भर्खरै :

कीर्तिपुरमा अध्ययन गोष्ठी

कीर्तिपुर, ३ असोज । नेपाल मजदुर किसान पार्टीको विधान २०४७ (संशोधित सातौँ महाधिवेशन २०७६ चैत ३ देखि ६ गतेबाट पारित) को अध्ययन गोष्ठी जुममार्फत कीर्तिपुरमा शुक्रबार सम्पन्न भयो ।
नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीको विधानमा वर्गसङ्घर्षको माध्यमबाट समाज रूपान्तरण हुने प्रस्ट पारेको छ भन्नुभयो ।
उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा अङ्गाली पार्टी देशको वस्तुगत स्थितिअनुसार समाजमा आमूल परिवर्तनको दिशामा अघि बढिरहेको बताउनुभयो । पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादको लागि सङ्घर्षरत रहेको बताउँदै उहाँले देशमा सामन्तवादको अन्त्यसँगै पुँजीवादको चरणमा रहेको र अबको परिवर्तन समाजवादको हुनेछ भन्नुभयो ।
केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको प्रस्तावनाबारे, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले अनुशासन र कारबाहीबारे, पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले पार्टीको उद्देश्यबारे, वासुदेव डंगोलले सदस्यहरूको कर्तव्यबारे, शिक्षक रामचन्द्र महर्जन, मिरिना महर्जन, कान्छाबाबु महर्जनले पनि आ – आप्mनो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *