भर्खरै :

भारतमा मेडिकल अक्सिजनको अभाव

नयाँ दिल्ली, ३१ भदौ । नोबेल कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएसँगै भारतमा मेडिकल अक्सिजनको अभाव भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बई सहरनजिक पानभेलस्थित निरमाया अस्पतालमा मेडिकल निर्देशक डा. अमित थधनीले आफ्नो क्षेत्रमा मेडिकल अक्सिजनको निकै अभाव भएको बताए ।
“जुन ठाउँमा सिलिन्डरमा अक्सिजन भरिंदै आएको थियो, त्यहाँ अहिले अक्सिजन नै छैन । आपूर्ति ज्यादै सीमित छ”,उनले भने ।
“हामीलाई ५० सिलिन्डरको खाँचो पर्दा जम्मा ५–७ वटामात्र पाइरहेका छौँ”, उनले गुनासो गरे ।
मुम्बईकै नाभी मुम्बई नगर कार्यालयले विभिन्न अस्पतालबाट आफूलाई उपचारको लागि आवश्यक मेडिकल अक्सिजनको अभाव भएको गुनासो आउन थालेको र सो सम्बन्धमा सरकारको सम्बन्धित निकायसम्म कुरा पु¥याइसकेको बताएको छ ।
“पछिल्ला केही दिन यता मेडिकल अक्सिजनको माग निकै बढिरहेको छ”, कार्यालयका एक जना अधिकारीले भने ।
भारत संसारमै सबभन्दा बढी नोबेल कोरोना भाइरसको सङ्क्रमण भएको दोस्रो देश बनेको छ । भारतमा आर्थिक गतिविधिको पुनः सञ्चालन, स्थानीय चाडपर्व र लामो समयदेखि लकडाउन बस्नुपर्दाको थकानको कारण मानिसहरू बाहिर आउँदा आगामी दिन सङ्क्रमण दर अझ बढ्न सक्ने बताएको छ ।
“हरेक साता महामारी झन् – झन् खराब बन्दै गएको छ । तर, देशको अधिकांश मानिससँग महामारीलाई बेवास्ता गर्नुको अर्को विकल्प पनि भएजस्तो लाग्दैन”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *