चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
भक्तपुर, ३ जेठ । भक्तपुरको कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र भक्तपुर पर्यटन विकास समितिद्वारा संयुक्त रूपमा सञ्चालित ‘गो लोकल अभियान र टोस्टमास्टर्स क्लव’ को संयुक्त आयोजनामा सन्ध्याकालीन सम्पदा यात्रा (Evening Heritage Walk) सम्पन्न भएको छ ।
भक्तपुर दरबार स्क्वायरबाट सुरु भएको उक्त सन्ध्याकालीन सम्पदा यात्रा प्रसिद्ध तलेजु भवानी मन्दिर, पाँचतले मन्दिरस्थित टौमढी क्षेत्र, दत्तात्रय र नवदुर्गा पीठ हुँदै अगाडि बढेको थियो । यात्राका क्रममा सहभागीहरूलाई भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्वका बारेमा जानकारी गराइएको थियो ।
भक्तपुरका मठमन्दिर र ऐतिहासिक धरोहरहरू मात्र यहाँका सम्पदा होइनन्, यहाँका परम्परागत उद्योगहरू पनि जीवन्त सम्पदा हुन् भन्ने सन्देश दिने उद्देश्यले यो यात्राको आयोजना गरिएको हो । यी रैथाने उद्योगहरूलाई संरक्षण गर्दै दिगो पर्यटनसँग जोड्नु अभियानको मुख्य लक्ष्य रहेको छ । तसर्थ, यस पटकको सम्पदा यात्रा सांस्कृतिक स्थलहरूमा मात्र सीमित नरही भक्तपुरका रैथाने पहिचान र परम्परागत उद्योगहरूलाई जीवन्तता दिने उद्देश्यले यात्राको मार्गमा पर्ने भक्तपुरको पहिचान बोकेका झ्याल, ढोका र काठका बुट्टाहरू कुँद्ने परम्परागत काष्ठकला उद्योग, भादगाउँले कालो टोपी उत्पादन हुने उद्योग, चिउरा (बजि), चामल र पिठो उत्पादन गर्ने पुरानो उद्योगलगायत विभिन्न स्थानीय उद्योगहरूको समेत प्रत्यक्ष भ्रमण गराइएको थियो ।
विभिन्न सम्पदा र उद्योगहरूको भ्रमणपश्चात् उक्त यात्रा ‘ख्वप छेँ’ मा पुगेर औपचारिक रूपमा समापन गरियो । सो अवसरमा सहभागीहरूले सम्पदा यात्राका दौरानमा आफूले सँगालेका रोचक र ज्ञानवर्धक अनुभवहरूसमेत आपसमा साटासाट गरेका थिए । यस्ता रचनात्मक र चेतनामूलक सम्पदा यात्राले भक्तपुरको पर्यटनलाई नयाँ उचाइ दिने र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि भक्तपुरलाई झनै आकर्षक गन्तव्य बनाई स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने र परम्परागत सीपलाई नयाँ पुस्तासँग जोड्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
कार्यक्रममा सम्पदा यात्रा गराउनुको उद्देश्यबारे गो लोकल कार्यक्रमका सह–संयोजक रामसुन्दर भेलेले जानकारी गराउनुभएको थियो । सम्पदा यात्रा सहभागी सम्पूर्णमा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहभागिताको लागि अनुरोध गर्नुभयो । सम्पदा यात्राको सहजीकरण भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले गर्नुभएको थियो ।
Leave a Reply