भर्खरै :

येनान भावनालाई अझ उँचो बनाउन सीको आह्वान

पेइचिङ, १९ सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले येनान भावनाको गहन अध्ययन गर्न र त्यो भावनालाई बिस्तृत रूपमा प्रबद्र्धन गर्न र अघि बढाउन आह्वान गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका सीले चीनको येनान भावना अनुसन्धान समाजको पेइचिङमा शनिबारबाट सुरु भएको छैटौँ सम्मेलन र समाजको ३० औँ स्थापना दिवसको अवसरमा पठाउनुभएको शुभकामना सन्देशमा यस्तो भावना व्यक्त गर्नुभएको हो ।
उहाँले येनान भावनाको प्रबद्र्धनमा समर्पित सबै कमरेडहरूलाई शुभकामना पनि दिनुभयो ।
चीनको उत्तरपश्चिममा अवस्थित येनान सन् १९३०–४० दसकमा चिनियाँ कम्युनिस्ट पार्टीको आधार क्षेत्र थियो । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिमा विजय हासिल गर्नु र जनवादी गणतन्त्र चीन स्थापना हुनुअघि येनानमा नै पार्टीको मुख्यालय थियो ।
येनानलाई चिनियाँ क्रान्तिको पवित्र भूमि भन्दै सीले येनानका वर्षमा पुराना पुस्ताका क्रान्तिकारी र कम्युनिस्टहरूले हुर्काउनुभएको येनान भावना पार्टीको प्रेरणाको अमूल्य स्रोत भएको बताउनुभयो ।
सीले समाजका सदस्यहरूलाई सही राजनीतिक दिशा अघि बढाउन र नयाँ ऐतिहासिक परिवेशमा पार्टी एवम् राज्यका समग्र काममा सहयोग गर्न आह्वान गर्नुभयो । चीनलाई एउटा आधुनिक समाजवादी देश बनाउने नयाँ यात्रामा सबै हिसाबले मध्यम हिसाबले समृद्ध समाजका निर्माण गर्न बलियो भावनाको खोजी गर्न सीले समाजका सदस्यहरूलाई आह्वान गर्नुभयो । सन् १९९० को मे महिनामा स्थापना भएको सो समाज बितेका ३० वर्षमा येनान भावनाको अध्ययन र प्रबद्र्धनमा समर्पित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *