सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
चीनको सुइचाओस्थित सुइचाओ चेङ्दु अस्पतालका २७६ जना विरामीमा गरिएको अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी समय चस्मा लगाउने व्यक्तिलाई चस्मा नलगाउने मानिसको तुलनामा कोभिड–१९ को सङ्क्रमणको सम्भावना कम भएको देखाएको छ । अध्ययन गरिएको १६ जना विरामी (६ प्रतिशतभन्दा कम) ले मात्र चस्मा लगाउने गर्थे भने चस्मा लगाउने गरेका ३१ प्रतिशत स्थानीय जनताबीच पनि सो अध्ययन गरिएको थियो ।
तर, के यसको अर्थ चस्मा लगाउनुले कोरोना भाइरसबाट हामीलाई जोगाउन सक्छ ?
हतारमा हामी चस्मा पसलतिर दौडिनुअघि के कुरा बुझौं भने यो एउटा अध्ययन मात्र हो । यो अध्ययन निकै थोरै सङ्ख्याबीच गरिएको थियो । यसले कोभिड–१९ को सङ्क्रमण दर र चस्मा लगाउनुबीच केही सम्बन्ध हुन सक्ने सड्ढेत गरे पनि यी दुईबीच प्रत्यक्ष कारण र प्रभावको सम्बन्ध देखाएको छैन । त्यसकारण यो अध्ययनकै आधारमा कुनै निष्कर्षमा पुग्नु हतार हुनेछ । तथापि हामीले ध्यान दिन सकिने केही कुरा भने अवश्य छ ।
स्वास्थ्यकर्मीहरूले पनि उच्च जोखिमको क्षेत्रमा काम गर्दा त्यसैकारण चस्मा(गगल्स) लगाउने गर्छन् । तर, उनीहरूले लगाउने त्यो गगल्स फरक खालको हुन्छ । त्यसले कुनै पनि कुनाबाट छिटा वा श्वासको वाफ बाहिरबाट पस्न नमिल्ने गरी कसिलो सिल गरिएको हुन्छ । तर, चस्माले अघिबाट आँखालाई जोगाए पनि दायाँ बाँया, तलमाथिबाट बाहिरबाट श्वास वा छिटा सजिलै पस्न सक्छ ।
त्यसकारण स्वास्थ्यकर्मीहरूले लगाउने गगल्स र चस्मा सुरक्षाको दृष्टि समान हुँदैन ।
भाइरोलोजीको मेडिकल जर्नलका अनुसार कोरोना भाइरस मानिसको शरीरभित्र पस्ने धेरै बाटामध्ये एउटा बाटो आँखा पनि हो । यो भाइरसको सङ्क्रमण मानिसले श्वास फेर्ने उत्र्सजन हुने तरल छिटाहरूबाट सर्ने कुरा सबैलाई थाहा छ । मानिसले खोक्दा, हाछ्युँ गर्दा, कुरा गर्दा र श्वास मात्र फेर्दा पनि शरीरभित्रबाट भाइरस बोकेका सुक्ष्म छिटाहरू बाहिर उत्सर्जित हुँदा हावाको माध्यमबाट अरु वासस्थानको खोजी गर्छ । यस्ता उत्सर्जन सबै नाक र मुखबाट हुने गर्दछ । तर, कोरोना भाइरसका विरामीमध्ये धेरैलाई आँखामा पनि सङ्क्रमणको समस्या देखिएको समाचार पनि बढ्दो छ ।
आँखामा ओसिलो रक्षात्मक झिल्ली हुन्छ जसलाई म्युकस मेम्बरेन्स भनिन्छ । हाम्रो नाक र मुखभित्र पनि आपसमा त्यस्तै झिल्ली हुने गर्छ । यदि कोरोना भाइरस त्यस्तै हाम्रो झिल्लीमा बसे त्यसबाट हामीलाई भाइरसको सङ्क्रमण हुने गर्छ । त्यसकारण कोरोनाभाइरसको प्रवेशको लागि आँखाले माध्यमको भूमिका खेल्न सक्छ ।
चस्मा लगाउँदा हाम्रा आँखाअघि थप एउटा रक्षाकवच बनेको हुन्छ । त्यो थप रक्षाकवचले सङ्क्रमित श्वासको छिटा चस्मा लगाउने व्यक्तिभित्र पस्न रोक्न सक्छ । स्वास्थ्यकर्मीहरूले पनि उच्च जोखिमको क्षेत्रमा काम गर्दा त्यसैकारण चस्मा(गगल्स) लगाउने गर्छन् । तर, उनीहरूले लगाउने त्यो गगल्स फरक खालको हुन्छ । त्यसले कुनै पनि कुनाबाट छिटा वा श्वासको वाफ बाहिरबाट पस्न नमिल्ने गरी कसिलो सिल गरिएको हुन्छ । तर, चस्माले अघिबाट आँखालाई जोगाए पनि दायाँ बाँया, तलमाथिबाट बाहिरबाट श्वास वा छिटा सजिलै पस्न सक्छ ।
त्यसकारण स्वास्थ्यकर्मीहरूले लगाउने गगल्स र चस्मा सुरक्षाको दृष्टि समान हुँदैन । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) ले उच्च जोखिम क्षेत्रमा आँखाको सुरक्षाको लागि उपयुक्त सावधानीका साधन लगाउन भनिएको छ । तर उसले सामान्य चस्मा र कन्ट्याक्ट लेन्स लगाउनु नै आँखाको उपयुक्त सुरक्षा मान्न नसकिने बताएको छ ।
भाइरसबाट सङ्क्रमित हुन सक्ने अर्को माध्यम भनेको हाम्रा हात हुन् । टेबुलमाथि र ढोकाको ह्यान्डलमा कोरोना भाइरस २४ घण्टासम्म रहन सक्ने अध्ययनले देखाएको छ । कसैले भाइरस भएको त्यस्ता ठाउँमा छोएर मुख, नाक वा आँखामा छोए त्यसले हामीलाई सङ्क्रमित बनाउन सक्छ । त्यसकारण साबुन पानीले हात धुन सल्लाह दिइएको हो ।
चस्मा लगाउने व्यक्तिले आँखामा सम्भावना भने कम हुन्छ । विशेषतः आँखा मिच्ने सम्भावना न्यून हुन्छ । आँखा मिच्दा भाइरस आँखाभित्र पस्ने सम्भावना बढी हुन्छ । केही चिकित्सकहरूले यस्तो बेला कन्ट्याक्ट लेन्स लगाउने व्यक्तिले चस्मा लगाउनु सुरक्षित हुने समेत सल्लाह दिएका छन् । कन्ट्याक्ट लेन्सले आँखा सुख्खा पार्नुका साथै चिलाउने समस्या पनि हुन सक्छ । त्यही कारण कन्ट्याक्ट लेन्स लगाउने व्यक्तिले आँखामा छुने र मिच्ने सम्भावना बढी हुन्छ । यदि उनीहरूले भर्खरै हात धोएको छैन भने उनीहरूमा कोरोनाभाइरस हुन सक्छ र त्यसले सङ्क्रमण गर्न सक्छ । जसलाई कन्ट्याक्ट लेन्स लगाउने बानी भइसकेको छ भने उसले नियमित रूपमा राम्ररी देन्स सफा गर्नुपर्छ ।
अहिले तत्काललाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नै चस्मा लगाउन सल्लाह दिन सकिन्न । एउटा अध्ययनले नै सब कुरा परिवर्तन गर्न सक्दैन । खोप आविस्कार नभएसम्म हामीसँग भएको सबभन्दा प्रभावकारी हतियार भनेको कोरोना भाइरससँग लड्नु हो । त्यसको निम्ति आपसी दुरी कायम गर्ने, नियमित रूपमा हात धुने, मुख छोप्ने आदि सावधानीका उपाय नै कोरोना भाइरससँग लड्ने प्रभावकारी तरिका हुन् । नोबेल कोरोना भाइरसको सङ्क्रमण हुँदा खोकी, ज्वरो, घ्राणशक्ति र जिब्रोको शक्तिमा ¥हासजस्ता लक्षणजस्तै आँखामा सङ्क्रमण सामान्य भने होइन । तथापि, आँखा भने मानिसमा कोरोना भाइरस पस्ने सबभन्दा प्रमुख बाटो हुन सक्ने देखिएको छ । हाम्रो संरक्षणमा चस्माको भूमिकाबारे थप अध्ययन भने आवश्यक छ ।
(लेखक बेलायतको नेशसन हेल्थ सर्भिसका चिकित्सक र विश्वविद्यालयका लेक्चरर हुन् ।)
स्रोतः अल जजिरा
Leave a Reply