भर्खरै :

कोभिड–१९ विरुद्ध पाकिस्तान ः सफलताको कथा

एउटा त्यस्तो विकासशील देशको कल्पना गर्नुहोस् जसले एकसाथ सामाजिक, राजनीतिक र आर्थिक समस्याको सामना गरिरहेको छ । मान्नुहोस् त्यो देशमा झन्डै नियमितजस्तो समय–समयमा साम्प्रदायिक दङ्गादेखि लैङ्गिक असमानतासम्मका विभिन्न विषयलाई लिएर सामाजिक अस्थिरताका घटना भइरहेका छन् । ऋणमा चुर्लुम्म डुबेको त्यो देशको स्वास्थ्य सेवा प्रणाली छिन्नभिन्न छ । न्यून बजेट विनियोजनदेखि विनियोजित बजेटमा पनि भ्रष्टाचारको कारण त्यहाँको स्वास्थ्य प्रणालीले त्यस्तो अवस्था बनेको हुन्छ । त्यस्तो देशमा कुनै महामारीले हमला गर्छ भने अवस्था कस्तो होला ?
यो काल्पनिकजस्तो लाग्ने प्रश्नको जवाफ त्यत्ति सुन्न लायक पक्कै हुन्न । तथापि, यो देशले वास्तविकतामा हासिल गरेका उपलब्धि भने कुनै चमत्कारभन्दा कम छैन । हो, हामी हालसाल कोभिड–१९ विरुद्धको लडाइँमा झन्डै विजय बनिसकेको देश पाकिस्तानको कुरा गरिरहेका छौँ । संसारकै शक्तिशालीमा दरिएको संरा अमेरिकाजस्ता देशलाई समेत आछुआछु बनाएको कोभिड–१९ को महामारीमाथि पाकिस्तान विजयको नजिक पुगेको छ ।

गएको मे महिनादेखि पाकिस्तानमा भाइरस सङ्क्रमणले गति लिन थालेको थियो । मे २ मा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या ९८९ जना थिए भने मे ३० सम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढेर ३ हजार ३९ पुगेको थियो । जून महिनाको १३ सम्म पुग्दा सङ्क्रमणले उचाइ हासिल गरिसकेको थियो । त्यो एकै दिन ६ हजार ८२५ जना मानिस भाइरसबाट सङ्क्रमित भएका थिए । तर, जून महिनाको मध्यतिरबाट नयाँ सङ्क्रमितको सङ्ख्या क्रमशः ओरालो लाग्यो । अगस्ट आइपुग्दा सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम भयो । सेप्टेम्बरमा सङ्क्रमितको सङ्ख्या ६ सयभन्दा कम छ ।
इस्लामिक चन्द्रमास पात्रोअनुसार मानिसहरू पर्वमा रमाउने निकै जोखिमपूर्ण समयबीच सरकारले जारी गरेका सावधानीका नियमको प्रभावकारी पालना भएन । तथापि, परीक्षण क्षमतामा विस्तार, दैनिक सङ्क्रमणको दर र मृत्यु हुनेको सङ्ख्यामा कमी तथा राज्य संयन्त्रको परिचालनले पाकिस्तानले भाइरस नियन्त्रणमा ल्याउने सफलता हासिल ग¥यो । मे महिनामा मुसलमान धर्मावलम्बीहरू व्रत बस्ने पवित्र महिना रहमदान र त्यससँगै आउने पर्व इद अल फित्र परेको थियो । जून महिनाको अन्त्यतिर ठूलो सङ्ख्यामा पशुबलि दिइने सबभन्दा धुमधामसँग मनाइने इल अल अधा चाड थियो । अगस्ट महिनाको अन्त्यतिर इस्लाम धर्मका सबभन्दा पवित्र ईश्वरको शहादत्तमा मनाइने मुहराम पर्व परेको थियो ।
पाकिस्तानका राष्ट्रिय चाडमध्ये पर्ने यी सबै धार्मिक उत्सव यिनै चार महिनामा परेका थिए । पाकिस्तानीहरूले यी पर्वहरू भव्यताका साथ बनाउने कुरा अनपेक्षित थिएन । दसौँ लाख जनता विगतका वर्षमा जस्तै हजारौँको सङ्ख्यामा भेला हुने, उत्सव मनाउने र परम्परा धान्ने काम गरे । सरकारले धार्मिक केन्द्रहरू बन्द गरेर मानिसको भीडभाड राख्न प्रयास गरे । सरकारले सर्वसाधारणलाई घरभित्रै बसेर प्रार्थना गर्न आग्रह गरेको थियो । तर, त्यो प्रयासमा सरकार विफल भएपछि सरकारले जनतालाई ‘प्रजातन्त्र’ दिए । सबै धार्मिक स्थलहरू खुला गरियो । तर, भाइरसबारे जनचेतना फैलाउने क्रमलाई तीव्र बनाइयो । आपसी दुरी र मास्क लगाउने जस्ता सावधानीका नियमको कडाइका साथ पालना गरियो ।
त्यसो भए पाकिस्तानले कसरी यो उकालो लागेको वक्र रेखालाई थेप्चो बनाउन सफल भयो ?
“पाकिस्तानले पोलियो नियन्त्रणको लागि धेरै वर्षअघि बनाएका संरचना कोभिड–१९ को प्रतिरोधमा परिचालन ग¥यो । जनताको घरदैलोमा गएर पोलियो खोप खुवाउन तालिम प्राप्त स्वास्थ्यकर्मी र सामुदायिक स्वास्थ्य स्वयम्सेवकहरूलाई कोभिड–१९ को अनुगमन, कन्ट्याक्ट ट्रेसिङ र स्याहारमा परिचालन गरियो”, सेप्टेम्बर ७ को नियमित्र पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानम घेब्रिएससले भने । उनले अरू सात वटा देशहरूसँगै पाकिस्तानको पनि कोभिड–१९ प्रतिरोधको तयारीको लागि प्रशंसा गरे । उनले ती देशहरू संसारको लागि उदाहरण बन्न सफल भएको बताए ।

पाकिस्तान एउटा विकासशील देश हो । पाकिस्तानले पोलियो रोग सामना गर्न दसकौँ अघिबाट गर्दै आएको प्रयासको अनुभवलाई यो अवधिमा उपयोग ग¥यो । अरू देशहरू अर्थतन्त्र खुला राख्ने वा बन्द गर्ने भन्ने प्रश्नमा अन्योलमा रहेको अवस्थामा पाकिस्तानले बजार खुला राख्ने दरिलो र अनौठो निर्णय लियो । त्यसको सट्टामा पाकिस्तानले व्यवहारिक लकडाउन लागु ग¥यो । नामैले पाकिस्तानको लकडाउन व्यवहारिक खालको थियो । पाकिस्तानमा कोभिड–१९ का सबै प्रभावित क्षेत्र (हटस्पट) मा लकडाउन ग¥यो भने अरू क्षेत्रले स्तरीय परिचालन कार्यविधि (एसओपी) को प्रभावकारी परिचालन गरियो ।
समग्रमा भन्दा सबै सचेत देशहरूले अस्थायी स्वास्थ्य पूर्वाधार निर्माण, आपसी दुरी कायम गर्ने, मास्क लगाउने र सचेतनाका गतिविधि सञ्चालन गरेका थिए । तर, पाकिस्तानले लकडाउनको विषयमा छनोटपूर्ण अवधारणा अघि सा¥यो । कारखाना र क्षेत्रअनुसार लकडाउन गर्ने नगर्ने कुराको निर्णय गरियो । सम्पूर्ण देशलाई छपक्कै लकडाउन (ब्लान्केट लकडाउन) गरेको भए अर्थतन्त्र ध्वस्त हुने थियो । अर्थतन्त्र ध्वस्त हुँदा अरू राजनीतिक र सामाजिक समस्या आइपर्ने थियो । त्यस्तो समस्याले भाइरससँगको लडाइँले थप जटिलता भोग्नुपर्ने थियो ।
त्यसकारण पाकिस्तानले अङ्गीकार गरेको विधि सम्भवतः त्यो अवस्थाको सामना गर्ने उपयुक्त तरिका थियो र परिणामले वास्तवमै यो कुरा पुष्टि ग¥यो ।
यी सबै विधिको पालना गर्दै गर्दा पाकिस्तानले धेरै पाठ सिक्यो । चीनको अभ्यास उसले धेरै कुरा सिक्यो । चीनकै अभ्यासको अनुकरण गरी पाकिस्तानले पनि सार्वजनिक स्थललाई अस्थायी क्वारेन्टिन स्थल बनायो र अरू धेरै अस्थायी क्वारेन्टिन पनि बनायो । त्यस्तै पाकिस्तानले चरणबद्धरूपमा शैक्षिक संस्थाहरू पनि सुरु गर्दै गयो । चीनले पाकिस्तानलाई प्रदान गरेको स्वास्थ्य सामग्री सहायताले पनि पाकिस्तान सरकारलाई यी काम गर्न ठूलो मद्दत ग¥यो ।
चीनले शैक्षिक संस्थाहरू पुनः सञ्चालन गरेको अनुभवबाट सिक्दै पाकिस्तानले पनि सेप्टेम्बर १५ बाट उच्च माध्यमिक विद्यालयका कक्षा सञ्चालन गरेको छ । माध्यमिक कक्षा आगामी सातामात्र सञ्चालनमा ल्याइनेछ भने आधारभूत विद्यालयहरू त्यसपछिको सातामात्र सञ्चालन गरिनेछ । पाकिस्तानमा गत मार्च महिनाबाट विद्यालयहरू बन्द छन् ।
पाकिस्तानले चीनको जस्तो सफलताका कथाहरूबाट पाठ सिक्न कति पनि अनकनाएन । यसको निम्ति मानिसहरू सङ्कटमा पर्दा अहम् पालेर दम्भी नबनेका पाकिस्तानको नेतृत्व आभारी छ । चीनले अपनाएको विधि चीनमा झँै पाकिस्तानमा पनि सफल भयो । अरू कुनै पनि देशले त्यो विधि अपनाए पक्कै सफल हुनेछ । देशको परिस्थितिअनुसार केही तलमाथि, घटी बढी हुनु स्वाभाविक हो ।
पाकिस्तानले धेरै लडाइँ जितेको छ । तर, महामारीविरुद्धको यो लडाइँ भने अझै पनि सकिएको छैन । देश एउटा गम्भीर समयसँग जुझिरहेको बेलामा अर्थतन्त्रलाई अझ चलायमान बनाइराख्नु कम चुनौतीपूर्ण थिएन । तर, फेरि जाडो महिना सुरु हुँदै छ । जाडो महिनालाई भाइरसको मौसम मानिन्छ ।
यही बेला सबैको ध्यान कोभिड–१९ का खोपहरूमा केन्द्रित छन् । ती सबै खोप अहिले क्लिनिकल परीक्षणमा छन् । पाकिस्तान र अन्य विकसित देशले आफ्नो अस्तित्वको लागि र आफ्नो दुर्भाग्यलाई सदाको लागि सुखद कथा बनाउन के गर्नसक्छन् ? रडयार्ड किप्लिङले यसको उत्तर दिएका छन्ः “अहिले यहाँ जङ्गली कानुन चलेको छ । यो कुरा आकाशजत्तिकै पुरानो र सत्य छ । अब यहाँ ब्वाँसोमात्र समृद्ध रहन सक्छ । तर, यो कानुनको उल्लङ्घन गर्ने व्बाँसो पनि एकदिन मर्नेछ । रुखको हाँगोमा किरो घर्सिरहँदा कानुनको उल्लङ्घन भइरहनेछ । किनभने व्बाँसाहरूको बथान शक्तिशाली हुन्छ र व्बाँसाहरूको शक्ति नै उनीहरूको बथान हो ।”
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *