जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
भारतका केही रवाफिला सञ्चारमाध्यमले हालै दक्षिण एसियाली देश माल्दिभ्ससँग संरा अमेरिका र चीनले गरेको सहकार्य सम्झौताहरूलाई जबरजस्ती जोड्न खोजिरहेका छन् । ती सञ्चारमाध्यमहरू प्राकृतिक स्रोतले समृद्ध हिन्द–प्रशान्त क्षेत्रमा चीनले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको दाबी गरेका छन् । उनीहरूका कुरा पत्याउने हो भने यो क्षेत्रमा संरा अमेरिकाले भारतलाई अझ फराकिलो भूमिकामा देख्न चाहेको छ । अझ अगाडि बढेर भारतीय सञ्चारमाध्यमहरू हालै संरा अमेरिका र माल्दिभ्सबीच भएको सम्झौता हिन्द महासागरमा चीनको बढ्दो प्रभाव नियन्त्रण रोक्न भएको हो ।
संरा अमेरिका र माल्दिभ्सबीच रक्षा तथा सुरक्षा सम्झौता बढ्दो समुद्री डकैती, हिंसात्मक अतिवाद, आतङ्कवाद र अवैध ओसारप्रसारजस्ता अन्तर्राष्ट्रिय खतरा नियन्त्रणमा सहकार्यको लागि भएको माल्दिभ्सको रक्षा मन्त्रालयले जनाएको छ ।
सम्झौताको व्यहोरा र दुई देशका अधिकारीहरूका प्रतिक्रियाको आधारमा भन्दा माल्दिभ्स र संरा अमेरिकाबीच भएको यो सम्झौता सामान्य सम्झौता हो । क्षेत्रीय शान्ति, सुरक्षा र समृद्धि कायम गर्न योगदान हुने अवस्थासम्म सो क्षेत्रका सबै देश र संसारले आपसलाई सम्मान र स्वागत गर्नुपर्छ ।
यदि संरा अमेरिका र माल्दिभ्सबीचको सम्झौता वास्तवमै कुनै देशप्रति लक्षित छ भने त्यो चीन होइन, बरु भारत हुनसक्छ । हिन्द महासागरको सबभन्दा शक्तिशाली देश भएकोले भारत सो क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र ठान्दछ । आफ्नो प्रभाव क्षेत्रमा कुनै पनि अरु देशको उपस्थिति भारतको लागि असह्य हुने गरेको छ ।
माल्दिभ्समा सधैँ नै भारतको बलियो प्रभाव कायम छ । माल्दिभ्सको राष्ट्रिय सुरक्षा मूलतः भारतले सुनिश्चित गर्दै आएको छ । त्यसकारण जब कुनै देशले माल्दिभ्ससमक्ष लगानी वा पूर्वाधार निर्माणमा सहायताको हात बढाउँछ तब नयाँ दिल्ली ज्यादै सजग बन्ने गरेको छ ।
चीनले माल्दिभ्ससँग आपसी हितमा आधारित विस्तृत सहकार्यको सम्बन्ध कायम गर्दै आएको छ । तथापि, माल्दिभ्ससँग अरु कुनै पनि देशले सम्बन्ध कायम गर्दा चीनलाई टाउको दुख्ने गरेको छैन ।
भारतले हिन्द महासागरलाई आफ्नो प्रभाव क्षेत्र मानेकै कारण अहिले समस्या देखिएको हो । जबकि अरु वरपरका देशहरू हिन्द महासागर खुला र स्वतन्त्र हुनुपर्ने पक्षमा छन् । विगतमा हिन्द महासागरमा संरा अमेरिकाको उपस्थितिलाई खतराको रूपमा लिने गथ्र्यो । तर, अहिले भारत रणनीतिकरूपमा चीनलाई आफ्नो सबभन्दा ठूलो खतरा मानेको छ । भारतले अहिले सो क्षेत्रमा संरा अमेरिकी उपस्थितिलाई सहने सोच बनाएको छ । संरा अमेरिकाको ‘हिन्द–प्रशान्त रणनीति’लाई सक्रियतापूर्वक बढावा दिएर भारतले चीनलाई चुनौती दिन संरा अमेरिकासँग हात जोडेको छ ।
संरा अमेरिका र माल्दिभ्सबीच भएको रक्षा सहकार्यले सो क्षेत्रमा भारतको एकाधिकार तोडिएको छ । भारतलाई यसमा कुनै चिन्ता छैन भने चीनले चिन्ता लिनुपर्ने कुनै कारण छैन ।
मध्यपूर्व, अफ्रिका र युरोपसँग चीनको व्यापारको अधिकांश हिस्सा हिन्द महासागर भएर आवतजावत हुने गरेको छ । चीनले हिन्द महासागरका देशहरूसँग सहकार्यको परिधि फैलाइरहेको छ । हिन्द महासागरमा समुद्री डकैती र प्राकृतिक प्रकोपजस्ता असुरक्षाका विभिन्न कारण बढिरहेको अवस्थामा सो क्षेत्रमा समुद्री स्वतन्त्रता र सुरक्षा चीनको लागि महत्वपूर्ण छ । हिन्द महासागरसँग जोडिएका विभिन्न देश र अन्यसम्बन्धी देशहरूको निम्ति पनि यो समान चासोको विषय हो ।
हिन्द महासागरमा कुनै पनि देशसँग चीनको भूगोल र सामुद्रिक क्षेत्रसम्बन्धि विवाद छैन । चीनले एडन खाडीमा सुरक्षा मिसनमा जनमुक्ति सेना परिचालन गरेको छ र जिबोटीमा आधार क्षेत्र स्थापना गरेको छ । चिनियाँ जहाजको यात्रा गर्ने स्वतन्त्रता र सुरक्षासँगै चीनले अन्तर्राष्ट्रिय समुदायको सुरक्षाको पनि चीनले सुनिश्चित गर्छ । हिन्द महासागरमा भारत सबभन्दा शक्तिशाली देश हो । उसले चीनलाई खतराको रूपमा बुझ्ने गरेको छ । रोचक कुरा के छ भने भारतभन्दा कमजोर सो क्षेत्रका अन्य देशले चीनलाई रचनात्मक सहयोगीको रूपमा सहकार्यलाई सक्रियतापूर्वक फैलाइरहेको छ । उनीहरू महासागरमा चीनको उपस्थिति चाहन्छ । केही देशले सैनिक आधार राख्न चीनलाई आमन्त्रण गरिरहेका छन् ।
भारतले हिन्द महासागरलाई आफ्नो प्रभाव क्षेत्र मानेकै कारण अहिले समस्या देखिएको हो । जबकि अरु वरपरका देशहरू हिन्द महासागर खुला र स्वतन्त्र हुनुपर्ने पक्षमा छन् । विगतमा हिन्द महासागरमा संरा अमेरिकाको उपस्थितिलाई खतराको रूपमा लिने गथ्र्यो । तर, अहिले भारत रणनीतिकरूपमा चीनलाई आफ्नो सबभन्दा ठूलो खतरा मानेको छ । भारतले अहिले सो क्षेत्रमा संरा अमेरिकी उपस्थितिलाई सहने सोच बनाएको छ । संरा अमेरिकाको ‘हिन्द–प्रशान्त रणनीति’लाई सक्रियतापूर्वक बढावा दिएर भारतले चीनलाई चुनौती दिन संरा अमेरिकासँग हात जोडेको छ ।
केही भारतीय सञ्चारमाध्यम, विद्वान र सरकारी अधिकारीहरू आफूले चीनलाई गरेजस्तो व्यवहार सो क्षेत्रका अन्य देशले पनि गर्नुपर्ने सोच राख्छन् । भारतले कुनै पनि देशले संरा अमेरिका र आफूसँग सहकार्य गरिरहेसम्म त्यो चिनियाँ प्रभावको विपरीत खेमाको रूपमा व्याख्या गर्ने गरेको छ । उसले यसलाई एउटा सूत्रको रूपमा लिएको देखिन्छ ।
तथापि, वास्तविकतामा हिन्द महासागरका देशहरू संसारका सबै देशसँग सहकार्य गर्ने आशा गर्छन् । उनीहरू हिन्द महासागरमा कुनै एउटा वा दुई वटा महाशक्तिले शासन गरेको हेर्न चाहँदैनन् । एक्काइसौँ शताब्दीमा सबै देशले स्वतन्त्र, समान र आपसमा हितकारी सहकार्यलाई जोड दिनुपर्छ । ठूला शक्तिहरू प्रभाव क्षेत्रको बनाउने होडमा लाग्नु हुन्न । चीन कुनै पनि देशले भारतसँग सम्बन्ध विकास गरेकोमा विरोध गर्ने गर्दैन । भारतले चीनसँग दक्षिण एसिया र हिन्द महासागर क्षेत्रका कुनै पनि देशसँग विकास गरेको आपसी हितमा आधारित सहकार्यप्रति असल मनसाय राख्न जरुरी छ र हस्तक्षेपको मनसाय त्याग्नुपर्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः राजजी
Leave a Reply