भर्खरै :

नेपाल क्रान्तिकारी युवा सङ्घको स्थापना दिवस

सुर्खेत, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३१ औँ स्थापना दिवसको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
सन् १९४७ मा बेलायत–भारत र नेपालबीच भएको गोर्खा भर्ती सम्झौता विषयमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले गोर्खा भर्ती सम्झौताअनुसार छिमेकी देशमा हुने युद्धमा नेपाली गोर्खा सेना प्रयोग गर्न नपाइने उल्लेख भए पनि सम्झौताविपरीत सन् १९६२ मा भारत–चीनको युद्धलगायत पाकिस्तानसँगको युद्धमा समेत गोर्खा सैनिक प्रयोग गरिरहेको छ भन्नुभयो ।
संरा अमेरिकी स्वार्थअनुसार फासीवादी मोदी सरकार चीनविरूद्ध लागिपरेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाहीले हरेक आन्दोलन र परिवर्तनमा नेक्रायुसङ्घको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उमेरले भन्दा पनि विचारले युवा हुने बताउनुभयो ।
नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अकलबहादुर राना, बिजुकला राना, अङ्गबहादुर शाही, विष्णु पान्डे, गगन विक, गोविन्दनाथ योगीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *