नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भक्तपुर, १ असोज । बिहीबार भक्तपुर जिल्लामा जम्मा ५० जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिनुभएको जानकारीअनुसार सङ्क्रमितमध्ये सबभन्दा बढी मध्यपुर थिमि नगरमा २६ जना छन् । जसमध्ये ६ जना पुरुष र २० जना महिला छन् । त्यस्तै सुर्यबिनायक नपामा ६ जना पुरुष र ३ जना महिला, भक्तपुर नपामा ५ जना पुरुष र ३ जना महिला तथा चाँगुनारायण नगरमा १ जना पुरुषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबारको नियमित पत्रकार भेटघाटमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक हजार २४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार ९४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ ।देशभर १६ हजार २४१ जना सक्रिय सङ्क्रमित छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा सात हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार ८८३ जना रहेका छन् । त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
Leave a Reply