साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
प्रवेश
सन् १९६२ अक्टोबर २० तारिख बिहान ५ बजे नाम्का चू (खोला) को भारतीय चौकीमाथि चिनियाँ गोलाबारी भयो । लगत्तै पैदल सेनाले आक्रमण ग¥यो । ३ घण्टामै नाम्का चूको लडाइँ सकियो । त्यसपछि चिनियाँहरूले नेफा क्षेत्रको १६० माइल छिचोले र नोभेम्बर २० मा उनीहरू ब्रह्मपुत्र उपत्यकासम्म आइपुगे । यसबीच उनीहरूले तवाङ, सेला भञ्ज्याङ र बोम्दीलाका लडाइँ जितेका थिए । समथर क्षेत्रमा लड्ने तालिम लिएका भारतीय सैनिकहरू आत्तिए । उनीहरूले पहाडमा लड्ने तालिम पाएका थिएनन् । सजिलै उनीहरू लडाइँको आहार भए । उनीहरूसँग गतिलो लुगा र हतियार थिएन । प्रतिरक्षाको कुनै बलियो र योजनाबद्ध तयारी थिएन । यो सैन्य हविगत देखेर चिनियाँहरू दङ्ग (आस्नर्नमा – सं.) परेका थिए । सेप्टेम्बर ८ मै थागला डाँडामा सीमा भिडन्त भएको थियो । तर, त्यसलाई स्थानीय ठटाकठुटुक भनी बेवास्ता गरिएको थियो । नेफाको पराजयले भारतको राजनीतिक र सैनिक जगलाई हल्लाइदियो र पराजयको मानसिकता फैलाइयो । जनताले उच्च नेतृत्वमाथि विश्वास गर्न छोडे ।

चिनियाँ आक्रमणअघि चीनले आक्रमण गर्नेछैन भन्ने सोच भारतीय राजनीतिक र सैनिक तहमा व्याप्त थियो । भारत चीनलाई मित्र मान्थ्यो तर सीमामा तनाव छ भन्ने पनि ठान्थ्यो । केही भागमा चिनियाँ अतिक्रमण वा सामान्य झडपका लागि तयारी गरे पनि युद्धको सम्भावना भने देख्दैनथ्यो । त्यसैले कुनै हिमाली भेगमा पूर्ण सैन्य तयारी गर्नका लागि कुनै राष्ट्रिय नीति र रणनीति बनाइएको थिएन । सरकारले देशलाई युद्धको लागि तयार पारेको थिएन । अकस्मात् युद्ध हुँदै जताततै आश्चर्य, अविश्वास र आक्रोश फैलियो । राष्ट्रपति राधा कृष्णनले “हामीले बेवास्ता ग¥यौँ र सहज विश्वास ग¥याँै” भनेर राजनीतिक र सैनिक नेतृत्वको आलोचना गरे । प्रधानमन्त्री नेहरूले चीनले पिठ्यूँमा छुरा हानेको बताए र असफलताको दुःखद तर साहसी घोषणा गरे । रक्षामन्त्री कृष्ण मेननले सैनिक र हतियारमा चिनियाँहरू आफूभन्दा अगाडि हुनाले हार्नुपरेको बताए । आफ्नो दोष स्वीकारे । खासमा चीनसँग युद्ध हुनसक्ने अनुमान गर्न नसकेकोले नै यस्तो स्थिति आएको थियो ।
भारत पराजित भयो । विदेश नीति अस्तव्यस्त भयो । अर्थतन्त्र ठप्प भयो । राजनीति र सैन्य नेतृत्वमाथिको विश्वास हरायो । देशमा अन्योल र आक्रोश फैलियो । वर्षौँसम्म चीनसँग लड्न भारत सक्षम भएको बताएर जनतासँग झूटो बोलिएको थियो र हुनसक्ने र हुननसक्ने वाचा गरिएको थियो । युद्धको मुखमै पनि उच्च नेतृत्वले ढुक्कसँग लडाइँको चर्को कुरा फलाकिरहेको थियो । उनीहरूले एकै प्रहारमा चीनलाई हटाउन सकिने बताइरहेको थियो । पराजयको खबरले जनताको आक्रोश चुलियो । एक अंशसम्म भारतले नै निम्त्याएको सङ्कटबारे जनतालाई झूटो आश्वासन दिइएको थियो । सैनिकहरूलाई युद्धका हिसाबले तम्तयार पारिएको थिएन । सेनाको बद्ख्वाइँ गरिएको थियो । पराजयपछि लडाइँमा वीरता देखाएका सैनिकलाई तल्लो नजरले हेरियो । देशमा एकप्रकारको विषाद फैलियो । आसाममा भागाभाग मच्चिएको थियो । तेजपुर र आसाममा तेलखानीहरू जलाउने योजना बनेका थिए । सरकारी कर्मचारीहरूलाई आगोमा घिउ थपेका थिए । जनधनको जिम्मा सरकारले नलिने उनीहरू माइक लगाएर फुकिरहेका थिए । कैदीहरूलाई रिहा गरिएको थियो, फाइलहरू जलाइएका थिए र पैसा नष्ट गरिएका थिए । मुख्य कर्मचारीहरू भागेका थिए । चिनियाँहरू आसाम पसेका भए कस्तो हुँदो हो ? जनता युद्ध र त्यसको सन्त्रासका लागि तयार थिएनन् ।
पराजयकै कारण धेरैका शिर नुहे । कृष्ण मेननले राजीनामा दिए । उनका गुरु पण्डित नेहरूले मेननलाई सरकारमै राख्ने प्रयास गरे । तर, संसदको क्रोधसामु नेहरू झुक्नुप¥यो । राजनीतिक नेतृत्वकको उच्च आसनबाट नेहरू पहिलोचोटि नुहुनुप¥यो । यसले राजनीतिमा दूरगामी असर ग¥यो । आफ्नो चीन नीतिका गल्तीका कारण उनको सर्वोच्च व्यक्तित्व खस्कियो । आफ्नो आसन जोगाउन उनले मेननलाई बलि चढाए । जनरल पीएन थापरले स्वास्थ्य समस्या देखाई राजीनामा दिए । उनलाई पछि अफगानिस्तानको राजदूत बनाइयो । नेहरूका विश्वासपात्र जनरल बीएम कौलले अवकाश लिए । यो निर्णय बचाउन नेहरूलाई गा¥हो भयो । घटनामा संलग्न धेरै सरकारी र सैन्य अधिकारीहरू कारबाहीको दायरामा परेनन् । उनीहरू आरामले सेवा निवृत्त भए ।
३० दिनपछि चिनियाँहरूले कब्जा गरेको भूभागबाट फिर्ता जाने निर्णय गरेका थिए । यसले भारतलाई आफ्नो राजनीति र आर्थिक क्षति पहिल्याउने समय दियो । लगत्तै चीनले भारतको अन्तर्राष्ट्रिय छविमा चर्को प्रहार गरेको र आन्तरिक राजनीति बदलेको अनुभव गरियो । विकास योजना र आर्थिक प्रगतिमा यसको असर देखियो । एउटै तीव्र सैन्य अभियानले एक दशकमा भारतले पाएको उपलब्धिलाई भताभुङ्ग पारिदियो ।
‘तिब्बत कब्जा’ र भारतको चीन नीति
(डाल्भीले तिब्बत समस्यालाई बेलायती चस्माले हेरेको हुनाले तिब्बतमा चिनियाँ सेनाको आगमनलाई ‘कब्जा’ भन्न पुगेका छन् । भारतीय सेना लिम्पियाधुरामा भारतीय सेनाले गरेजस्तो तिब्बतमा मुक्तिसेनाको प्रवेश ‘कब्जा’ थिएन । बरु, नेपाल सबल भएपछि आफ्नो सेना लिम्पियाधुरा पठाएजस्तो थियो । – प्रस्तुतकर्ता)
तिब्बत र भारतबीचको विवादका ऐतिहासिक कारणहरू थिए । परराष्ट्र मन्त्रालयले छिमेकीसँगका समस्याहरूमा ध्यान दिनुपर्ने थियो । तिनलाई सौहार्दपूर्वक समाधान गर्न प्रयास गर्नुपथ्र्यो । यस्तो गर्न नसकेपछि राष्ट्रलाई युद्धको खतराबारे जनाउ दिनुपथ्र्यो । अकर्मण्यता र मनचिन्ते सोचलाई माफी दिन सकिन्न ।
चीन–भारत सीमा युद्धको जन्म १९५० मा भएको थियो । इतिहासमा पहिलोचोटि भारत र चीनले सीमामा एक अर्कालाई भेटेका थिए । त्यस वर्ष अक्टोबर ७ मा चिनियाँ मुक्तिसेना तिब्बत पस्यो । भारतमा आश्चर्य छायो । तिब्बतले सहयोगको अपिल ग¥यो । (बेलायती र साम्राज्यवादीहरूसँग दलाई लामा र दास मालिकहरू मिलेका थिए । – सं.) भारतले शान्तिपूर्ण समाधानको सुझाव दियो । भारत चिनियाँ कदमप्रति सशंकित थियो । यसले भारतमा दूरगामी असर पर्नसक्थ्यो । तिब्बत बेलायतीहरूको समयदेखि नै रणनीतिक सुरक्षाको क्षेत्र थियो । बफर क्षेत्र हट्नेबित्तिकै भूराजनीतिक स्थिति फेरिन्थ्यो । सीमा संवेदनशील बन्न पुग्यो । चिनियाँ कम्युनिस्ट सत्तालाई सजिलो हुँदा उसले तिब्बतलाई स्प्रिङ बोर्ड बनाएर जतिबेला पनि भारतमाथि आक्रमण गर्नसक्थ्यो । (यो अमेरिकी प्रचार थियो । – सं.) पर्यवेक्षकहरूले तिब्बतमा चीनसँग भारतको लडाइँ हुने बताएका थिए । सरदार पटेलले चीनसँग कडा रवैया अपनाउन जोड दिएका थिए । तर, उनी आफ्नो दृष्टिकोण कार्यान्वयन गर्न जीवित रहेनन् । नेहरूले आफ्नो विचार १९५४ मा राखेका थिए, “तिब्बत स्वतन्त्र भए पनि वा चीनकै अङ्ग भए पनि हामीलाई त्यहाँ सेना राख्न के अधिकार छ ?” अधिकारको कुरा उत्तम बहाना बन्नसक्थ्यो । १९५० मा त्यहीँ बहाना बन्यो ।
तिब्बतमा चिनियाँ कब्जाको विरोध नगर्न चीनका लागि भारतका प्रथम राजदूत केएम पनिक्करले नेहरूलाई सल्लाह दिएको चर्चा थियो । तिब्बतमाथि चीनको संरक्षकत्व वा सार्वभौमिकताको विषयमा धेरै वादविवाद भए । तिब्बत चीनको प्रान्त हो भन्ने भारतीय नीतिको बचाउ गर्न सक्दो मिहिनेत गरिएको देखिन्थ्यो । केही पत्राचारमार्फत भारतले ‘चासो, चिन्ता र आश्चर्य’ जनायो । चीनले तिब्बतको स्वायत्तताको सम्मान गर्नुपर्ने र समस्यालाई शान्तिपूर्ण समाधान गर्नुपर्ने भारतले अपेक्षा लिएको थियो ।

लेखक जेपी डाल्भी तिब्बतमा
Leave a Reply