भर्खरै :

भक्तपुरमा सोमबार ६७ जना सङ्क्रमित

भक्तपुर, ५ असोज । भक्तपुर जिल्लामा सोमबार ६७ जना व्यक्तिमा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले दिएको जानकारीअनुसार सोमबार मध्यपुर थिमि नगरपालिकामा सबभन्दा बढी ३३ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २१ जना पुरुष र १२ जना महिला छन् । त्यस्तै भक्तपुर नगरपालिकामा १० जना पुरुष र ६ जना महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । चाँगुनारायण नपामा ५ जना पुरुष र १ जना महिला तथा सुर्यबिनायक नपामा ४ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात जनास“ग सम्पर्क भइनसकेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *