तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
ललितपुर, २८ भदौ । कोरोना भाइरसबाट सतर्क र सचेत हुन नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिले आइतबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ ललितकृष्ण बस्नेत र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई छुट्टाछुट्टै ध्यानआकर्षण ज्ञापनपत्र बुझायो ।
काठमाडौँ उपत्यकामा पनि यो भाइरस फैलँदो छ । ललितपुर जिल्लामा धेरै मानिसमा सङ्क्रमण भैरहेको छ । ललितपुर जिल्ला प्रशासन र महानगरपालिकामा कोभिड–१९ को रोकथामको औषधि उपलब्ध नभएसम्म सावधानी अपनाउनुभन्दा अर्को उपाय छैन । ललितपुर जिल्ला प्रशासनले तत्काललाई नेपाल–भारत खुला सीमा बन्द गराउन र देशका औद्योगिक क्षेत्रहरूमा राखिएका सशस्त्र प्रहरीलाई नेपाल–भारत खुला सीमामा राख्न लगाउन नेपाल सरकारलाई लेखी पठाउनु आवश्यक छ । यही अवस्थामा निषेधाज्ञा खुकुलो पारिए सङ्क्रमण भयावह हुने निश्चित छ । त्यसबेला जिम्मेवारी कसको हुने ? यसर्थ यस जिल्लाका नाकाहरूमा जिल्ला बाहिरका मानिसको प्रवेशमा निगरानी राख्ने व्यवस्थाको लागि आग्रह गर्दछौँ ।
सङ्क्रमण समुदायस्तरमा फैलिनुअघि नै जिल्लाका सबै नगरको प्रत्येक वडामा पीसीआर परीक्षण गराई तथ्याङ्क सार्वजनिक गर्नु जरूरी छ । हालसम्म यो ललितपुर जिल्लामा सङ्क्रमितको सङ्ख्या १११७ जना र मृतकको सङ्ख्या १२ जनाभन्दा बढी नाघेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न नदिन काठमाडौँ उपत्यकामा प्रवेश गर्ने सबै नाकामा कडा निगरानीको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्नु आवश्यक छ ।”
नेमकिपा ललितपुर जिल्लाका अध्यक्ष टीकाराम महर्जनले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य नारायण महर्जन, जिल्ला समितिका रविना महर्जन र ललितपुर महानगरका कवीन्द्र डंगोलको उपस्थिति थियो ।
त्यस्तै नोबेल कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निभाउन आग्रह गर्दै आइतबार नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि नगर समितिले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
नेमकिपा मध्यपुर थिमि नगर समितिका अध्यक्ष सूर्यराम था श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले नगर प्रमुख श्रेष्ठलाई बुझाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।
पत्रमा कुनै समूहको निहीत स्वार्थलाई ध्यानमा राखी निषेधाज्ञा खुकुलो गर्नु गलत भएकोले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिले पनि कोभिड–१९ रोकथामको लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै कीर्तिपुर कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई ज्ञापनपत्र बुझाइयो । पत्रमा नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र बुझाउने कार्यक्रमम केन्द्रीय सदस्य नारायण महर्जन र नगर समितिक सदस्य कान्छाबावु महर्जनको उपस्थिति थियो ।
Leave a Reply