भर्खरै :

शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीहरूद्वारा नयाँ शिविर बनाउन माग

लिसवस, १३ सेप्टेम्बर । गत साता आगजनीको कारण ध्वस्त भएको ग्रीसको लेसबस टापुमा रहेको शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीहरूले तत्काल नयाँ शिविर बनाउन माग गर्दै प्रदर्शन थालेका छन् । स्थानीय सञ्चारमाध्यमअनुसार यसरी प्रदर्शनमा उत्रेका प्रहरीहरूमाथि अश्रुग्यास प्रहार गरेको छ ।
टापुमा जाने मूल सडकमा शरणार्थीहरूले प्रदर्शन जारी राखेका छन् । पत्रकारहरूले दिएको जानकारीअनुसार शरणार्थीहरू लिसवस टापु छोड्न चाहिरहेका छन् । उनीहरूले ग्रीसकै अन्यत्र शरणार्थी शिविर गर्न माग गरिरहेका छन् । तर, ग्रीस सरकार उनीहरूको माग पूरा गर्ने पक्षमा छैन ।
अफ्रिका र अफगानिस्तानबाट आएका १२ हजारभन्दा बढी शरणार्थीहरू ग्रीसको सो टापुमा बसेका छन् । गत साता उनीहरूको शिविरमा आगलागी भए पछि उनीहरू निकै प्रतिकूल अवस्थामा त्यहाँ बसिरहेका छन् । कोभिड–१९ को बढ्दो सङ्क्रमणको समयमा यस्तो अव्यवस्थाले अवस्था खराब हुनसक्नेमा सबै चिन्तित छन् ।
ग्रीसेली सरकारी अधिकारीहरूले शरणार्थी शिविरमा जानाजान आगजनी गरेको बताएका छन् । युरोपकै सबभन्दा ठूलो शरणार्थी शिविरको रूपमा चिनिएको सो शिविरमा कोरोना भाइरसका केही बिरामी देखिएपछि सरकारले क्वारेन्टिनका नियम लागू गरेपछि जानाजान त्यहाँ आगजनी गरिएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *