अनिवार्य शिक्षा नारामा सीमित ‘सबैको लागि शिक्षा’ असफल साबित
- बैशाख ५, २०८१
बुटवल, २८ भदौ । प्रदेश राजधानी बुटवलका अस्पतालहरूमा कोरोना सङ्क्रमित बिरामीहरूको लागि शय्या अभाव देखिएको छ । बिहीबार कोरोना विशेष अस्पतालमा शय्या खाली नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालमै सङ्क्रमित बिरामीको मृत्यु भएको छ ।
लक्षण देखिएका कोरोना सङ्क्रमितहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा हुँदै आएको छ । कोरोना विशेष अस्पतालमा ८ वटा भेन्टिलेटर र २२ वटा आइसीयू शय्यासहित ८० वटा शय्या व्यवस्था छ ।
कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका ५ नं. प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशङ्कर चौधरीलगायत केही व्यक्ति सो अस्पतालको आइसीयूमा उपचार पाएर कोरोना सङ्क्रमण मुक्त भएका छन् । कोरोना विशेष अस्पतालका डाक्टरहरूले जोखिम मोलेरै आफूलाई प्रदेशमै पहिलोपटक रेडिसिभियर औषधि चलाएकोले आपूm बाँचेर फर्किन पाएको महाशाखा प्रमुख डा. चौधरीले बताउनुभयो ।
गत चैतको दोस्रो हप्तामा २४ घण्टाभित्र १०० शय्याको अस्पताल बनाएको बुटवल उपमहानगरपालिकाले घोषणा गरे पनि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्याएको ३ शैया भरिएर सङ्क्रमित बिरामी अलपत्र भएपछि मात्र सो अस्पतालको निर्माण कार्यले गति लिएको थियो । सो अस्पतालमा कोरोना सङ्क्रमण आशङ्का गरिएका एक बिरामी आइसीयूको उपचार नपाई मरेपछि आइसीयूको बन्दोबस्त गरिएको हो ।
अस्पतालमा अहिले पनि शौचालय र स्नानघरको उचित प्रबन्ध नभएको उपचाररत बिरामीहरूले बताएका छन् । बिरामी बस्ने वार्डबाट खुला ठाउँमा बनाएको अस्थायी शौचालय जाने आउने बेला खुट्टाभरि जुगा लाग्ने गरेकोले आफूहरूले नै बिहीबार र शुक्रबार सफा गरेको जनाउँदै घाँस–झाडी काटेर सफा गरेको दृश्य कोरोना सङ्क्रमित बाबुराम गैरेले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
बुटवलमा बुटवल उपमहानगरपालिकाले वडा नं. ११ स्थित फूटबल रङ्गशाला र वडा नं. १२ स्थित प्राविधिक शिक्षालयमा कोरोना सङ्क्रमण आइसोलेसन सेन्टर सञ्चालन गरिरहेको छ । ती आइसोलेसन सेन्टरहरूलाई अस्पताल भन्नुभन्दा पनि कोरोना सङ्क्रमित बिरामीहरूको लागि होल्डिङ सेन्टरजस्तो रहेको रङ्गशाला आइसोलेसनबाट सङ्क्रमणमुक्त भई फर्केका अधिवक्ता विक्रम केसीले बताउनुभयो ।
आइसोलेसन सेन्टरमा नियमित योगाभ्यास हुनु, खुला ठाउँ हुनु सकारात्मक भए पनि धेरै व्यक्तिको लागि एउटै साझा शौचालय र स्नानघर हुनाले फेरि फेरि पनि सङ्क्रमणको जोखिम रहेको जनाउँदै अधिवक्ता केसीले सङ्क्रमितहरूको लागि राम्रो र पुग्दो खानाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता केसीले पर्याप्त शौचालय नभएको गुनासो गरेपछि बुटवलस्थित एक संस्थाबाट चार वटा अस्थायी शौचालय बनाउन लागेको सोही वडाका वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनु भयो ।
लक्षण नदेखिए पनि सामान्य ज्वरो तथा रुघाखोकीमात्र लागेका र आफ्नै घरमा अलग शौचालय र स्नानघर भएका कोरोना सङ्क्रमित बिरामीहरू प्रायजसो आफ्नै घरमा बसेका छन् । ती बिरामीहरू कोरोना सङ्क्रमणमुक्त भएपछि घर–घरमा गई स्थानीय टोल समितिहरूले पुष्प गुच्छा दिई सम्मान गर्ने गरेका छन् । कोरोना सङ्क्रमितहरू आफँैले आफूलाई सार्वजनिक गर्न थालेपछि सङ्क्रमितहरूमाथि हुँदै आएको सामाजिक हेलाहोचो सद्भावमा बदल्दै गएको सरोकारवालाहरूले बताएका छन् ।
Leave a Reply