भर्खरै :

नेपाललाई समृद्ध सच्चा नेपालीले मात्रै बनाउँछ

नेपाल मजदुर किसान पार्टीलाई जरैदेखि उखेल्ने कुप्रयासले पञ्चायत सरकारको कायरतापूणर् षड्यन्त्रबाट सृजित २०४५ सालको भक्तपुर काण्डको सत्यतथ्य मूल्याङ्कन गरी नेमकिपाका कार्यकर्ता र पार्टीप्रति सहानुभूति राख्ने जनतामाथि भएको अत्याचारलाई विभिन्न लेख रचनामार्फत सत्यतथ्यको उजागर गर्ने एक जना आदरणीय लेखक हुन् अनारसिंह कार्की । प्रजातान्त्रिक पार्टी भनिने नेपाली काङ्ग्रेसको केही वर्षअगाडि चितवनमा सम्पन्न महाधिवेशनको सन्दर्भमा एउटा रेडियो अन्तर्वार्तामा दुखेसो पोख्दै लेखक कार्कीले भन्नुभयो, “हाम्रो पार्टीमा नयाँ केन्द्रीय सदस्यहरूमा अध्ययन, चिन्तन र अनुशासनको खडेरी परेको देखेर सार्‍है दुःख लाग्यो । अधिवेशनमा झुन्ड्याई राखेको नेता विश्वेश्वरप्रसाद कोइरालाको फोटो हेर्दै एकजना युवा सदस्यले “ए यो दारी पालेको चश्मे बुढा पनि हाम्रै पार्टीको रैछ ?” भनी आश्चर्य प्रकट गरेको देख्दा नेपाली काङ्ग्रेसको भावी अस्तित्वबारे कार्कीजस्ता अध्ययनशील र चिन्तन भएका बौद्धिक लेखकलाई चिन्ता लाग्नु स्वाभाविक थियो । नेपाली काङ्ग्रेसकै धेरै बौद्धिक वृत्तका व्यक्तिहरू भन्छन्, शेरबहादुर देउवा बेलायतमा अध्ययन गरेका भनिए तापनि अनुशासन, चिन्तन र अध्ययनमा शून्य व्यक्ति हुन् । अनि उनीबाट कार्यकर्ताले के सिक्ने ? अहिले संसद्मा बलियो प्रतिपक्ष भनिएको नेपाली काङ्ग्रेसको अस्तित्व दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।
नामले होइन कामले चिनिन्छ
संसारको अति विकसित मानिने स्कान्डिनेभियन मुलुकमा अध्ययनको सिलसिलामा नर्वे हुँदै हाल फिनल्याण्डमा अध्ययनरत एक जना भाइले उक्त देशमा चमेनागृह खोली व्यवसाय गर्ने नेपाली साहूहरूले राजनीतिक पहुँचको आड र संरक्षणमा सञ्चालित नेपालका म्यानपावर कम्पनीमार्फत पठाइएका नेपाली दाजुभाइको कसरी आर्थिक र शारीरिक शोषण गर्छन् भन्नेबारे साँचो कुरा बताउँदा अचम्म लाग्यो । नेपालबाट फिनल्याण्ड वा नर्वेसम्म आइपुग्न हवाईजहाज टिकट मूल्य र अन्य सरकारी कागजपत्रको मिलान गर्न नेपाली रु. २ लाखभन्दा बढी लाग्दैन, तर रोजगारको लागि नेपालबाट त्यहाँ उडेर आउने प्रत्येक दुःखी नेपाली दाजुभाइलाई १५ लाखभन्दा बढी तिर्न बाध्य हुन्छ । फिनल्याण्डको सरकार नियमानुसार कुनै पनि रेस्टुरेन्टमा काम गर्ने वेटर वा वेट्रेस्लाई ६ घण्टाभन्दा ज्यादा काममा लगाउन पाइँदैन । व्यापार व्यवसायमा फिनिस सरकारले तोकिएको कार्य अवधिको मापदण्डभन्दा बढी काम लगाएमा घण्टाको हिसाब गरी थप पारिश्रमिक दिनैपर्छ । त्यस मुलुकको श्रम पारिश्रमिक ऐनअनुसार रेस्टुरेन्टमा काम गर्ने वेटर वा वेट्रेस्ले मासिक हाम्रो नेपाली रकम २ लाख पाउनैपर्छ । तर, त्यहाँ प्रचलित नियम र कानुनविपरीत हाम्रै मुलुकका होटल मालिकहरूले हाम्रै नेपाली युवाहरूलाई दिनको ८ देखि १० घण्टासम्म काममा जोताउँछन् तर, रु. पचास हजारभन्दा बढी तलब दिँदैनन् । यो वास्तविकता कायम गर्न पहिले नै तयार पारिएको लिखित कबुलियत पत्रमा सही छाप गर्न लगाइछ । यो एक जना गरिब मान्छेले अर्को गरिब मान्छेमाथि गरिने अत्याचार र शोषण नभई धनी वर्गले गरिब वर्गलाई गर्ने स्वाभाविक प्रक्रिया हो । यही वास्ताविकता नै पँुजीवादी समाजमा धनीले गरिबलाई वा हुनेले नहुनेलाई गर्ने बेहिसाबको शोषण हो । दस वर्षदेखि त्यस मुलुकमा अध्ययनरत त्यो भाइलाई यी पीडाजनक अवस्थामा बाँचिरहेका नेपाली कामदारहरूले यसलाई उक्त मुलुकको कुनै पनि पत्र पत्रिकामा उनीहरूको दानापानीको लागि सार्वजनिक नगर्न आग्रह गरेका थिए । अति विकसित भनिने मुलुकमा कार्यरत नेपाली कारदार युवाहरूको यस्तो हविगत छ भने खाडी र अन्य मुलुकमा कष्टकर जीवन बिताइरहेका हाम्रा युवा जमातको कुरै छोडौँ ।
नेपाल सरकारलाई के यो सत्य थाहा छैन होला ? नेपालको सबैभन्दा धनी अथवा विश्वका धनी व्यक्तिमध्ये एक विनोद चौधरीको नोटको वित्तोले नेकांका नेताहरूको बगली भरिदिएवापत सांसदजस्तो गरिमामय पद उनका लागि बिक्री गरिएको सत्य कसैलाई थाहा छैन र ? सरकारलाई आफ्नो व्यवसायको मुनाफाबाट नियमानुसार २५ प्रतिशत आयकर नतिरी चुपचाप बसे पनि उनीमाथि किन नेपालको अर्थ मन्त्रालयको कानुनले छुँदैन ? सबैभन्दा धनी व्यक्तिले सबैभन्दा कम कर तिर्ने कहाँको नियम र त्यसैले पनि हंसिया-हथौडा अङ्कित झन्डा देखाई जनतालाई झुक्याउने यो सरकार पँुजीवादी सरकार नै हो । सङ्गीतमा पनि सौख भएका चौधरी अहिलेका लोकप्रिय सङ्गीतकार शुम्भजित बाँस्कोटासँगको साङ्गीतिक यात्राको दौरानमा उतिबेला गीतहरू रेकर्डिङ्ग गर्न उनलाई पैसाको खाँचो हुन्थ्यो अरे !
देशले अझसम्म दशकाँै लामो विदेशी अत्याचार भोग्नुपरेको छैन, तैपनि विकासमा हामी किन धेरै पछाडि छौँ ? माग्ने देश भनेर केही दाता राष्ट्रहरू आफ्नो स्वार्थ परिपूर्तिका लागि बलजफ्ती हाम्रो देशको सरकारलाई ज्यावलको रूपमा किन प्रयोग गर्न खोज्छन् ? किनभने शासकले राष्ट्रलाई रणभूमि हुन दिने एमसीसीजस्तो राष्ट्रघाती परियोजना पारित गर्ने कुकर्म गर्दै छन् । पँुजीवादी मुलुकमा नाममात्रको अर्थशास्त्रको अध्ययन गरेर दिमागमा कीरा परेका अर्थशास्त्रीले विदेशीले फोकटमा दिने दान-दक्षिण र भिक्षाका आधारमा राष्ट्रिय बजेट तर्जुमा गर्छ । गरी खाने वातावरण सृजना गर्न सम्बन्धित निकायहरू पूणर्तया असफल भएपछि हात नङग्रा खियाउन सक्ने ७० लाखभन्दा बढी नेपाली युवाहरूलाई घरखेत धितोमा राखी अथवा आमा र श्रीमतीको गहना बेची वा मोटो रकमको ब्याजमा ऋण पैंचो गरी विदेश जान बाध्य पार्न सकेकोमा काङ्ग्रेसको सरकार मक्ख थियो, वर्तमान ओलीको सरकार पनि दङ्ग छ । यो रोजगारीको सृजना होइन गरिब नेपाली युवाहरूलाई दास बन्न विवश पार्ने नीति हो । जन्मिने हुर्किने अनि पाखुरा बलियो नभएसम्म स्याहारसुसार नेपाली माटोमा हुने, तगडा लक्का जवान भएपछि अर्का देशमा श्रम बेच्ने ? यो कस्तो अर्थ नीति ? मन्त्री, शासक दलका नेताहरूले, राजनीतिलाई व्यवसाय बनाएर जनताले तिरेको करमा मस्ती गर्नेहरूका सन्तानहरूले खाडीको मरुभूमिका आफ्नो परिवार सम्झी पापी पेटका लागि पसिना बगाउन कति कठिन छ भन्ने कुरा नबुझेकाले सरकारलाई पनि यो व्यथा थाहा भएन । ती परिश्रमी नेपालीहरूले रगत पसिना चुहाएर एकएक जम्मा गरी पठाइएको विप्रेषण नामको त्यो रकमले राज्यको ढुकुटी भर्ने र दिएको खाने अर्‍हाएको गर्ने पार्टी कार्यकर्ता, आफ्ना पार्टी शासकहरूको सुविधा, झोले, चम्चे, चाकडीबाज र नातागोताहरूको स्वार्थ सिद्ध गर्न उक्त विप्रेषणको सत्यानाश गर्न पाएकोमा लाछी सरकारका कवाडी नेताहरू हर्षित छन् ।
हाम्रा प्रधानमन्त्रीका कुण्ठा पनि विचित्रै छ । “आफ्नो प्रधानमन्त्रीत्व कालमा वर्षौदेखिको लोडसेडिङ समाप्त हुने, अनि कुलमान मतुवालीको नाम चकाचक हुने, शान पनि उनकै, मान पनि उनलाई र यत्रो दुइतिहाइको बलियो कम्युनिस्ट सरकारलाई के त ?” भनी निन्द्रामा बर्बराउनुमा कुनै अर्थ छैन । हो, सीएफएल र लिडका बत्तीले पनि कुलमानलाई साथ दिएको छ । पहिलो ६/७ वटा सयवाटको चिम बल्ने घरमा अहिले सयवाटको खपतले सिङ्गै घर झिलिमिली हुन्छ । हुन त अहिले माइक्रोओभन, इन्डक्सन हिटर अन्य विद्युत्को खपत हुने घरायसी सामानको प्रयोग धेरै भएको छ । त्यसअनुसार विद्युत् उत्पादनमा पनि वृद्धि हुनु सकारात्मक पक्ष हो । शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीलगायत अन्य क्षेत्रमा पनि ऊर्जा क्षेत्रमा जस्तै जनतालाई प्रत्यक्ष लाभ हुने गरी कार्य थालनी गर्न प्रधानमन्त्रीजीलाई कसले छेक्या छ र ? कोभिड भाइरसबाट बच्ने सरल उपाय थाहा हुने प्रधानमन्त्री ओलीजीलाई नकारात्मक सोच, दाहा, इष्र्या र कुण्ठाले कुनै पनि व्यक्तिलाई शारीरिक र मानसिकरूपले नराम्रोसँग गलाउन सक्छ भन्ने वैज्ञानिक सत्य पनि थाहै होला ।
कृषिप्रधान मुलुकमा कृषकको दीर्घ पीडा !
हामी माध्यमिक विद्यालयका विद्यार्थी छँदैदेखि नेपाल कृषिप्रधान देश भएकोले आफ्नै मुलुकमा कृषि मल कारखानाको स्थापनाको अनिवार्यताबारे निरङ्कुश पञ्चायत व्यवस्थाको शासनकालका बेला यिनका उच्च पदाधिकारीहरूलाई उक्त वास्तविकताउपर गम्भीर बनी योजना निर्माणको लागि आग्रह गर्ने पहिलो राजनीतिक पार्टी भनेको नेमकिपा नै हो । लामो समयसम्म उक्त जन सरोकारको महत्वपूणर् विषयमा पञ्चायत कालमा केही सकारात्मक कार्य उत्थानसम्म नभएपछि आकासे वर्षामा निर्भर रहने नेपालको कृषि प्रणाली भएको हुँदा सिँचाइका लागि कुलो र नहरको स्थायी निर्माण र बहुसङ्ख्यक किसानको समस्यालाई सम्बोधन हुनेगरी समयमै मुलुकमा कृषि मल (त्यो बेला विदेशबाट आउने रासायनिक कृषि मललाई बोलीचाली भाषामा देशी मल भनिन्थे) को बन्दोबस्त र सहज उपलब्धता लागि विभिन्न आन्दोलनको सुरुवाट नेमकिपाले नै गर्नुपर्‍यो । कमिसनकै चलखेलका कारण नेपाली काङ्गे्रसको सरकारदेखि अहिलेसम्मको ॅकम्युनिस्टको सरकार’ ले पनि यस्तो गहन विषयमा गम्भीरता देखाएको छैन । कृषि किसानको मात्र समस्या नभएर देशकै समस्या हो भन्ने कुरा सरकारले नबुझ्दा जनता आजित भइसकेका छन् ।

स्कूल, कलेज र विश्वविद्यालयको पढाइमा राम्रो हुनु र देश र जनताको हितका लागि त्यतिबेलै नेमकिपाका अध्यक्ष का.रोहितले विभिन्न पत्र-पत्रिकामार्फत स्पष्ट पार्दै बाबुराम भटराई नेपालको कम्युनिस्ट आन्दोलनको राजनीतिमा सफल हुन्छ भनी ठोकुवा गर्नु राजनीतिक अपरिपक्वता हुने भनाइ पनि मेरो स्मरणमा ताजै छ । वास्तविकता आज सबैसामु घामजस्तै छर्लङ्ग भइसकेको छ । दूरदर्शिता, निष्पक्षता, योग्यता, देश र जनताप्रति इमानदारीताविना कसैको निजी स्वार्थ परिपूर्तिका लागि कुनै पनि सङ्घ संस्था, सरकारी मन्त्रालय र विभागको प्रमख हुनु, कलेज र विश्वविद्यालयको भीसी हुनु, प्रहरी र सैनिक निकायको उच्चपदमा नियुक्ति हुनु र बेथिति, अनियमितता र भ्रष्टाचारले जेलिएको र सच्चा देशभक्त बौद्धिक वर्गको सम्मान नगर्ने मुलुकको प्रधानमन्त्री हुनुमा व्यक्तिको सफलताको सही मूल्याङ्कन हुँदैन । सांसद किनबेच हुने, चरित्रहीन अयोग्य व्यक्ति मन्त्री हुनु त हाम्रो मुलुकको विशेषताजस्तै भइसकेको छ ।

वर्षांैमात्र होइन, दसकौँ बितिसक्दासम्म कृषिप्रधान देशमा कृषकको समस्या उस्ताको उस्तै छ । मित्र राष्ट्रले निर्माण गरेको कृषि औजार कारखाना कता गए ? मलको केही देशहरूमा वर्षाले साथ नदिँदा सिंचाइले कृषि व्यवसायमा राम्रो हुने सपना बाँडेर नहरको निर्माण गरियो तर भ्रष्टाचारले गर्दा त्यो पनि नाकाम भइदिए । यी यावत सरकारी बेथिति र भ्रष्टाचारका कारण कृषिमा पनि गरिखानेलाई सही वातावरणको अभाव भइदियो । अनि एक किलो प्याजको २५० रुपैयाँमा किन्नुपर्ने अवस्था यसरी नै सृजना हुन्छ । एक दुई महिना अघिसम्म धार्नीको ६० रुपैयाँमा किन्न पाइने आलु हिजोआज २०० र नेपाल सरकारको अकर्मण्यताका कारण कृषि बजारको व्यवस्थापनमा बिचौलियाको पकडका कारण धादिङमा प्रतिकिलो रु.१५ मा बिक्री वितरण हुने गोलभेडा राजधानीमा रु.१०० पर्छ । ओली सरकारको समृद्ध नेपालले दिएको यो त एकछेउको सानो उदाहरणमात्रै हो । आखिरमा घरिघरि भइरहने महँगीले यस्तो नालायक सरकारको निर्माण गर्ने नक्कली जनप्रतिनिधिहरूलाई निर्वाचित गरी पठाउने जनतालाई पनि त पिरोलेकै छ । समयमै विचार नपुर्‍याउँदा पुर्पुरोमा हात राखी आफैले आफूलाई सराप्नुपर्ने दिन आउने भनेकै यही हो ।
आफ्नो कृषि कर्ममा गरिएको कडा शारीरिक परिश्रमले अरुलाई पनि खुवाउने र आपूm पनि खाने कृषकको समस्या वा पीडा भनेको देशकै कष्ट र पीडा हो किनभने आफ्नो मुलुकमा कृषि उत्पादन राम्रो भएन भने आवश्यक अन्नलगायत अन्य कृषिजन्य वस्तुहरू विदेशबाट आयात गर्नुपर्ने हुन्छ । आयात गर्नु भनेकै मुलुकको विकास निर्माण कार्यमा लगानी गर्नुपर्ने राष्ट्रिय पँुजी अरु मुलुकमा पठाउनु हो । एकजना मित्रको पिताजी भन्नुहुन्थ्यो, उहाँ अध्ययनको सिलसिलिमा १०-१५ वर्षको सोभियत सङ्घको बसाइमा एकपल्ट पनि मूल्यवृद्धि भएको थाहा भएन । यो सुन्दा हामीलाई दन्त्यकथाझैँ लाग्छ र साँचो कम्युनिस्ट सरकारको बजार व्यवस्थापन भनेको यही नै हो । हाम्रो देशमा ॅकम्युनिस्ट पार्टीका कामरेडहरू’ ले पालैपालो मन्त्री र प्रधानमन्त्री भएर शासन गरेकै हो, गरिरहेकै छ तर जनताले आफ्नो जीवन सरल र सुखी बनाउन आजसम्म के पाए ?
नेपालको खेतीयोग्य भूमि घाँसेफाँटमा परिणत भएको छ । जसको परिणाम ९० प्रतिशतभन्दा बढी कृषिजन्य खाद्य सामग्री, औषधिलगायत अन्य आवश्यक वस्तुहरूको आपूर्तिका लागि भारतमै निर्भर छ नेपाल । यसको नमीठो प्रहार हामी नेपालीमाथि बज्रियो जब मित्र भनिने दक्षिणी छिमेकी मुलुक भारतले दुईचार महिना नेपालविरुद्ध अघोषित आर्थिक युद्ध छेड्यो । हामीले पीडा भोग्यौँ । पानीविनाको माछो सरी छट्पटियांै । आत्मनिर्भरता, स्वावलम्बी, स्वाधिनता र प्रतिरक्षाका लागि कुन मुलुकबाट के सिक्ने भन्नेबारे अब हामीमा चेत आउनैपर्छ । अन्यथा यो पीडाजनक नियति हामीले र हाम्रो पिँढीले नचाहेर पनि आउँदा दिनमा भोगिरहनुपर्ने हुन्छ । संरा अमेरिका र अन्य युरोपीय मुलुकहरूले एकसाथ दशकांै लामो नाकाबन्दीबीच सानो मुलुक भएर पनि आफ्नो सार्वभौम मुलुकलाई त्यहाँका जनता र नेतृत्व वर्गले कसरी समृद्ध बनाए, दुईचार महिनाको एउटामात्र देशले गरेको नाकाबन्दीबाट त्राहिमाम हुने हामी नेपालीलाई त्यो विषय अकल्पनीय हुनसक्छ ।
