नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधिहरु र फोहर ढल व्यवस्थापन योजनाका प्रतिनिधिहरुको टोलीले हनुमन्ते खोलाको किनारमा बनाउँदै गरेको ढलको जेठ १२ गते शुक्रबार निरिक्षण गर्नुभयो । फिल्ड निरिक्षणको क्रममा ढलको लागि प्रयोग गरेको ह्युम पाईप १६ इन्चको मात्र भएकोले ढलको समस्या समाधान हुनेबारे प्रश्न चिन्ह लागेको छ ।
त्यस्तै खोला किनारमा बनाएको पर्खालले खोला सांगुरो भएको र खोलामुनि ढुंगाको ग्याभिङ्ग पर्खालले वर्षात्मा बाढीको सम्भावना देखिएको छ । परियोजना कार्यान्वयन विभाग (पिआईडी)का ईन्जिनियर किशोर पन्थीले वर्षात्को पानी र फोहर पानीको लागि छुट्टै ढलको बन्दोबस्त गर्नुपर्ने भएकोले पाईप सानो राखेको तर फिल्ड निरिक्षण पछि यसले नपुग्ने अनुमान गर्नुभयो ।
साथै वर्षात्को पानी र फोहर ढलको पानी व्यवस्थापनको लागि थप अध्ययनको आवश्यक महसुस गर्नु भयो । यसबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक परामर्शदाता टोलीलाई यस अघिको भेटमा नै उक्त समस्याबारे अवगत गराइसकेको थियो । फिल्ड निरिक्षण पछि नगर प्रमुख प्रजपातिले जनप्रतिनिधिहरु प्राविधिक टोली र अन्य सम्बन्धित निकायहरुलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरी फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउनेबारे छलफल गर्ने बताउनुभयो । छलफलबाट ठोस निष्कर्ष निकाली यथाशीघ्र कार्यान्वयनको लागि आवश्यक पहल गर्ने जानकारी पनि दिनुभयो ।
फिल्ड निरिक्षणमा नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी, वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमली, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा र कर्मचारी एशोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवा र पिआईडीका तर्फबाट इन्जिनियरहरु किशोर पन्थी, ढुण्डीराज दाहाल, मुकुण्ड अर्याल र मीन दाहालको सहभागिता रह्यो ।
Leave a Reply