अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
विभिन्न माग र विषय राखी राजधानीमा केही समययता भएका प्रदर्शनहरूमा प्रहरी ज्यादती बढेको सर्वत्र अनुभव गरिएको छ । प्रहरीले प्रदर्शनकारीहरूमाथि नियमविपरीत ज्यादती गरेको विभिन्न श्रव्यदृश्यबाट प्रस्ट हुन्छ । बानेश्वरमा आयोजित प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारीलाई टाउकोमै ताकेर लाठी प्रहार गरी घाइते बनाउनु, अस्पतालभित्रै गएर पक्राउ गर्नु, एक जना प्रदर्शनकारीलाई धेरै जना प्रहरी मिलेर निर्घात कुटपिट गर्नुजस्ता घटनाले प्रहरीले प्रदर्शनकारीहरूमाथि आवश्यकताभन्दा बढी बल प्रयोग गरिरहेको देखिन्छ ।
प्रदर्शनकारीहरूमाथि भएका यस्ता निर्मम दमनले सरकारको बदनामी अझ बढ्ने छ । प्रदर्शन रोक्न र प्रदर्शनकारीलाई नियन्त्रण गर्न सरकारले अरू पनि उपाय अवलम्बन गर्नसक्छ । तर, हिजो निरङ्कुश शासनको झल्को दिने प्रहरी दमनले सरकारको प्रतिष्ठालाई उँचो बनाउन सक्दैन । हिजो नेपाली जनताले घृणा गरेका सरकार र आजको सरकारबीचको भेद जनताले व्यवहारमा अनुभव गर्न पाउनुपर्छ । यदि भिन्न मतप्रति भौतिक र निर्मम हमला वा दमनमै सरकार उत्रन्छ भने हिजोको निरङ्कुश सत्ता र आजको लोकतान्त्रिक सरकारबीच के अन्तर भयो र ?
शनिबार संविधान दिवसको अवसरमा प्रसारण गर्न अनलाइन खबरका एक जना पत्रकार राजधानीको बानेश्वरमा एक सर्वसाधारण बटुवालाई संविधान दिवसबारे प्रतिक्रिया लिंदै गर्दा प्रहरीले पत्रकारको काम बिथोल्यो । संविधानको विषयमा बोल्नु नै अपराधजस्तो गरी प्रहरीबाट गरिएको व्यवहारले प्रहरीको अल्पज्ञता पनि झल्कियो भने यसबाट राज्यको मनसायमाथि पनि प्रश्न उठेको छ ।
प्रहरी नागरिकको सुरक्षाको निम्ति सबभन्दा अग्रपङ्क्तिमा खट्ने सरकारी निकाय हो । जनताका धेरै सामाजिक व्यवहारमा प्रहरीको भूमिका अपरिहार्य हुने गर्छ । हिजोका राज्य सत्ता जनताप्रति दमनमा आधारित थिए भने आजको सत्तालाई जनताकै मत र विश्वासमा आधारित सत्ता भनिएको छ । वास्तवमै आजको सत्ता जनताको विश्वासमा आधारित भए जनताप्रति राज्यको निकायको रूपमा प्रहरीको भूमिका कदापि असहिष्णु हुन मिल्दैन ।
प्रदर्शनकारीहरूमाथि भएका यस्ता निर्मम दमनले सरकारको बदनामी अझ बढ्ने छ । प्रदर्शन रोक्न र प्रदर्शनकारीलाई नियन्त्रण गर्न सरकारले अरू पनि उपाय अवलम्बन गर्नसक्छ । तर, हिजो निरङ्कुश शासनको झल्को दिने प्रहरी दमनले सरकारको प्रतिष्ठालाई उँचो बनाउन सक्दैन । हिजो नेपाली जनताले घृणा गरेका सरकार र आजको सरकारबीचको भेद जनताले व्यवहारमा अनुभव गर्न पाउनुपर्छ । यदि भिन्न मतप्रति भौतिक र निर्मम हमला वा दमनमै सरकार उत्रन्छ भने हिजोको निरङ्कुश सत्ता र आजको लोकतान्त्रिक सरकारबीच के अन्तर भयो र ?
सिद्धान्ततः सत्ता स्वभावैले दमनकारी हुन्छ । फरक वर्गमाथि दमन नै राज्य सत्ताको मुल उद्देश्य हो । तर, संसारको इतिहासमा प्रहरी निर्ममताले धेरै सत्ताहरू बदनाम भई ढलेका छन् । प्रहरी दमन खेपेका प्रदर्शनकारीहरू सशस्त्र विद्रोही पक्कै थिएनन् । निःशस्त्र प्रदर्शनमा उत्रेका जनतामाथि दमनको मूल्य सत्तालाई चर्को पर्न सक्छ ।
खोकना र बुङ्मगतीका जनताले आफ्नो भूमि रक्षाको निम्ति गरेको सङ्घर्षमा भएको प्रहरी दमनको कारण आन्दोलनले अझ बृहत् रूप लियो । अधिकारको निम्ति हुने त्यस्ता आन्दोलनमाथि प्रहरी दमनले प्रहरी र सरकारलाई अझ बदनाम बनाएको छ ।
नागरिकको जीउ ज्यानको रक्षाको जिम्मेवारी बोकेको प्रहरीले निःशस्त्ररूपमा आफ्नो फरक मत व्यक्त गर्न प्रदर्शनमा उत्रेका जनतामाथि कानुनको परिधिभन्दा बाहिर गएर दमन गर्नुले सरकारलाई सही ठाउँमा कदापि पु¥याउनेछ । यसले प्रहरीको छविलाई पनि धमिलो बनाउनेछ ।
Leave a Reply