भर्खरै :

भक्तपुरमा पीसीआर मेसिनको लागि प्रदेश सरकारसमक्ष पहल

भक्तपुर, ३१ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठक बुधबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी अस्पतालहरूले सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सबै अस्पतालले यो सङ्कटको समयमा निःस्वार्थरूपमा जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
अस्पताल प्रमुखहरूसँगको उक्त बैठकले कोभिड–१९ सङ्क्रमण न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन भक्तपुरमा पीसीआर टेस्टलाई व्यापकरूपमा सञ्चालन गर्ने उद्देश्यले बाग्मती प्रदेश सरकारले भक्तपुर अस्पताललाई प्रदान गर्ने भनिएको पीसीआर टेस्ट गर्ने उपकरण यथाशीघ्र उपलब्ध गराउन र परीक्षण विधिको लागि आवश्यक सामग्रीको बन्दोबस्त गर्न बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय ग¥यो ।
कोभिड–१९ रोगको सङ्क्रमण न्यूनीकरण कार्यका लागि नगरपालिका र यहाँस्थित सरकारी तथा निजी अस्पतालहरूबीच समन्वय गरी अगाडि बढ्ने र नगरवासी जनतामा कोभिड–१९ रोगको सङ्क्रमण न्यूनीकरण तथा उपचार विधिबारे जनचेतना जगाउने कार्यमा नगरस्थित सबै अस्पतालले सामूहिक प्रयास गर्ने निर्णय बैठकले ग¥यो ।
बैठकले भक्तपुर नगरपालिकामा कोभिड–१९ रोगको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा सङ्क्रमित नगरवासीहरूलाई सुरक्षितरूपमा व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालहरू सहमत भएको निर्णय ग¥यो ।
बैठकमा सहभागी भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धिस्मृति अस्पतालका प्रशासक अनिल राजभण्डारी र डा. अखिल ताम्राकार र जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले हाल महामारीको रूपमा पैmलिएको कोभिड–१९ रोगको सङ्क्रमण न्यूनीकरण तथा बिरामीको उपचारसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उहाँहरूले भक्तपुर नगरपालिकाभित्र सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहरूले महामारीबीच पनि जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकोे, कोभिड बिरामीको लागि छुट्टै एम्बुलेन्सको खाँचो भएको, स्वास्थ्यकर्मी स्वयम्मा कोरोना सङ्क्रमण देखिन थालेका कारण अस्पतालहरूमा जनशक्तिको अभाव रहेको, भक्तपुरमै पीसीआर परीक्षणको आवश्यकता रहेको र होम आइसोलेसन व्यवस्थित नहुँदा सङ्क्रमणको जोखिम बढिरहेको विषयमा धारणा व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *