भर्खरै :

खुल्यो सिद्धि स्मृति

भक्तपुर, ३ असोज । सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि भदौ २८ गतेदेखि बन्द भएको अस्पताल आइतबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ ।
कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम न्यूनीकरणको प्रक्रिया अपनाएपछि पहिलो चरणमा बिहीबारबाट प्रसूति तथा स्त्री रोगसम्बन्धी आकस्मिक सेवा सञ्चालन गरिएको थियो ।
अस्पतालको सम्पूर्ण सेवा सञ्चालनसम्बन्धी जानकारी दिन शनिबार अस्पतालबाट प्रकाशित सूचनामा उल्लेख छ – “यस अस्पतालमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण मापदण्डअनुरूप यस अस्पतालमा कार्यरत कर्मचारीहरूको पीसीआर परीक्षण गरिएको, अस्पतालको सम्पूर्ण भागमा सरसफाइ, निर्मलीकरण÷ निसङ्क्रमीकरणलगायत सम्पूर्ण कार्य गरी सम्भावित सङ्क्रमणको सबै जोखिम न्यूनीकरण गरी हाल अस्पताल र अस्पताल परिसरसमेतमा जोखिमरहित अवस्था सृजना गरी सकिएकोले आइतबारदेखि यस अस्पतालको सम्पूर्ण सेवाहरू चालू हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *