नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काभ्रे, १३ जेठ । नेपाल मजदुर किसान पार्टी देउपुर नगर समितिको आयोजनामा स्थानीय तह निर्वाचन सिंहावलोकन तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले सत्यको हार कहिल्यै नहुने झैं जनताको हार कहिल्यै नहुने चर्चा गर्दै जालझेल र पैसाको बलमा निर्वाचन जितेकाहरूले सही काम गर्न सक्दैनन् भन्नुभयो ।
चुनाव पैसा खर्च गर्नेहरू पैसा र नाफा कमाउन जनताको पैसा भ्रष्टाचार गर्नतिर लाग्ने बताउँदै भ्रष्टाचारविरोधी सङ्घर्षको निम्ति तयार रहन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो ।
जनता सचेत र जागरूक नभएसम्म सामन्त र पूँजीपति वर्गले सर्वसाधारण कामदार वर्गका जनताको सधैं नै अवमूल्यन र अपमान गरिरहने बताउँदै हारेको सिपाहीले झन् राम्ररी लड्ने आहान चरितार्थ गर्दै नेमकिपाका कार्यकर्ताहरू जनताको सेवाका निम्ति तयार रहनुपर्छ भन्नुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले स्थानीय तहमा गलत व्यक्ति निर्वाचित गर्दा त्यसको प्रतिफल समुदायले नै व्यहोर्नुपर्ने र विकास पछाडि पर्ने चर्चा गर्दै मत बेचेकाहरूले आत्मा बेचेकोसरह भएको र त्यस्ताको इज्जत नरहने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष प्रकाश थुसाले ठूला दलहरूले निर्वाचन जित्नका निम्ति खुला र गोप्यरूपमा आचारसंहित उल्लङ्घन गरेको बताउँदै जित्ने उम्मेदवारलाई टिकट दिने भन्दै भ्रष्ट, लोभीपापी, म्यानपावरका दलाल र सहकारीका ठगहरूलाई उम्मेदवार बनाई जनतामाथि थोपरेको बताउनुभयो ।
उहाँले निर्वाचन वर्गीय राजनीतिक सङ्घर्षको एक चरण भएको बताउँदै निर्वाचन सकिंदैमा वर्ग सङ्घर्ष नुटुङ्गिने र चालू रहने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैया सुवालले नेमकिपाले गरेको समाज परिवर्तनका गतिविधिदेखि तिर्मिराएका प्रतिक्रियावादीहरूले पार्टीविरूद्ध षड्यन्त्र गर्नु स्वाभाविक भएको बताउँदै थप जोश र साहसका साथ सङ्घर्ष चालू राख्नुपर्छ भन्नुभयो ।
सभापतिको आसनबाट नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृषबहादुर स्याङ्बोले पूँजीवादी निर्वाचनमा पैसा र झूटा आश्वासनको छेलोखोलो गरी चुनाव जित्नेहरूसँग सचेत जनता छैनन् भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य राजाराम प्रजापति, नेक्राशिसङ्घका केन्द्रीय सदस्य पितमबहादुर तामाङ, मदन देउपुर नगरपालिकामा नेमकिपाका प्रमुख उम्मेदवार पूर्णसिंह तामाङ, उपप्रमुख उम्मेदवार तारा तामाङलगयात स्थानीय पूर्णबहादुर तामाङ, चिनिमाया तामाङ, हीराबहादुर तामाङ, उजेली तामाङ, दिलमान तामाङलगायतले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सूर्यबहादुर तामाङले जागरणमूलक गीत गाउनुभएको थियो ।
Leave a Reply