उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
संयुक्त राष्ट्र सङ्घ, ३१ भदौ (एएनआई) । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड– १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसङ्घले अघि सारेका कार्यक्रमहरूमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरिका छन् ।
महासचिव गुटर्रेसले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त सङ्गठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।
मङ्गलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड– १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले यसका सबै निकायहरूमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन र अरू निकायहरूले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको उनको भनाइ छ ।
कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रिय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै सहयोगका लागि यो अपिल गरेका छन् ।
Leave a Reply