चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
बेनी, ३ असोज । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रूपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उहाँले सोच्नुभयो, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र ?” त्यसपछि उहाँ आफ्नै देशमा फर्किनुभयो । देशमा फर्किएपछि के गर्ने भन्ने बारेमा उहाँलाई हुट्हुटी लाग्न थाल्यो । तर उहाँसँग आफ्नै माटोका लागि उपयोगी हुने सीप थिएन । कुनै प्राविधिक ज्ञान पनि थिएन ।
प्राविधिक सीप सिक्नका लागि उहाँ लाग्नुभयो मुस्ताङको लेते स्थित धौलागिरि प्राविधिक शिक्षालयतर्फ । शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राविधिक विषयमा अध्ययन गरेर प्राविधिक ज्ञान हासिल गरेपछि थापाले गाउँ फर्केर व्यवस्थितरूपले सुरू गरेको व्यवसायिक बाख्रापालनले अहिले उहाँलाई फलिफाप भएको छ ।
थापाले निसान बोयर बाख्रा फार्म दर्ता गरेर व्यावसायिकरूपमा उन्नत बोयर जातको बाख्रापालन सुरू गरेपछि अहिले उहाँको जीवनमा इराकको मरूभूमिलाई बिर्साइदिने गरी हरियाली छाएको छ । चार वर्ष अघिदेखि हुलाकेमा बोयर बाख्रा पाल्न सुरू गर्नुभएका थापा अहिले बोयर बाख्रा र बोकाको माग बढेपछि उत्साहित बन्नुभएको छ । तनहुँ र धार्केबाट ल्याएका पाँच माउ र एक बोकाबाट थापाले स्थानीय खरी जातका बाख्रालाई क्रस बनाएर पाल्नुभएको छ ।
छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाइ छ । शान्त स्वभावका हुने भएकोले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ । करिब रू. १० लाख लगानीमा स्थापना भएको फार्ममा हाल ३५ बाख्रा र बोका छन् । फार्ममा माउ बाख्राको सङ्ख्या बढाएर ५० वटा पु¥याउने थापाको योजना छ । पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई रू. २० हजारभन्दा बढी मूल्य लिन सकिने थापाले बताउनुभयो । गत वर्ष करिब २० वटा बोका र बाख्रा बिक्री गरेर करिब १० लाख आम्दानी गरेको उहाँको भनाइ थियो । आधुनिक किसिमको खोर बनाउनुभएका थापाले २० रोपनी जग्गामा बहुवर्षे तथा डालेघाँस खेती पनि गर्नुभएको छ । फार्मलाई खसी–बाख्रा र बोका सङ्कलन केन्द्रको रूपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रू. चार लाख अनुदान दिएको उहाँको भनाइ छ ।
कृषकहरूले उत्पादन गरेका खसी, बोका सङ्कलन गरेर फार्ममा ल्याउने र मागअनुसार बजार तथा कृषककहाँ पु¥याउने तयारी गरेको थापाले बताउनुभयो । खसी–बोका बिक्री गरेर वार्षिक रू. १० देखि १५ लाखसम्म कमाउन थापा सफल हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म खाडी मुलुक जाने नै होइन, त्यहाँ गर्ने परिश्रम आफ्नै माटोमा गर्नसक्ने हो भने १० गुणा बढी यही कमाउन सकिन्छ ।” अहिले कोरोना सङ्कटले विदेशिन तम्तयार युवालाई अवसरको वातावरण मिलाइदिएको थापाको बुझाइ छ । थापा भन्नुहुन्छ, “कोरोना कहर सुरू भएपछि युवा विदेश जान सकेका छैनन्, उनीहरूले गाउँमा नै पशुपालन, तरकारी खेती, फलफूल र कुखुरापालन सुरू गरेका छन् । यो युवा पुस्ताका लागि एउटा अवसर पनि हो । रासस
Leave a Reply