भर्खरै :

के चस्माले हामीलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन सक्छ ?

चीनको सुइचाओस्थित सुइचाओ चेङ्दु अस्पतालका २७६ जना विरामीमा गरिएको अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी समय चस्मा लगाउने व्यक्तिलाई चस्मा नलगाउने मानिसको तुलनामा कोभिड–१९ को सङ्क्रमणको सम्भावना कम भएको देखाएको छ । अध्ययन गरिएको १६ जना विरामी (६ प्रतिशतभन्दा कम) ले मात्र चस्मा लगाउने गर्थे भने चस्मा लगाउने गरेका ३१ प्रतिशत स्थानीय जनताबीच पनि सो अध्ययन गरिएको थियो ।
तर, के यसको अर्थ चस्मा लगाउनुले कोरोना भाइरसबाट हामीलाई जोगाउन सक्छ ?
हतारमा हामी चस्मा पसलतिर दौडिनुअघि के कुरा बुझौं भने यो एउटा अध्ययन मात्र हो । यो अध्ययन निकै थोरै सङ्ख्याबीच गरिएको थियो । यसले कोभिड–१९ को सङ्क्रमण दर र चस्मा लगाउनुबीच केही सम्बन्ध हुन सक्ने सड्ढेत गरे पनि यी दुईबीच प्रत्यक्ष कारण र प्रभावको सम्बन्ध देखाएको छैन । त्यसकारण यो अध्ययनकै आधारमा कुनै निष्कर्षमा पुग्नु हतार हुनेछ । तथापि हामीले ध्यान दिन सकिने केही कुरा भने अवश्य छ ।

स्वास्थ्यकर्मीहरूले पनि उच्च जोखिमको क्षेत्रमा काम गर्दा त्यसैकारण चस्मा(गगल्स) लगाउने गर्छन् । तर, उनीहरूले लगाउने त्यो गगल्स फरक खालको हुन्छ । त्यसले कुनै पनि कुनाबाट छिटा वा श्वासको वाफ बाहिरबाट पस्न नमिल्ने गरी कसिलो सिल गरिएको हुन्छ । तर, चस्माले अघिबाट आँखालाई जोगाए पनि दायाँ बाँया, तलमाथिबाट बाहिरबाट श्वास वा छिटा सजिलै पस्न सक्छ ।
त्यसकारण स्वास्थ्यकर्मीहरूले लगाउने गगल्स र चस्मा सुरक्षाको दृष्टि समान हुँदैन ।

भाइरोलोजीको मेडिकल जर्नलका अनुसार कोरोना भाइरस मानिसको शरीरभित्र पस्ने धेरै बाटामध्ये एउटा बाटो आँखा पनि हो । यो भाइरसको सङ्क्रमण मानिसले श्वास फेर्ने उत्र्सजन हुने तरल छिटाहरूबाट सर्ने कुरा सबैलाई थाहा छ । मानिसले खोक्दा, हाछ्युँ गर्दा, कुरा गर्दा र श्वास मात्र फेर्दा पनि शरीरभित्रबाट भाइरस बोकेका सुक्ष्म छिटाहरू बाहिर उत्सर्जित हुँदा हावाको माध्यमबाट अरु वासस्थानको खोजी गर्छ । यस्ता उत्सर्जन सबै नाक र मुखबाट हुने गर्दछ । तर, कोरोना भाइरसका विरामीमध्ये धेरैलाई आँखामा पनि सङ्क्रमणको समस्या देखिएको समाचार पनि बढ्दो छ ।
आँखामा ओसिलो रक्षात्मक झिल्ली हुन्छ जसलाई म्युकस मेम्बरेन्स भनिन्छ । हाम्रो नाक र मुखभित्र पनि आपसमा त्यस्तै झिल्ली हुने गर्छ । यदि कोरोना भाइरस त्यस्तै हाम्रो झिल्लीमा बसे त्यसबाट हामीलाई भाइरसको सङ्क्रमण हुने गर्छ । त्यसकारण कोरोनाभाइरसको प्रवेशको लागि आँखाले माध्यमको भूमिका खेल्न सक्छ ।
चस्मा लगाउँदा हाम्रा आँखाअघि थप एउटा रक्षाकवच बनेको हुन्छ । त्यो थप रक्षाकवचले सङ्क्रमित श्वासको छिटा चस्मा लगाउने व्यक्तिभित्र पस्न रोक्न सक्छ । स्वास्थ्यकर्मीहरूले पनि उच्च जोखिमको क्षेत्रमा काम गर्दा त्यसैकारण चस्मा(गगल्स) लगाउने गर्छन् । तर, उनीहरूले लगाउने त्यो गगल्स फरक खालको हुन्छ । त्यसले कुनै पनि कुनाबाट छिटा वा श्वासको वाफ बाहिरबाट पस्न नमिल्ने गरी कसिलो सिल गरिएको हुन्छ । तर, चस्माले अघिबाट आँखालाई जोगाए पनि दायाँ बाँया, तलमाथिबाट बाहिरबाट श्वास वा छिटा सजिलै पस्न सक्छ ।
त्यसकारण स्वास्थ्यकर्मीहरूले लगाउने गगल्स र चस्मा सुरक्षाको दृष्टि समान हुँदैन । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) ले उच्च जोखिम क्षेत्रमा आँखाको सुरक्षाको लागि उपयुक्त सावधानीका साधन लगाउन भनिएको छ । तर उसले सामान्य चस्मा र कन्ट्याक्ट लेन्स लगाउनु नै आँखाको उपयुक्त सुरक्षा मान्न नसकिने बताएको छ ।
भाइरसबाट सङ्क्रमित हुन सक्ने अर्को माध्यम भनेको हाम्रा हात हुन् । टेबुलमाथि र ढोकाको ह्यान्डलमा कोरोना भाइरस २४ घण्टासम्म रहन सक्ने अध्ययनले देखाएको छ । कसैले भाइरस भएको त्यस्ता ठाउँमा छोएर मुख, नाक वा आँखामा छोए त्यसले हामीलाई सङ्क्रमित बनाउन सक्छ । त्यसकारण साबुन पानीले हात धुन सल्लाह दिइएको हो ।
चस्मा लगाउने व्यक्तिले आँखामा सम्भावना भने कम हुन्छ । विशेषतः आँखा मिच्ने सम्भावना न्यून हुन्छ । आँखा मिच्दा भाइरस आँखाभित्र पस्ने सम्भावना बढी हुन्छ । केही चिकित्सकहरूले यस्तो बेला कन्ट्याक्ट लेन्स लगाउने व्यक्तिले चस्मा लगाउनु सुरक्षित हुने समेत सल्लाह दिएका छन् । कन्ट्याक्ट लेन्सले आँखा सुख्खा पार्नुका साथै चिलाउने समस्या पनि हुन सक्छ । त्यही कारण कन्ट्याक्ट लेन्स लगाउने व्यक्तिले आँखामा छुने र मिच्ने सम्भावना बढी हुन्छ । यदि उनीहरूले भर्खरै हात धोएको छैन भने उनीहरूमा कोरोनाभाइरस हुन सक्छ र त्यसले सङ्क्रमण गर्न सक्छ । जसलाई कन्ट्याक्ट लेन्स लगाउने बानी भइसकेको छ भने उसले नियमित रूपमा राम्ररी देन्स सफा गर्नुपर्छ ।
अहिले तत्काललाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नै चस्मा लगाउन सल्लाह दिन सकिन्न । एउटा अध्ययनले नै सब कुरा परिवर्तन गर्न सक्दैन । खोप आविस्कार नभएसम्म हामीसँग भएको सबभन्दा प्रभावकारी हतियार भनेको कोरोना भाइरससँग लड्नु हो । त्यसको निम्ति आपसी दुरी कायम गर्ने, नियमित रूपमा हात धुने, मुख छोप्ने आदि सावधानीका उपाय नै कोरोना भाइरससँग लड्ने प्रभावकारी तरिका हुन् । नोबेल कोरोना भाइरसको सङ्क्रमण हुँदा खोकी, ज्वरो, घ्राणशक्ति र जिब्रोको शक्तिमा ¥हासजस्ता लक्षणजस्तै आँखामा सङ्क्रमण सामान्य भने होइन । तथापि, आँखा भने मानिसमा कोरोना भाइरस पस्ने सबभन्दा प्रमुख बाटो हुन सक्ने देखिएको छ । हाम्रो संरक्षणमा चस्माको भूमिकाबारे थप अध्ययन भने आवश्यक छ ।
(लेखक बेलायतको नेशसन हेल्थ सर्भिसका चिकित्सक र विश्वविद्यालयका लेक्चरर हुन् ।)
स्रोतः अल जजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *