछि दुवै पूर्व अवस्थामै आउँछन् रे । निद्रामा घुर्नेमा २० प्रतिशत पुरुष र ३०–५० उमेर समुहका ५ प्रतिशत महिला पर्दा रहेछन् । ६० वर्ष वा सोभन्दा माथिका मानिसमध्ये चाहिं ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला । दुब्लोपातलो मानिसभन्दा मोटो मानिस बढी सङख्यामा घुर्ने कुरा पनि अनुसन्धानबाट थाहा भएको छ । घुर्ने मानिसले अरूको निद्रा खल्बल्याइदिने त छँदै छ, कसैकसैलाई त कालान्तरमा गएर मुटुमा पनि समस्या आउँछ रे ¤ अप्ठ्यारो सुताइ र बिछ्यौना फेरिनाले पनि घुर्ने सम्भावना हुन्छ । कोही निद्रामै कराउने, नजिकको साथीलाई आक्रमण गर्ने, उठेर बाहिरफेर हिँड्नेजस्ता क्रियाकलाप पनि गर्छन् । त्यस्तो खतरनाक बानी सुधार्नका लागि कतै कतै जान्ने वा धामी लगाउने चलन पनि छ । तर, पनि सुधार भएको पाइँदैन । कोही कोही मीठो निद्रा आओस् भन्नका लागि धूमपान र मदिरा सेवन गर्नुपर्छ पनि भन्छन् । तर यो राम्रो होइन । यथोचित निद्राका लागि, बेलुका सकेसम्म हल्का र सादा खाना खाने, मसला र नुन कम हालिएका तातो रसदार (झोलवाला) खानेकुरा भए बेस । एकगिलास तातो दूध पनि पिएको राम्रो । चिल्लो हालेर तारेको वा भुटेको खानेकुरा खान नहुने सुझाव विज्ञहरूको छ ।
अब एकैछिन जनावरहरूको निद्राको बारेमा पनि कुरा गरौँ ।
मानिस तथा पशुपन्छी दुवैथरीमा मिल्ने कुरा आहारा, निद्रा, भय र मैथुन हो भनिन्छ । गाई, गोरु, भैंसी, घोडाजस्ता जनावरलाई पनि निद्राको आवश्यकता पर्छ नै । ती जनावरहरू सरदर चारघण्टामा निद्रा पु¥याउँछन् । घोडा उग्राउँदैन र बस्दैन पनि । मृग तथा एसियन हात्ती सवातीन घण्टा, गधा चारघण्टा, कुकुर सरदर १३ देखि १६ घण्टासम्म, चिम्पान्जी ११ घण्टा र सिंह १३ घण्टा सुत्छन् । सबैभन्दा बढी सुताहा जनावर खैरो बिरालो हो । यो दिनमा १९ घण्टासम्म सुत्छ । सबभन्दा कम सुत्ने जनावरचाहिं जिराफ हो । यो पौने दुईघण्टा मात्र सुत्छ । त्यो पनि पटकपटक गरेर, एक पटकमा पाँच मिनेट सुताइको दरमा । डल्फिन एउटा आँखा खोलेर सुत्छ । माछा दुवै आँखा खुलै राखेर सुत्छन् । भ्यागुता, सर्प आदि जमिनभित्र बस्ने जीवहरू जाडोको समयमा जमिनमा ननिस्की लामो निद्रा (हाइबरनेशन) लिन्छन् । महानिद्राकै समयमा सर्पले काँचुली छोड्दछ ।
Leave a Reply