तित्राको मुखै वैरी
प्रजग कोरिया र समाजवादी मुलुक क्युवालाई साम्राज्यवादीहरूले हेपेजस्तै नेपाल मजदुर किसान पार्टीलाई पनि सानो राजनीतिक सङ्गठन भनी होच्याउने सङ्कीणर् र अहम् परम्परा निरङ्कुश पञ्चायती व्यवस्थादेखि विचौलिया, घूसखोरी, भ्रष्टाचारी, गुण्डा नाइके र दलाल पंँुजीपतिद्वारा सञ्चालित नक्कली कम्युनिस्टको यो ओली सरकारसम्म कायमै छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययनमा कहिल्यै दोस्रो नहुने ठूला क्रान्तिकारी भनिने बाबुराम भट्राईले आजभन्दा २०/२५ वर्षअघि एक राजनीतिक प्रसङ्गमा नेपाल मजदुर किसान पार्टीबारे आफ्नो धारणा राख्न एकजना पत्रकारले आग्रह गर्दा उनले नेमकिपा कुनै राजनीतिक पार्टी नै होइन भनेर उत्तर दिएको यो पङ्क्तिकारले कहिल्यै बिर्सने छैन । यसरी हो, होच्याउने मनसायले बाबुराम भट्राईले नेमकिपामाथि राजनीतिक दरिद्रता प्रदर्शन गर्न पनि भ्याए । सिद्धान्तहीन व्यक्ति जतिसुकै पढाइमा अब्बल भनिए पनि जनताबाटै तिरस्कृत भएका छन् । बाबुराम अबका आउने दिनमा नेपालको कम्युनिस्ट आन्दोलनको राजनीतिमा कहिल्यै देखिने छैन । समयले धेरै पटक ल्वापा खुवाई थचारेको वर्तमान अवस्था देख्दा निजउपर दया जाग्छ ।
स्कूल, कलेज र विश्वविद्यालयको पढाइमा राम्रो हुनु र देश र जनताको हितका लागि त्यतिबेलै नेमकिपाका अध्यक्ष का.रोहितले विभिन्न पत्र-पत्रिकामार्फत स्पष्ट पार्दै बाबुराम भटराई नेपालको कम्युनिस्ट आन्दोलनको राजनीतिमा सफल हुन्छ भनी ठोकुवा गर्नु राजनीतिक अपरिपक्वता हुने भनाइ पनि मेरो स्मरणमा ताजै छ । वास्तविकता आज सबैसामु घामजस्तै छर्लङ्ग भइसकेको छ । दूरदर्शिता, निष्पक्षता, योग्यता, देश र जनताप्रति इमानदारीताविना कसैको निजी स्वार्थ परिपूर्तिका लागि कुनै पनि सङ्घ संस्था, सरकारी मन्त्रालय र विभागको प्रमख हुनु, कलेज र विश्वविद्यालयको भीसी हुनु, प्रहरी र सैनिक निकायको उच्चपदमा नियुक्ति हुनु र बेथिति, अनियमितता र भ्रष्टाचारले जेलिएको र सच्चा देशभक्त बौद्धिक वर्गको सम्मान नगर्ने मुलुकको प्रधानमन्त्री हुनुमा व्यक्तिको सफलताको सही मूल्याङ्कन हुँदैन । सांसद किनबेच हुने, चरित्रहीन अयोग्य व्यक्ति मन्त्री हुनु त हाम्रो मुलुकको विशेषताजस्तै भइसकेको छ । एउटा जाबो मेलम्ची योजना फत्ते गर्न ३० वर्ष बितिसक्दा पनि महाभारतै छ । तर, छिमेकी मित्र चीनले ३० वर्षमा केसम्म गर्न भ्यायो र हामीले मुलुकमा के के गर्‍यौँ ? भाषणले समृद्धि ल्याउँदैन । हामीले नेपाललाई समृद्ध बनाउन के गर्नु अनिवार्य छ भन्नेमा मनन गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *