भर्खरै :

आफ्नी जहानसँग पारपाचुकेको प्रस्ताव

छोरीकी आमा,
मैले तिमीसँग जानेर वा नजानेर विवाह गरेँ, म महिनाको २–४ हजारमात्र कमाउने गरिबको छोरो परेँ, तिमी गाउँको ठूलाठालुकी छोरी प¥यौ र तिम्रो योग्यताअनुसार तिमीले प्राथमिक तहको एक निजी स्कूलमा काम गर्न सुरु ग¥यौ ।
बिहा गरेको केही महिनापछि नै घरमा आमा–बाबु र भाइबहिनीसँग तिम्रो कुरा मिलेन र एक–डेढ वर्षमै हामी घरबाट छुट्टिएर ४ कोठाको डेरामा स¥यौँ । तिमीले ठीकै सोच्यौ र छोरीलाई राम्रो निजी स्कूलमा भर्ना ग¥यौ, मिनिबसले लिन आउँछ, मिनीबसले पु¥याइदिन्छ, छोरी राम्री छे । हामी छोरीलाई माया गर्छौँ । तर, छोरीलाई महिनाको एक हजार रूपैयाँभन्दा बढी खर्च छ, डेराको बहाल, पङ्खा, जाडोमा हिटर आदि गरेर कहिले एक हजार रूपैयाँ र कहिले बाह्र सय रूपैयाँ खर्च हुन्छ । यसरी तिम्रो स्कूलबाट आउने पच्चीस सय हेर्दाहेर्दै खर्च हुन्छ । मेरो महिनाको ४०००।– रूपैयाँको तलबले औषधोपचार, साबुन आदि गर्दा मुश्किलले महिना बित्छ । त्यसो त हामीभन्दा धेरै कम आय भएका जनता पनि हाम्रो देशमा साह्रै दुःख गरेर बाँचिरहेका छन् । हाम्रो जत्ति मात्रै सबै नेपाली परिवारको आम्दानी भइदिएको भए देशको ६० प्रतिशतभन्दा बढी जनता सुखले बाँचेको सम्झने थिएँ ।
एक छोरी र श्रीमान् श्रीमतिको परिवार, एक प्रकारको सुखी परिवार सम्झनुपर्दछ तर साना–तिना कुरामा बरोबर घरमा हुने कचकचले मैले बिहा गरेर गल्ती पो गरेँ कि भन्ने लाग्छ ¤ कहिलेकाहीँ अचानक तिमी झर्किदिँदा वा झनक्क रिसाउँदा म गरिबसँग बिहा गरेर तिमी पछुतायौ कि वा तिम्रो बुबा–आमाप्रतिको सब रिस ममाथि नै पोखेकी हौ कि भन्ने लाग्छ । कहिलेकाहीँ २–४ दिनसम्म तिमीले नबोल्दा तिमी कुनै अर्कै धनी केटासँग प्रेम गथ्र्याै र आमा–बाबुको कुरा टार्न नसकेर मात्रै जात हेरेर मसँग बिहा गर्दा तिम्रो मनमा एक प्रकारको ठूलो असन्तोषको आँधी–बेहरी आउने गरेको हो कि भन्ने पनि सोच्छु तर, तिमी रिसाउनुको कारण के हो कहिल्यै बताइनौ, कहिले भोकै बस्ने र कहिले टाउको दुख्यो भनी सुतेर चुल्हो चिसै रहँदा छोरीको कलिलो मनमा नराम्रो असर पर्ला भनी म मनमा सबै दुःख र पीडालाई लुकाएर स्कूल पठाउने गर्थेँ ।
कहिलेकाहीँ तिम्रा शिक्षिका साथीहरूले पनि तिम्रो झर्कने र रिसाउने स्वभावबारे मलाई गुनासो सुनाउँदा पनि स्वाभाविक सूचनाको रूपमा लिने गर्थेँ । साथीभाइको नाताले एकपटक हेडसरले तिमीले अङ्ग्रेजी सिक्न अलि मिहिनेत गर्दा छात्र–छात्राहरूको पढाइ राम्रो हुने सुझाव दिएका थिए – त्यसबारे पनि तिमीलाई २–४ चोटि सल्लाह दिएँ । च्याउजस्तो उम्रेको निजी अङ्ग्रेजी कक्षामा पनि १–२ पटक गयौ तर तिम्रो अङ्ग्रेजी भाषामा कुनै प्रगति भएन । हामीले चाहे पनि नचाहे पनि नेपालमा अहिले अङ्ग्रेजी भाषा र शिक्षाले महत्व पाएको छ । यसबारे हामीले बरोबर सर–सल्लाह पनि ग¥यौँ । तर त्यसबारे कुरा हुनासाथै तिमीलाई हेला गरेको अनुभव गर्दै तिमी रिसाउन थाल्यौ – मेरो मनसाय भने त्यसो थिएन, तिम्रो बुबा गाउँका ठूलाठालु हुनुहुन्छ, उहाँहरूले मावि तहको एक विद्यालय स्थापना गर्नुभएको थियो र तिम्रो बुबा नै सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हुनसक्छ, प्रवेशिका परीक्षामा अभिभावक वा उदार शिक्षकहरूले नै उत्तरपुस्तिका सार्न लगाएर तिमी परीक्षामा उत्तीर्ण भयौ !

आज विनम्रतापूर्वक तिमीलाई म के भन्न लाग्दै छु भने यदि तिमी साँच्चै मदेखि छुट्टिन चाहेकी हौ भने म तुरून्तै त्यो छोडपत्र वा पारपाचुकेपत्रमा सही गर्न तयार छु, अहिले हामीसँग भएका सामान लुगाफाटा र २–४ रूपैयाँ सबै तिमै्र भो, तिमी मेरो मुख हेर्न चाहन्यौ भने म सरुवा पूर्जी लिएर दुर्गम जिल्लामा सरुवा हुन्छु । बरु म तिमीसँग माफी माग्छु – तिमीलाई मैले सुख दिन सकिनँ, मैले तस्करहरूले जस्तै सुनका गहनाहरूले छोप्न सकिनँ र कालाबजारिया अनि भ्रष्टाचारीहरूले जस्तै ठूल–ठूला महल बनाउने कल्पनासमेत गर्न सकिनँ ।

जीवनका मोडहरूमा व्यहोर्नुपर्ने अनेक बाङ्गाटिङ्गा बाटाहरूबारे थाहा नपाएर तिमी हामी गुड्यौँ । तर, आज हामी जीवनको तीतो यथार्थमा बाँच्दै छौँ । हामीलाई मन नपर्ने कति व्यक्तिहरूसँग हामीले हाँस्नुपर्छ र अभिवादन गर्न बाध्य छौँ । हामीलाई मन पर्ने कति व्यक्तिहरू हाम्रो छेउसम्म पुग्दैनन् । संसार यस्तै रहेछ, प्रतिकूल स्थितिलाई अनुकूल बनाउँदै लैजानुपर्छ, मनका अनेक रिस, राग र द्वेषका भावनालाई निलेर बाँच्न सिक्नुपर्दाे रहेछ ¤ यसबारे तिमीसँग धेरैपटक गन्थन भयो, त्यस्तो कुरा हुनासाथै तिमी आफ्नो आलोचना ठानी उठेर जाने वा ठुस्सा परी बोल्न छोड्थ्यौ । मेरा चुरोट खाने साथीहरूदेखि तिमी रिसाउँछ्यौ, मोजा गन्हाउने मेरा साथीहरूको तिमी मुखै हेर्दिनौ, मेरा कति मिल्ने साथीहरूसँग तिमीले अभिवादनसमेत नगर्दा लज्जित हुन्छु र मरेतुल्य हुन्छु । यसबारे मैले तिमीलाई बारम्बार फकाउने र सम्झाउने कोसिस गरेँ तर सबै व्यर्थ भयो ।
तिम्रा यी सबै व्यवहार हेर्दा म दुई कुराको अनुभव गर्छु– पहिलो, तिमीलाई मनोचिकित्सकको सल्लाह आवश्यक छ, जसबारे म तिमीलाई भन्ने आँट नै गर्न सक्दिनँ । दोस्रो, तिमी मसँग पारपाचुके गर्ने निहुँमात्र खोज्दै छ्यौ, जसबारे मैले उच्चारणसमेत गर्नुहुन्न किनभने हामीसँग हाम्रो नासो एक छोरी छे । छोरी अब बिस्तारै बुझ्ने भइसकी । यसकारण, तिम्रो हरेक घुर्की र धम्कीलाई म हाँसेर वा ख्यालठट्टाको रूप दिएर छोरीलाई स्थिति थाहा नदिने असफल प्रयास गर्दै छु ।
आज विनम्रतापूर्वक तिमीलाई म के भन्न लाग्दै छु भने यदि तिमी साँच्चै मदेखि छुट्टिन चाहेकी हौ भने म तुरून्तै त्यो छोडपत्र वा पारपाचुकेपत्रमा सही गर्न तयार छु, अहिले हामीसँग भएका सामान लुगाफाटा र २–४ रूपैयाँ सबै तिमै्र भो, तिमी मेरो मुख हेर्न चाहन्यौ भने म सरुवा पूर्जी लिएर दुर्गम जिल्लामा सरुवा हुन्छु । बरु म तिमीसँग माफी माग्छु – तिमीलाई मैले सुख दिन सकिनँ, मैले तस्करहरूले जस्तै सुनका गहनाहरूले छोप्न सकिनँ र कालाबजारिया अनि भ्रष्टाचारीहरूले जस्तै ठूल–ठूला महल बनाउने कल्पनासमेत गर्न सकिनँ । मेरो दोष, कमजोरी वा मेरो नामर्दीपना जे नाम देऊ म त्यसलाई स्वीकार्छु– म अनियमित कार्यबाट धनी हुन चाहन्नँ र म जनताको आँखामा अपराधी पनि हुन चाहन्नँ ।
मेरो मनमा थियो, तिमी पढ्ने उमेरकी छ्यौ, २–४ वर्षमै बी.ए. पास गरौली, आफ्नो शैक्षिक स्तरलाई विकास गरेर आफ्नो आर्थिक स्तरलाई पनि सुधार्ने कोसिस गरौली । तर, मलाई आश्चर्य लाग्छ – किताब पल्टाउनासाथै तिमीलाई निद्रा लाग्छ अनि सिनेमा र टी.भी. का सस्ता उच्छृङ्खल र स्तरहीन नाचगान तिमीलाई साह्रै रमाइलो लाग्छ । तिम्रो सांस्कृतिक स्तर उठाउने कुरा उठाउनासाथै तिमी यति जङ्गिन्छ्यौ कि मैले कुनै ठूलो अपराध गरे जस्तो… ।
घमण्ड नराम्रो प्रवृत्ति हो । तर, कति मानिसमा अज्ञानतावश वा सानैमा नसच्याइदिँदा रूप, लावण्य, मीठो स्वर, बल, बुद्धि, सेवा वा कुनै एक न एक गुणले गर्दा मन नपरे पनि घमण्डीसँग पनि मिलेर काम गर्न बाध्य हुन्छन् । गुणको तारिफ गर्नैपर्छ चाहे त्यो पराईको होस् वा साथी वा आफ्नै जीवनसङ्गिनीको किन नहोस् । गुणबाट सबै लाभान्वित हुनैपर्छ, सबैको हित त्यसैमा छ । तर, मैले नबुझेको कुरा के हो भने तिमीमा त्यस्तो के गुण लुकेको छ, जसको कारण तिमीमा त्यत्रो ठूलो घमण्डको बास छ, जसको बारेमा मलाई थाहा छैन ¤ ५–७ वर्ष सँगै बस्दा झन्डै ८०–९० प्रतिशत आपसी बानी–व्यहोरा कसरी थाहा पाउन सकिएन ? मलाई अचम्म यसैमा लागेको छ ।
तिमीले मनमा राखेकी हौली– म नारी स्वतन्त्रताको हकदार हुँ । देशका हरेक नागरिक चाहे त्यो पुरूष होस् वा महिला सबैको देशप्रति समान कर्तव्य हुन्छ । आफ्नो हकमात्र खोजेर अरूको हक खोस्न खोजेमा कसैले स्वीकार्दैन । तिमीलाई थाहै छ – हाम्रा घर–छिमेकी साह्रै मिलनसार छन्, दुःख–सुखमा साथ दिन्छन्, तर मानव अधिकारको बढी बखान गर्ने पश्चिमी देशमा वल्लो कोठाको व्यक्तिलाई हत्यारा र लुटेराहरूले हमला गर्दा पल्लो कोठा वा घरका मानिसहरूले सहयोग मात्र नगर्ने होइन, आफ्नो टेलिफोनबाट प्रहरीसमेत बोलाइदिँदैनन् ।
तिम्रो माइती सम्पन्न परिवार भएर वा धेरैलाई गुण गरेकै कारण तिमी आफूमा अहङ्कार पाल्छ्यौ भने त्यो पनि निरर्थक छ । जहाँ तिम्रो परिवारले गुण गरेको होला, त्यहाँ मात्र त्यस गुणको गुण मानिनेछन् । त्यसबारे थाहा नपाउनेहरूले त्यसबारे के सोच्नु वा गुण मान्नु ? आज पुँजीपति वा जमिनदारसँग मजदुरले समय मात्रै बेचेको बताउँछन् र बढी ज्याला, सहुलियत, मोहियानी हक र जमिन जोत्नेलाई माग्छन् । जनता सरकारसँग अधिकार माग्छन् । आमा–बाबुले छोराछोरी जन्माउँछन् तर उमेर पुगेपछि बाबुआमाले नियन्त्रण गर्न सक्दैनन् । राज्यले ज्यान दिन नसक्ने हुँदा ज्यान नलिन पनि तर्क प्रस्तुत गर्छन् । यसरी राजा, महाराजा र राज्यलाई समेत सीमाबन्द गराउन खोज्ने युगमा हाम्रा सहयोगीहरूबाट तिमी घमण्ड, अहङ्कार, रिस पालेर र ठुस्स परेर के आशा गर्न सक्छ्यौ ? कसैको सहयोग तिमी लिन चाहन्छ्यौ भने तिमी मीठो मुखले, राम्रो व्यवहारले पहिले अरूलाई सहयोग गर । नत्र आफ्नो लागि कसैको सहयोग आकाशबाट खस्दैन । बरु गुणले गुणलाई तान्छ भन्ने उक्तिलाई ध्यान दिनु आवश्यक छ । तिमी कसैसँग हाँसेर अभिवादनसमेत गर्न कन्जुस्यार्इँ गछ्र्याै अने अरूले तिमीबाट के आशा गर्लान् ? तिम्रो लामो यार्लिङ्ग, गहना, रातो टिका, लामालामा हात–खुट्टाका पालिसदार नङहरू र भद्दा अङ्ग प्रदर्शन हुने तिम्रा लुगा लगाइ नै तिम्रो अहङ्कारको कारण बन्न सक्दैन । मेरो विचारमा तिम्रा हातका औँठीहरू र ठूलठूलो आवाज आउने तिम्रो कुर्कुच्चे जुत्ता नै मानिसको गुण प्रदर्शन गर्ने शैली हुने गर्दैन । तिमी ‘नेपाल सुन्दरी’ र ‘विश्व सुन्दरी’ हुन नपाएकोमा मसँग रिसाएकी हौ भने म त अहिले क्षमामात्र माग्न सक्छु ¤
मनोचिकित्सकको सल्लाह लिन तयार छ्यौ भने म सहयोग गर्न तयार छु वा मलाई थाहा नदिएरै चिकित्सकबाट तिमी सल्लाह लिन सक्छ्यौ । हाम्रा सदा हित चाहने हाम्रा साथीहरूमध्ये कसैलाई तिमीले भेटेर वा चिठ्ठीबाट वा टेलिफोनबाट दुईवटामध्ये एउटा इच्छा जाहेर गर । त्यसपछि मात्रै म घर फर्कनेछु । बिदा !
छोरीलाई धेरै धेरै माया !
छोरीको बुबा
(साहित्यकार हरिबहादुर श्रेष्ठको ‘एकादेशको कथा’ कथासङ्ग्रह
(२०६७) बाट – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *