भक्तपुर साकोसमा शिक्षा शिविर
- जेष्ठ ३, २०८३
दैलेख, ३ जेठ । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको आयोजनामा काल्पनिक समाजवादी नेता रोबर्ट ओवेनको जन्म दिनको अवसरमा समाजवाद र साम्यवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले रोबर्ट ओवेनको योगदानको चर्चा गर्दै रोबर्ट ओवेन व्यक्तिगत प्रगतिभन्दा सामाजिक प्रगति चाहने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । रोबर्ट ओवेनका समाजवादी प्रयोगहरू असफल भए तापनि उनी एक सफल समाज सुधारक हुनुहुन्थ्यो भन्दै उहाँले धेरै वर्षको अनुभवबाट तयार पारेको काल्पनिक समाजवादी विचारलाई कार्ल माक्र्सले वैज्ञानिक समाजवादमा रूपान्तरण गर्नुभएको चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य केशेन्द्र प्रकाश कार्कीले काल्पनिक समाजवादी नेता रोबर्ट ओवेनबाट शिक्षा लिन लाभदायक हुने भन्दै व्यक्तिगत लाभभन्दा सामाजिक काममा बढी जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी दैलेखका अध्यक्ष खगेन्द्रबहादुर शाहीले रोबर्ट ओवेनको जीवनी सुनाउँदै रोबर्ट ओवेनले तयार पारेको काल्पनिक समाजवादले वैज्ञानिक समाजवादी सिद्धान्त निर्माण गर्न सहयोग पुगेको प्रस्ट पार्नुभयो ।
प्राध्यापक समाजका नगेन्द्र कार्कीले समाज परिवर्तनमा तत्कालीन समाजको प्रभाव पर्न सक्ने चर्चा गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि समाजवादी आचरणको विकास गर्न जरुरी छ भन्नुभयो ।
कार्यक्रममा नेमिकिया चामुण्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाही र सोही समितिका सचिव लवराज ढकालले पनि रोबर्ट ओवेनको जीवनीबाट सिक्नुपर्ने र सामाजिक काममा जोड दिनुपर्ने चर्चा गर्नुभएको थियो ।
Leave a Reply