भर्खरै :

भक्तपुरमा थप ८० जनामा कोरोना पुष्टि

भक्तपुर, २ असोज । शुक्रबार भक्तपुरमा थप ८० जनामा नोबेल कोरोना भाइरस सङ्क्रमित बढेको छ । तीमध्ये सबभन्दा बढी ३८ जना भक्तपुर नगरका बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले जानकारी दिनुभयो ।
भक्तपुर नगरमा १४ जना पुरुष र २४ जना महिलामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै मध्यपुर थिमि नगरमा १२ पुरुष र १५ महिला गरी कुल २७ जना सङ्क्रमित भएका छन् । सुर्यबिनायक नपामा ६ जना पुरुष र ७ जना महिला तथा चाँगुनारायण नपामा एक जना पुरुषमा नोबेल कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *