भर्खरै :

क्युवाका सुरुका सैनिक चिकित्सकहरू

क्युवाले सन् १९६० को दशकमा पहिलो पटक अफ्रिका पठाएको सैनिक चिकित्सकहरूको टोली गोप्य थियो । क्युवा सरकारको सबभन्दा उच्च तहलाई मात्र त्यसबारे थाहा थियो । वास्तवमा एक्काइसौँ शताब्दीको सुरुसम्म पनि यो कुरा सार्वजनिक गरिएको थिएन ।
सब–सहारा क्षेत्रमा त्यतिबेला भएका सङ्घर्षमा सामेल बन्न क्युवालाई अनेकौँ कारणले आकर्षित गरेको थियो । पहिलो कारण, त्यतिबेला संसारभर जनआन्दोलनको उभार उठेको थियो । संरा अमेरिकी नागरिक अधिकार आन्दोलनमा भियतनाम युद्धको विरोध गर्ने लाखौँ जनता पनि सामेल भएका थिए । सन् १९६० को जून महिनामा जाएरले बेल्जियमबाट स्वतन्त्रता हासिल ग¥यो । जनप्रिय पेट्रिस लुमुम्बा त्यहाँका प्रथम प्रधानमन्त्री बने । सन् १९६२ मा फ्रान्सेली उपनिवेशवादमाथि राष्ट्रिय मुक्ति मोर्चाले विजय हासिल ग¥यो । विजयपछि अहमेद बेन बेल्ला अल्जेरियाका प्रथम राष्ट्रपति बने । सन् १९६६ को अगस्टमा चीनमा पुँजीवादको विकासलाई दबाउन माओ त्से तुङको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति भयो । सन् १९६८ को मे महिनामा फ्रान्समा ठूलो वामपन्थी आन्दोलन उठ्यो । फ्रान्सको त्यो सङ्घर्ष त्यहाँको कम्युनिस्ट पार्टीले समेत थाम्न सकेको थिएन ।

सन् १९६४ को डिसेम्बरमा चेले अल्जेरिया, घाना, कङ्गो, गिनी, माली, बेनिन, तान्जानिया र इजिप्टको तीन महिना लामो यात्रा गरे । अफ्रिकामा क्रान्तिकारी गतिविधिको नेतृत्व आफैले गर्ने सोचका साथ चेले उपयुक्त रणनीतिको विकास गर्नुका साथै सो क्षेत्रका स्वतन्त्रता आन्दोलनकारीहरूसँग सम्झौता गरे । सन् १९६५ को जनवरीमा तान्जानियाका नेताहरूसँगको भेटघाटमा चेले साम्बा विद्रोहीहरूबाट सिक्न सकिने पाठमा जोड दिँदै जाएरलाई गुरिल्ला तालिमको केन्द्र बनाउने योजना प्रस्ताव गरे । अफ्रिकी नेताहरूले चेको सो प्रस्तावप्रति विमति राखे । सबै अफ्रिकी नेताहरू तालिम केन्द्र आफ्नै देशमा हुनुपर्ने चाहना राख्थे ।

त्यतिबेला क्युवाको विदेश नीतिलाई त्यस्तो आकार दिने दोस्रो कारण संरा अमेरिकी साम्राज्यवाद थियो । दुई दशकअघि संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा आफ्नो पारमाणविक शक्तिको परीक्षण गरिसकेको थियो । अघिल्लो दशक संरा अमेरिकाले उत्तर कोरियामा कुल जनसङ्ख्याको झन्डै २० प्रतिशतको हत्या गरेको थियो । ग्वाटेमालामा जाकोबो अर्बेन्ज नेतृत्वको प्रगतिशील सरकारलाई संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएले अपदस्थ गरेको थियो । क्युवालीहरूको दिमागमा सन् १९६१ मा जोन र बब्बी केनेडीको षड्यन्त्रमूलक ‘बे आफ पिग्स हमला’ र सन् १९६२ को ‘मिसाइल सड्ढट’ ताजै थियो । त्यही बेला सीआईएले एकातिर विष प्रयोग गरी लुमुम्बाको हत्या गर्न रणनीति बुनिरहेको थियो भने अर्कोतिर फिडेल क्यास्ट्रोको पनि हत्याका प्रयास भइरहेका थिए । ल्याटिन अमेरिकामाथि उपनिवेशवादी सोच बोकेका लिनडन जोनसनले सन् १९६५ मा डोमिनिकन गणराज्यमाथि कब्जा जमाएका थिए ।त्यही बेला सोभियत सङ्घले पनि भरपर्दो मित्रको व्यवहार गरिरहेको थिएन । सोभियत सङ्घले न कोरियामा लड्न कुनै सेना पठायो न भियतनाममा नै । सन् १९६४ मा टनकिन खाडीको घटनापछि संरा अमेरिकाले आफ्नो अवस्थालाई निकै बलियो बनाइसक्दा पनि सोभियत सङ्घले भियतनाममा सहयोग गर्ने कुनै अग्रसरता देखाएको थिएन । निकिता खु्रश्चेभले फिडेल क्यास्ट्रो र आफ्नो उत्तराधिकारी लिओनिड ब्रेझनेभसँग समेत कुनै सरसल्लाह नै नगरी मिसाइल सड्ढटलाई आफूखुशी टुङ्गो लगाएपछि क्युवाले आफ्नो हैसियत सोभियत मोर्चाको चिनी उत्पादक सहयोगी देश मात्र भएको अनुभव ग¥यो ।
त्यसमाथि ल्याटिन अमेरिकी कम्युनिस्ट पार्टीहरूले क्रान्तिबारे क्युवाको ‘फोको सिद्धान्त’ (गुरिल्ला युद्धको सिद्धान्त) स्वीकारेका थिएनन् । ल्याटिन अमेरिकी कम्युनिस्ट पार्टीहरूले सहरी कामदार जनताको आन्दोलनलाई जोड दिन्थे भने क्युवाली नेतृत्व सशस्त्र सङ्घर्षमार्फत गाउँहरूलाई आधार क्षेत्र बनाउने रणनीतिमा विश्वास गथ्र्यो । चे ग्वेभाराले भनेका छन्, “दृढनिश्चयी, जनताको समर्थन प्राप्त र मर्नदेखि कति पनि नडराउने मानिसहरूको सानो समूहले कुनै पनि नियमित सेनालाई पराजित गर्नसक्छ । क्युवाली क्रान्तिको शिक्षा यही हो ।”
ल्याटिन अमेरिकाका देशहरूमा भन्दा फरक अफ्रिकी देशहरूमा गुरिल्ला युद्धप्रति विमति राख्ने कुनै स्थापित कम्युनिस्ट पार्टी बनिसकेको थिएन । क्युवाको कम्तीमा एकतिहाइ जनसङ्ख्या अफ्रिकी मूलका भएकोले क्युवाली नेताहरू प्रशान्त महासागर नाघेर अफ्रिका जानुपर्ने निष्कर्षमा पुगे ।
अफ्रिकामा साकार भएको आशा
संरा अमेरिकाले क्युवालाई एक्ल्याउने लगातार प्रयास गरिरह्यो । तथापि, सन् १९६४ सम्ममा अफ्रिकी देशहरू अल्जेरिया, इजिप्ट, घाना, गिनी, माली, मोरोक्को र तान्जानियामा क्युवाका दूतावास स्थापना भइसकेका थिए । सन् १९६१ को जनवरीमा मोइसे सोम्बेका साथीहरूले लुमुम्बाको हत्या गरे । सन् १९६४ मा लुमुम्बाका साथीहरू ‘द साम्बास’ (सिंह) ले गुरिल्ला सङ्घर्ष थालनी गरे । ‘द साम्बास’ हरूको सङ्घर्षमा बलियो क्रान्तिकारी सामथ्र्य थियो र त्यसले सरकारी फौजलाई आच्छुआच्छु बनायो ।
सन् १९६४ को डिसेम्बरमा चेले अल्जेरिया, घाना, कङ्गो, गिनी, माली, बेनिन, तान्जानिया र इजिप्टको तीन महिना लामो यात्रा गरे । अफ्रिकामा क्रान्तिकारी गतिविधिको नेतृत्व आफैले गर्ने सोचका साथ चेले उपयुक्त रणनीतिको विकास गर्नुका साथै सो क्षेत्रका स्वतन्त्रता आन्दोलनकारीहरूसँग सम्झौता गरे । सन् १९६५ को जनवरीमा तान्जानियाका नेताहरूसँगको भेटघाटमा चेले साम्बा विद्रोहीहरूबाट सिक्न सकिने पाठमा जोड दिँदै जाएरलाई गुरिल्ला तालिमको केन्द्र बनाउने योजना प्रस्ताव गरे । अफ्रिकी नेताहरूले चेको सो प्रस्तावप्रति विमति राखे । सबै अफ्रिकी नेताहरू तालिम केन्द्र आफ्नै देशमा हुनुपर्ने चाहना राख्थे ।
चेले अफ्रिकाका विभिन्न स·ठनका नेताहरूलाई जति नजिकबाट चिन्न थाले, उनी त्यति नै निराश भए । अफ्रिकी पार्टीहरूका नेतृत्वबारे उनले लेखेका छन्, “उनीहरू आरामदायी होटेलहरूमा बस्थे । उनीहरूले विद्रोहलाई नै फाइदाजनक पेशा बनाइसकेका थिए ।” लडाइँको भूमिमा चेको आशड्ढा पुष्टि भयो ः
“चेसमक्ष लड्न उत्सुक तालिमप्राप्त हजारौँ साम्बास लडाकूहरू भएको बताइयो । तर, वास्तवमा त्यहाँ १ हजारदेखि १५ सयसम्म छरपस्ट विद्रोहीहरू थिए । उनीहरू कसैलाई पनि आधुनिक हातहतियारसम्बन्धी ज्ञान थिएन । उनीहरूको न कुनै एकीकृत नेतृत्व नै थियो ।
स्काउटिङ टोलीहरूले पनि मोर्चाबाट कुनै राम्रो खबर ल्याएका थिएनन् । अल्छी विद्रोहीहरू सबै बिना काम बसिरहेका थिए । उनीहरूलाई हतियार कसरी चलाउने भन्ने विषयमा कुनै ज्ञान थिएन । न त उनीहरूलाई हमला गर्ने वा आफ्नो प्रतिरक्षाको लागि कुनै काम गर्ने जाँगर नै थियो । सबैतिर अराजकता, अन्योल र अनुशासनहीनताको अवस्था थियो ।”
जाएरबाट पनि क्युवाली नेता, सेना र चिकित्सकहरूले निराशाका खबर पठाउँथे । जाएरमा सन् १९६५ को नोभेम्बरमा सत्ताकब्जापछि साम्बा विद्रोहीका एक जना नेताले आफूहरू युद्ध समाप्त गर्ने पक्षमा रहेको भनी चेलाई पत्र पठाए । चे आफ्नो नेतृत्वमा रहेको सैनिक टोलीसँगै क्युवा फर्के । अरू क्युवालीहरू अफ्रिकाका विभिन्न देशमा छरिए ।
छिमेकी देश कङ्गोमा अल्फोन्से मास्साम्बा–डेबटको नेतृत्वको राजनीतिक पार्टी थियो । उनको समाजवादी विचार चिनियाँ कम्युनिस्ट पार्टीसँग नजिक थियो । सन् १९६५ मा फिडेल क्यास्ट्रोले एक टोली सिपाही कङ्गो पठाए । त्यसअघि नै कङ्गोमा पचास जना जति क्युवालीहरू थिए । क्युवाली टोलीको नेतृत्व जर्ज रिस्कुएटले गरेका थिए । रिस्कुएटको पुर्खा ‘गोरा मालिकको अफ्रिकी दास तथा चिनियाँ साहुका नोकर र स्पेनियाली आप्रवासी’ थिए ।
कङ्गोमा क्युवालीहरूले आफ्ना नेताहरूका विचार र त्यहाँको राजनीति मेल नखाएको अनुभव गरे । त्यहाँ राजनीति अवसरवाद र व्यक्तिगत ठालुपनमा आधारित थियो । फिडेलले रिस्कुएटलाई कङ्गो रक्षा गर्न पठाएका थिए । त्यसकारण, सन् १९६६ को जून २७ मा सत्ताविप्लवको प्रयास हुँदा क्युवालीहरू त्यहाँको सरकारको रक्षामा उभिए । शक्तिले भन्दा कूटनीतिकरूपमा समस्या समाधान गर्ने ध्येयले रिस्कुएटले आफ्नो टोलीका एक जना चिकित्सकलाई त्यसको जिम्मेवारी दिए । सानो सङ्ख्यामा आएका क्युवालीहरूको दृढता देखेर विद्रोहीहरू पछि हटे । जुलाई ६ मा त्यो विद्रोह समाप्त भयो । एक जना कङ्गोली नागरिकले ज्यान गुमाए ।

फिडेलले साम्राज्यवादको मुठ्ठी तोड्दै तेस्रो विश्वका देशहरूलाई एकै ठाउँमा ल्याएको असंलग्न आन्दोलनको महत्वबोध गरे । उनले त्रिमहादेशीय सम्मेलनका आयोजकहरूलाई सो सम्मेलनको आयोजना हवानामा गर्न आग्रह गरे । सोअनुसार सन् १९६६ को जनवरी ३ मा हवानामा त्रिमहादेशीय सम्मेलन भयो । सो सम्मेलनमा ल्याटिन अमेरिकामा सशस्त्र सङ्घर्ष गरिरहेका विभिन्न राजनीतिक समूहलाई पनि आमन्त्रण गरियो । त्यही सम्मेलनमा फिडेल र काब्रलको पहिलो भेट भयो । दुई नेताबीच लामो छलफल भयो । फिडेलले काब्रललाई चिकित्सक, सैनिक प्रशिक्षक र प्राविधिक पठाइदिने वाचा गरे ।

क्युवालीहरूले चाँडै नै कङ्गोमा आफ्नो काम एउटा गुटबाट अर्को गुटलाई जोगाउनुमै सीमित भएको भेउ पाए । यही कुरालाई ध्यानमा राखेर रिस्कुएटले कङ्गोबाट क्युवालीहरू फर्किनु नै उचित हुने सुझाव दिए । चाँडै नै क्युवालीहरू त्यहाँबाट फर्के । दुई वर्षपछि एउटा सफल सत्ताविप्लवले मास्साम्बा डेबिटको सरकार अपदस्थ ग¥यो ।
गिनी बिसाउमा पोर्चुगलविरुद्धको विद्रोह भने कङ्गोको परिस्थितिभन्दा निकै फरक थियो । संरा अमेरिकी गुप्तचर प्रतिवेदनले समेत गिनी बिसाउलाई ‘अफ्रिकाको सबभन्दा सफल मुक्ति युद्ध’ भनी उल्लेख गरेको थियो । सन् १९६५ मा आफ्नो अफ्रिका भ्रमणको क्रममा चेले गिनी तथा केप भेर्ड स्वतन्त्रता अफ्रिकी पार्टी (पोर्चुगाली भाषाअनुसार सङ्क्षेपमा पीएआईजीसी) का प्रमुख अमिल्कर काब्रलसँग कुराकानी गरे ।
फिडेलले साम्राज्यवादको मुठ्ठी तोड्दै तेस्रो विश्वका देशहरूलाई एकै ठाउँमा ल्याएको असंलग्न आन्दोलनको महत्वबोध गरे । उनले त्रिमहादेशीय सम्मेलनका आयोजकहरूलाई सो सम्मेलनको आयोजना हवानामा गर्न आग्रह गरे । सोअनुसार सन् १९६६ को जनवरी ३ मा हवानामा त्रिमहादेशीय सम्मेलन भयो । सो सम्मेलनमा ल्याटिन अमेरिकामा सशस्त्र सङ्घर्ष गरिरहेका विभिन्न राजनीतिक समूहलाई पनि आमन्त्रण गरियो । त्यही सम्मेलनमा फिडेल र काब्रलको पहिलो भेट भयो । दुई नेताबीच लामो छलफल भयो । फिडेलले काब्रललाई चिकित्सक, सैनिक प्रशिक्षक र प्राविधिक पठाइदिने वाचा गरे । सम्मेलनका प्रतिनिधिहरूबीच दुवै नेताहरूले प्रभावकारी भाषण गरे । फिडेल क्रान्तिकारी सङ्घर्षका नेताको रूपमा उदाए ।
फिडेलको वाचाअनुसार भिक्टर ड्रेक क्युवाली सैनिक टोलीको नेतृत्व गरेर गिनी बिसाउ पुगे । जाएरमा गरेको कामवापत चे ग्वेभाराबाट उच्च प्रशंसा पाउन सफल ड्रेक काला समुदायका कमान्डर थिए । गिनी बिसाउमा पीएआईजीसीको अनुशासन देखेर उनी प्रभावित भए । सन् १९६८ को अन्तिममा उनी क्युवा फर्के । त्यतिन्जेल काब्रलको अवस्था निकै सबल भइसकेको थियो । २० हजारदेखि २५ हजारसम्म सेना थप्दा पनि पोर्चुगलले युद्ध हारिरहेको थियो ।
गिनी बिसाउमा ६० भन्दा बढी क्युवाली सेना कहिल्यै पनि थिएनन् । तथापि, क्युवाली सेनाकै आधारमा काब्रलले पीएआईजीसीमा आफ्नो कमान्ड कायम राखेका थिए । क्युवालीहरूबाहेक अरू विदेशी सैनिक सहायता रोक्ने त्यो एउटा उपाय पनि थियो । गिनी बिसाउमा सैनिक सल्लाहकार र शिक्षकको रूपमा क्युवालीहरूले खेलेको भूमिका निकै महत्वपूर्ण थियो । सन् १९७२ मा क्यास्ट्रो अफ्रिकाको भ्रमणमा निस्के । त्यतिबेला अफ्रिकामा श्वेत शासनविरुद्ध सफलतापूर्वक लडिरहेको एउटै मात्र शक्ति पीएआईजीसी थियो ।
त्यतिबेला क्युवाले अङ्गोला, क्यामरुन, इक्वेटोरियल गिनी, तान्जानिया र सम्भवतः अरू देशहरूमा पनि केही भूमिका खेलेको थियो । तथापि, यो लेख मुख्यतः जाएर, कङ्गो, गिनी बिसाउमा मात्र केन्द्रित रहनेछ । क्युवाले मुख्यतः ती देशहरूमा नै काम गरेको थियो । अफ्रिकामा क्युवाली चिकित्सकहरूको अनुभव जाएर, कङ्गो, गिनी बिसाउका साथै तान्जानियामा परिचालित सैनिक चिकित्सकहरूसँगको विस्तृत अन्तर्वार्तामा आधारित भएर यो लेख तयार गरिएको हो ।
गोरा चिकित्सक, काला सिपाही
अफ्रिकामा जाने अधिकांश क्युवाली चिकित्सकहरू गोरा समुदायका थिए । तर, सिपाहीहरू भने अधिकांश काला समुदायका थिए । क्रान्तिअघि काला समुदायका चिकित्सकहरू निकै कम थिए । क्रान्तिकारी सेनामा भने उनीहरू चाँडै नै माथिल्लो पदमा पुगे । अफ्रिकी द्वन्द्वमा जातिको पनि ठूलो महत्व थियो । क्युवाले अफ्रिकामा प्रभाव विस्तार गर्नु संरा अमेरिकाको लागि पनि निकै लाभदायक थियो । अफ्रिकाका अधिकांश देशमा युरोपेली देशहरूले ऐतिहासिकरूपमा कब्जा जमाउनुका साथै उनीहरूको नियन्त्रण पनि चालु थियो । त्यसकारण, अफ्रिकी देशहरूमा युरोपेली देशहरूको प्रभाव कमजोर बनाउन संरा अमेरिकाले क्युवालाई ठूलो आर्थिक सहायताको प्रस्ताव गर्न सक्थ्यो । तर, सन् १९६० को दशकमा संरा अमेरिका भियतनाममा चुर्लुम्म डुबेको थियो । साथै, संरा अमेरिकामा चालु जातिवादको कारण संसारभरका जनता ऊप्रति विकर्षित थिए ।
अफ्रिकामा श्वेत सत्ताको जातिवाद निकै प्रभावशाली र भयानक थियो । साम्बा विद्रोहीहरूलाई दबाउन भाडामा ल्याइएका लडाकूहरूलाई ‘विद्रोही’ माथि यातनापछि गोली हान्न र झुन्ड्याउन मात्र छुट थिएन बरु विद्रोहीहरूलाई गोलीको निशाना लगाउने अभ्यासमा समेत प्रयोग गर्ने छुट थियो । भाडाका लडाकूहरू विद्रोहीहरूलाई गोली हान्ने विषयमा जुवा समेत खेल्थे । आफ्नो संस्मरणमा एक जना भाडाको सिपाहीले ‘गोरा पहलमान’ को विषयमा यसरी व्याख्या गरेका छन् ः “दक्षिण अफ्रिकाका अग्ला र भीमकाय पहलमान । लामा–लामा खुट्टा, पातलो र खाइलाग्दो रोडेसियाली अङ्ग्रेज । उनीहरूले नै जाएरमा गोराहरूको शासन टिकाएका थिए ।”
अफ्रिकी विद्रोही नेताहरूले एउटा काला समुदाय र अर्को काला समुदायबीच भिन्नता छुट्याउन नसक्ने जातिवादी शासकहरूको कमजोरीको फाइदा उठाउने योजना बनाए । जाएरका क्रान्तिकारीहरूले क्युवालाई काला समुदायका सहयोगीहरू पठाउन आग्रह गरे । काला समुदायकै मानिस आए अमेरिकी र युरोपेली गुप्तचरहरूले क्युवालीहरूलाई अलग्ग चिन्न सक्दैनथे । काब्रलले क्युवाली अधिकारीहरूलाई ‘अफ्रिकीहरूसँगै मिसिनसक्ने कालो रङ्गका प्राविधिक’ पठाइदिन आग्रह गरे । कुनै पनि विदेशी संलग्नता अस्वीकार गर्ने पीएआईजीसीको नीतिअनुसार पनि काला समुदायका क्युवालीहरूको माग गरिएको थियो ।
फिडेलले डेरेकलाई जाएरमा चेसँगै गएका सिपाहीमध्ये आफूलाई उपयुक्त लाग्ने सिपाही छान्न आग्रह गर्दा उनले ‘जस्तोसुकै प्रतिकूलतामा काम गर्नसक्ने, स्वयम्सेवी र काला रङ्गको सेना’ पठाउन भनेका थिए । अफ्रिका जानुअघिको तालिम शिविरमा सबै सिपाहीहरू काला समुदायको देखेपछि मात्र त्यतिबेला कङ्गोमा काम गरेका डा.रोड्रिगो, अल्भारेज काब्रास वा डा. जुलियन अल्भारेज ब्लाकोले आफ्नो आगामी गन्तव्य अफ्रिका भएको भेउ पाएका थिए ।
त्यतिबेला अफ्रिकामा जान जहाजमा यात्रा गर्ने क्युवालीहरूले निकै फरक खालको अनुभव गरेका थिए । डा.अल्भारेज काब्रास सोभियत सङ्घमा बनेको फिलेक्स जेजेन्स्की नामको जहाजमा यात्रा गरेको स्मरण गर्छन् –
“चिकित्सकहरू सबै गोरा थिए, त्यसकारण अरूले हामीलाई देख्दा केही समस्या थिएन । तर, सिपाही सबै काला थिए । त्यसकारण, अरू यात्रीहरू वा संरा अमेरिकी गुप्तचर विमानलाई हाम्रो लक्ष्यबारे थाहा नहोस् भनेर गोरा चिकित्सकहरू जहाजको दोस्रो तलामा बसेर यात्रा गर्नुपरेको थियो । त्यो तला निकै गर्मी थियो र हावा आउने–जाने ठाउँ पनि कतै थिएन । रातको समयमा कहिलेकाहीँ हामी हावा खान मात्र माथि उक्लिने गथ्र्यौँ ।
जहाजमा खुवाइने रुसी खाना निकै गन्हाउने खालको थियो । त्यसकारण स्वच्छ हावा नआउने तल्लो तलामा कोच्चिएर बसेका कामरेडहरूलाई उल्टी हुने र टाउको दुख्ने समस्या भएको थियो । जहाजको कप्तानसँग एउटा घण्टी थियो । खाना खाने समय हुँदा कप्तान त्यही घण्टी बजाउँथ्यो । कोही कोही कमरेडहरू त कप्तानको घण्टीको आवाज सुन्नेबित्तिकै उल्टी गर्न सुरु गर्थे !
त्यही भएर मैले खाना खाने बेला कप्तानलाई घण्टी नबजाउन आग्रह गरिदिन रिस्कुएटलाई भनेँ । उनले मलाई नै कप्तानसमक्ष आफ्नो कुरा राख्न भने । मैले आफ्नो कुरा त्यो रुसी कप्तानसमक्ष राख्दा उसले अवस्थाको कुनै भेउ नै पाएन । उसले जहाजको यही परम्परा भएकोले यसमा तलमाथि नहुने बतायो ।
गोरा चिकित्सकहरू त कम्तीमा जहाजको छेउमा उभिएर उल्टी गर्न सक्थे । उनीहरू बसेको भन्दा तलको तलामा बसेका काला सिपाहीहरूको लागि त अवस्था अझ भयावह होला । रुसी कप्तानले हाम्रो कुरा नसुनेपछि क्युवालीहरूले उसको घण्टी नै चोरेर आन्द्र महासागरमा हुत्याइदिए !”
काला समुदायका लडाकूहरू गएकाले अफ्रिकामा क्युवालीहरूको संलग्नताबारे पश्चिमा देशहरूले कुनै मेलोमेसो नै पाएनन् । जाएरका एक जना बेलायती सल्लाहकारले लेखेका छन्, “संरा अमेरिकी गुप्तचरहरू काला क्युवालीहरूको हुलमा गोराहरू र उनीहरूका आँखालाई नियालेर हेर्थे ।” कङ्गोमा पनि अवस्था यस्तै थियो । संरा अमेरिका, फ्रान्स, पश्चिम जर्मनी र बेलायतका अधिकारीहरू कङ्गोमा कति जना क्युवालीहरू काम गरिरहेका छन् भन्ने कुरा निक्र्योल नै गर्न सक्दैनथे । ‘उनीहरू सबै काला भएकोले छुट्याउन नै गाह«ो परेको हुनाले बेल्जियमका राजदूतले कङ्गोमा एक सय वा आठ सय क्युवाली छन्, टुङ्ग्याउन नै सकेनन् । अफ्रिकीहरूसँग निकै मसिनो गरी मिसिएका काला क्युवालीहरू गोरा सर्वोच्चतावादीहरूका आत्मस्वाभिमानमाथि गम्भीर अपमान जस्तै थियो ।
चिकित्सकहरूको भर्ती
अफ्रिकी देशहरूमा जाने क्युवाली चिकित्सकहरू कालो वर्णको नभए अफ्रिकी देशका जनताको सङ्घर्षमा क्युवालीहरूको संलग्नताबारे पश्चिमा पर्यवेक्षकहरूलाई झुक्याउन सकिन्नथ्यो । हेडोलबल्र्टो लोपेज ब्लाकले अन्तर्वार्ता लिएका नौ जना चिकित्सकमध्ये एक जना रोडोल्फो प्युन्टोईलाई मात्र उनीहरू जान लागेको गन्तव्य (कङ्गो) बारे बताइएको थियो । अरू चिकित्सकहरूले आफू अल्जेरिया, भियतनाम वा ‘अरू कुनै देश’ मा जान लागेको अनुमान गरेका थिए । उनीहरूले त आफ्ना जहान परिवारलाई अध्ययनको लागि आफू सोभियत सङ्घ जान लागेको बताएका थिए ।
ती चिकित्सकहरू आफ्नो पढाइ बीच–बीचमा छोड्न अभ्यस्त नै थिए । सन् १९५६ को अन्त्यतिर क्युवाका तात्कालीन तानाशाह फाल्गुनसिओ बाटिस्टाले त्यहाँका मेडिकल कलेजहरू बन्द गरे । त्यसै कारण लोपेज ब्लाकले अन्तर्वार्ता लिएका ९ जना चिकित्सकमध्ये दुई जना चिकित्सकले त चिकित्साशास्त्रको पढाइ नै ढिलामात्र सुरु गरेका थिए । अरू सात जनाले भने सन् १९५६ मा कलेज बन्द हुनुअघि नै पढाइ थालिसकेका थिए । तर, बीचमा उनीहरूको पढाइ पनि रोकियो र पछि सन् १९५९ को क्रान्तिपछि मात्र पढाइलाई निरन्तरता दिन सके ।
उनीहरू कुन देशमा गएर सेवा गर्ने हो भन्ने कुरा थाहा पाउन पनि कुर्नुपर्ने अवस्थाले उनीहरूले आफ्नो गन्तव्य निकै महत्वपूर्ण भएको अनुमान गरेका थिए । ‘हिस्टोरियास सेक्रेटस’ पत्रिकाले अन्तर्वार्ता लिएका ती नौ जना चिकित्सकले अफ्रिका जानुअघि, जाने क्रममा र÷अथवा अफ्रिकाबाट फर्केपछि क्युवाली नेताहरू फिडेल, राउल क्यास्ट्रो, चे ग्वेभारा, क्युवाली स्वास्थ्य विभाग (मिनसाप) का प्रमुख जोसे रामोन मचाडो, कमान्डर रिस्कुट, कमान्डर ड्रेक र काब्रललाई भेटेका थिए ।
जाएर जाने तयारी गर्दै गर्दाको समय स्मरण गर्दै राफेल जेरक्युराले लेखेका छन्, “सन् १९६५ को अप्रिल १० मेरो जीवनको सबभन्दा खुशीको दिन थियो किनभने मैले त्यो दिन फिडेल क्यास्ट्रोसँग कुराकानी गरेको थिएँ ।” जाएर पुगेर डिएगो लागोमसिनाले ‘दमको औषधी भएको सुटकेस र गोली भरिएको एउटा एम १ बन्दुक चे ग्वेभाराको हातमा दिए ।’
“चेसँगको भेटले मलाई गहिरो प्रभाव पा¥यो”, उनले लेखे ।
हेक्टर भेराले जाएरबाट क्युवा फर्केपछि फिडेलसँग सन्चोबिसन्चोबारे सोध्नुभयो । विशेषतः उहाँले औँलो रोगको बारेमा जिज्ञासा राख्नुभयो । हामीलाई औँलो लागेको कसरी थाहा पाउने र कसरी उपचार गर्नेबारेमा उहाँले उत्सुकतापूर्वक सोध्नुभयो । कुराकानीपछि उहाँले जाएरमा हाम्रो मिसनको कुरा गोप्य राख्न भन्नुभयो ।”
क·ो जानुअघि फिडेलसँग बसेर बिहानको खाना खाएको अल्भारेज काम्ब्रसले स्मरण गरे । उनले लेखेका छन् ः “उहाँले हामीलाई कुनै देश किटान नगरी समग्र अफ्रिकाको बारेमा कुरा गर्नुभयो । उहाँले हामीसँग पिस्तोल भएको – नभएकोबारे सोध्नुभयो । हामी सबैले पी – ३८ पिस्तोल भएको जानकारी दियौँ । उहाँले आफ्नो सहयोगीलाई राम्रो खालको हतियार ल्याउन अह्राउनुभयो । सहयोगीले बीस गोली हान्न मिल्ने पिस्तोल ल्याए । फिडेलले मेरो नाडीमा घडी देख्नुभएन । उहाँले युद्धमा जाने चिकित्सकको लागि हातमा घडी हुनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले आफ्नो नाडीको घडी फुकाएर मलाई दिनुभयो ।”
सान्टो टोमसबाट ग्रामीण चिकित्सा सेवामा स्नातकोत्तर तह उत्तीर्ण गरिसकेपछि डिएगो लागोमासिनोले केही समय एक्लै काम गरेका थिए । उनी आफै चिकित्सक, नर्स, औषधी वितरक र अरू सबै थरी काम गर्थे । यसरी एक्लैले सबै काम गर्दाको अनुभव अफ्रिकामा उनलाई काम लाग्यो । जेरक्युराले आफूले चिकित्साशास्त्रको अध्ययन पूरा गरेपछि जाएरमा जान योग्य छ वा छैन भन्ने कुराको मापन नै ग्रामीण स्वास्थ्य सेवालाई बनाइने गरेको अनुभव सुनाए ।
“हामीलाई एउटा कागज दिइएको थियो । त्यसमा हामीलाई कुन ठाउँमा गएर ग्रामीण स्वास्थ्य सेवा गर्न चाहन्छौ भनी प्रश्न सोधिएको थियो । मैले “क्रान्तिको लागि जहाँ आवश्यक छ, त्यहीँ जान तयार छु” भनी लेखेँ । एक दिन स्वास्थ्य विभागका जोसे रामोन मचाडोले मलाई आफ्नो कार्यालयमा बोलाए । उनले सिएरा माइस्ट्रामा एउटा द्वन्द्वग्रस्त क्षेत्रमा एउटा समूहले स्वास्थ्य चौकीमा आगजनी गर्नुका साथै चिकित्सकहरूको हत्या गरेको जानकारी दिए । उनले मलाई त्यहाँ गएर काम गर्न तयार छौ भनी सोधे ।”
जेरक्युराले मचाडोलाई आफू खटाएको ठाउँमा जान तयार भएको जवाफ दिए । उनी सिएरा माइस्ट्राको त्यो जोखिमपूर्ण ठाउँमा चिकित्सकको जिम्मेवारी साथ खटिए । सिएरा माइस्ट्रामा केही समयको सेवापछि मचाडोले उनलाई त्यहाँबाट फिर्ता बोलाए । मचाडोले अब एउटा महत्वपूर्ण र निकै जोखिमपूर्ण अन्तर्राष्ट्रिय मिसनमा जानुपर्ने जानकारी दिए । त्यसको केही समयपछि जेरक्युरा जाएरतिर गए ।
आफ्नो गन्तव्यमा पुगिसक्दा पनि चिकित्सकहरूले अब के गर्ने, कसो गर्ने केही मेलोमेसो पाएका थिएनन् । लुइस पेराजाले त्यतिबेलाको कुरा स्मरण गर्दै लेखेका छन्, “मैले अफ्रिका त टार्जन चलचित्रहरूमा मात्र देखेको थिएँ ।” अफ्रिका गएका क्युवाली चिकित्सकहरूको अनुभव देशअनुसार फरक–फरक छन् । जाएरमा गएका चिकित्सकहरूको अनुभव निकै निराशाजनक थियो । जाएरमा क्युवाली सैनिक सहायताको अन्तिम घडीतिर चे ग्वेभाराले त्यहाँ गएका कम्युनिस्ट पार्टीका सदस्यहरूको एउटा बैठक आयोजना गरेका थिए । बैठकमा उनले यो लडाइँ जित्नेमा कति जनालाई विश्वास छ भनी प्रश्न सोधे । चेको प्रश्नमा सकारात्मक उत्तर दिँदै दुई जना सिपाही र दुई जना चिकित्सकहरूले मात्र हात उठाए । उनीहरूले पनि आफूप्रति व्यक्तिगत समर्थनको हिसाबले मात्र हात उठाएको चेको निष्कर्ष थियो । अनि चेले अर्को प्रश्न गर्नुभयो, “जीवनको अन्तिम श्वाससम्म लड्न को तयार छ ?” त्यहाँ उपस्थित सबैको हात उठ्यो ।
जेरक्युराले क·ोका विद्रोही साम्बासहरू गुरिल्ला युद्धको तयारीमा कत्ति पनि उत्साहित नभएको सम्झन्छन् – “यो अनुभव हो, यद्यपि यो त्यति सुखद भने छैन । केही पाउन नै त्यो बलिदान थियो भने त्यसमा सन्तुष्ट हुने ठाउँ थियो । तर, यो वास्तवमै केही पाउन गरिएको युद्ध थिएन ।”
क·ो बसाइबारे जस्टो पिनेराको फरक अनुभव छ । “जनताले हामीलाई चिने । हामी उनीहरूबाटै आवश्यक सामान किन्थ्यौँ । हामी एउटै ठाउँमा जान्थ्यौँ र बजारमा देखेका स्थानीय मानिसलाई हामीले चिन्थ्यौँ”, उनले भने ।
गिनी बिसाउ गएका क्युवालीहरूको अनुभव भने सबभन्दा उत्साहप्रद थियो । डामिन्गो डाएज ‘कोही पनि क्युवालाई शत्रुको हातमा पर्न नदिन आफ्नो ज्यान जोखिममा राख्ने गिनीका साहसिला अधिकारीहरू सम्झन्छन् । डा. मिल्टन हेचेभारियाले आफू क्युवा फर्केर पनि आफूले कहिल्यै गिनी बिसाउलाई बिर्सन नसकेको बताए ।
क्युवाली चिकित्सकहरू जुनसुकै देशमा गएपनि त्यहाँ उनीहरूले क्युवामै बस्दाभन्दा निकै अप्ठ्यारो समयको सामना गर्नुप¥यो । उनीहरूले निकै भिरालो पहाड, डढेलो, खतरनाक ज·ली जनावरको सामना गर्नुप¥यो । डिएगो लागोमासिनोको टोली जाएर पुग्दा उनीहरूले आफ्नो आधार क्षेत्र निकै अग्लो पहाडको टुप्पामा बनाइएको देखे । आधारक्षेत्रमा पुग्न उनीहरू बिहान ६ बजे हिँडे तर बेलुका ७ बजेसम्म पनि उनीहरू आधारक्षेत्र पुगेका थिएनन् । झमक्क रात पर्दा पनि उनीहरू अझै उकालो चढ्दै थिए । लागोमासिनाले जीवनमा कहिल्यै पनि त्यत्ति अग्लो पहाड देखेका थिएनन् । उनलाई आफू जिउँदै घर फर्कूँला जस्तो लागेको थिएन ।
त्यही पहाड उक्लिँदै गर्दा हेक्टर भेराले आफ्नो पिस्तोल, हतियार, औषधी र व्यक्तिगत सामानको भारी बोक्न धौ–धौ भएको अनुभव सुनाए । धन्न जाएरको एक जना केटोले उनका ती सामान बोकेर सहयोग ग¥यो ।
गिनी बिसाउमा डाएजले ठूलठूला गहिरा खाल्डा भएका बाटामा सात–आठ दिन लगातार हिँडेको अनुभव सुनाए । पानी पर्दा ती खाल्डा केही पनि देखिंदैनथ्यो । “ती क्षेत्रमा हामीले समयको मापन कहिल्यै पनि घडीको सुईबाट गरेनौँ”, डाएजले सम्झे, “हामी समयको मापन दुरीबाट गथ्र्यौँ । जस्तै एक दिनको हिँडाइ, आधा दिनको हिँडाइ आदि ।” उनले गिनी बिसाउका पहाड निकै भिरालो हुने भएकोले क्युवामा हुँदो हो त त्यो ठाउँमा सैनिक तालिम सम्भव नहुने बताए ।
भूगोलले सैनिक जोखिम पनि बढाउने गर्छ । शत्रुबाट जोगिन हेक्टर भेराको समूहले तानगालिका ताल रातको समयमा केही साम्बास विद्रोहीसँग सलाईको काँटी बालेर तरेका थिए । सलाईका काँटीको उज्यालोले डुङ्गो कुन दिशातिर गइरहेको अनुमान लगाउनुपथ्र्यो । डुङ्गामा ग्यासले बल्ने बत्ती त थियो । तथापि, त्यसले डुङ्गामा आगो लाग्ने सम्भावना भएकोले ग्यासको बत्ती बाल्न निषेध गरिएको थियो । बाटो पहिल्याउने अर्को कुनै उपाय नभएपछि सलाईकै भर पर्नुपर्ने भयो । जाएर पुगेर उनीहरूले पचास मिटर पनि यात्रा गरेका थिएनन्, आकाशमा शत्रुको विमान उडेको आवाजले उनीहरू भुईँमा पल्टेर बस्न बाध्य भएका थिए ।
गिनी बिसाउमा पोर्चुगालीहरूले अमाडो अल्फान्सो डेलगाडोको समूहमाथि नापाम बमले हमला गरेका थिए । उनीहरूमाथि हमला गर्न पन्ध्र वटा हेलिकप्टर परिचालन गरिएको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लगातार भागेर मात्र उनीहरू आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।
अफ्रिकामा क्युवाली चिकित्सकहरूले पहिले कहिल्यै नदेखेका कीराफट्याङ्ग्रा, सरीसृप र अन्य जीवजन्तुसँग साक्षात्कार गरे । कङ्गोमा एउटा आपत्कालीन सैनिक कारबाहीको क्रममा अल्भारेज काम्ब्रासले धमिराले बनाएको ज्यादै अग्लो पहाड देखे । उनले यसअघि जीवनमा कहिल्यै पनि धमिराले बनाएको यति अग्लो पहाड देखेका थिएनन् । गिनी बिसाउमा पोर्चुगाली सेनाबाट भाग्ने क्रममा डेलगाडोले निकै ठूलो माहुरीको घारी देखेको स्मरण गर्छन् ः मलाई माहुरीले तीन सय ठाउँमा चिलेको थियो । दस ठाउँमा मात्र चिल्दा पनि मानिसलाई खतरा हुनसक्थ्यो । मान्छे मर्न पनि सक्थ्यो । तर, त्यत्तिबेला म यति तनावमा थिएँ, मेरो शरीरले प्रतिरोधी पदार्थ उत्पादन ग¥यो र त्यसैले मेरो उपचार भयो । मेरो शरीरमा कहीँ सुन्निएन । अरू छ जनालाई पनि केही भएन ।”
क्युवामा पाइने कुनै पनि सर्प विषालु हुँदैन । तर, कङ्गोका अधिकांश सर्प भने विषालु थिए । अल्भारेज ब्लाकोले क्युवामा जस्तै कङ्गोमा पनि जुनसुकै ठाउँका सर्पलाई कुल्चिन सक्ने सोचेका थिए ।
गिनी बिसाउमा यात्रा प्रायशः जोखिमपूर्ण हुने गर्छ । डायजले छातीसम्म पानी आउने एउटा तालमा घण्टौँ यात्रा गरेको सम्झन्छन् । “जताततै जुगा थिए । गिनी बिसाउका साथीहरूले मलाई मेरो पाइन्ट कसिलो गरी बाँधेर दुवै हात माथि उठाएर ताल तर्न सल्लाह दिएका थिए । त्यस्तो गर्दा जुगाबाट जोगिन सकिन्थ्यो । पानीबाट बाहिर निस्कनेबित्तिकै हामी लामखुट्टेको आहारा बनेका थियौँ । कोटभित्र पनि लामुखुट्टेले बाँकी राख्दैनथ्यो ।” अर्को दिन उनीहरू कोबरुबल र गाबा नदी मिलेर समुद्रमा मिसिने ठाउँमा पुगे । त्यो ठाउँमा समुद्री सार्क, जलगैँडा र गोही प्रशस्तै पाइन्थ्यो । उनीहरूले रुखको तोड्काले बनाइएको डुङ्गाबाट नदी पार गरे । कदाचित नदीमा खसे कोही पनि जोगिन सक्दैनथ्यो । त्यसकारण, सबैलाई होशियारीपूर्वक यात्रा गर्न भनिएको थियो ।
काममा क्युवाली सैनिक चिकित्सकहरू
क्युवालीहरूले अफ्रिकी देशमा काम गर्ने अवस्था क्युवाका पोलिक्लिनिकको भन्दा निकै फरक भएको अनुभव गरे । भिरगिलिओ कामाचोलाई आफू चिकित्सक भएपनि कुनै पनि बेला लडाइँमा पनि सामेल हुन सक्ने गरी सशस्त्र बनाइएकोमा कति पनि दोधार थिएन । त्यहाँ क्युवाली चिकित्सकहरू स–साना समूहमा विभाजित भएर काम गरेका थिए । क·ोमा अल्भारेज काब्रासको समूहमा एक जना सर्जन, एक जना हाडजोर्नीको चिकित्सक र दुई जना बालरोगका चिकित्सकहरू सामेल थिए । पछि सो समूहमा एक जना एनेस्थेलोजिस्ट नर्स र दन्त चिकित्सक पनि समावेश गरिए । सन् १९६६ मा गिनी बिसाउमा जाने नौ जना चिकित्सकमध्ये एक जना डाएज पनि थिए । त्यहाँ पुगेपछि उनलाई उत्तरी क्षेत्रको सारा क्षेत्रमा खटाइयो । त्यहाँ जम्मा तीन जना चिकित्सक थिए र कोही पनि क्युवाली नर्स थिएनन् । उनीहरूले त्यहाँ धेरै युवा गिनीयालीहरूसँग काम गरे र उनीहरूलाई नर्सको रूपमा तालिम दिए ।
क्युवालीहरूको काम गर्ने पालो फेरिइरहन्थ्यो । एक ठाउँबाट अर्को ठाउँमा उनीहरू सरुवा भइरहन्थे । गिनी तथा केप भेर्ड स्वतन्त्रता अफ्रिकी पार्टी (पीएआईजीसी) को आफ्नो देशमा क्युवालीहरूको उपस्थिति सार्वजनिक नगर्ने नीति थियो । त्यसकारण, केही लेखकहरूलाई सन् १९६६ देखि १९७४ सम्ममा गिनी बिसाउमा चालिसजना भन्दा बढी चिकित्सकहरूले काम गरेको जानकारी थिएन । इतिहासकार पिएरो ग्लेजिससले यो विषयमा राम्रो अभिलेखीकरण गरेका छन् ।
चिकित्सकहरूलाई आफ्नो व्यक्तिगत प्रयोजनको लागि सकेसम्म कममात्र स्रोत साधनको प्रयोग गर्ने अवस्थामा राखिएको थियो । डेगाडो आफ्नो जिम्मेवारीअनुसार गिनी बिसाउको पूर्वी मोर्चामा पुगेका थिए । त्यहाँको अस्पतालमा जम्मा चार वटा छाप्रा थिए । एउटा छाप्रो बिरामी राख्न, अर्को भान्छाको लागि, अर्को गोदाम र एउटा अलि पर चिकित्सकहरू बस्नको लागि थियो ।
ह्वान एन्टोनिओ सान्चेज सन् १९६९ देखि १९७० सम्म सैनिक अभियानको क्रममा तान्जानियामा थिए । उनी पेम्बा टापुमा चिकित्सक प्रशिक्षार्थी थिए । क्युवालीहरूको उपस्थिति गोप्य रहेसम्म उनीहरूलाई त्यहाँ बस्न तान्जानियाली सरकारको अनुमति थियो । त्यहाँ क्युवाली सेना थिएनन्, तीन जना चिकित्सकमात्र थिए । उनीहरूले त्यहाँ ग्यारेजलाई नै शल्यक्रिया कक्ष बनाएका थिए ।
क्युवाली चिकित्सकहरूको सबभन्दा पहिलो प्राथमिकता नै लडाकूहरूको स्वास्थ्य थियो । गोली लागेको घाउ, हात खुट्टा वा शरीरका अन्य भागमा हड्डी भाँचिएको, हर्निया र अन्य स्थानीय सरुवा रोगको उपचार गर्ने उनीहरूको जिम्मेवारी थियो । उपचारको क्रममा त्यहाँ धेरै थरी शल्यक्रिया भएका थिए । एउटा त्यस्तो शल्यक्रियामा हेक्टर भेरा पनि सामेल थिए । “ग्रिनेड विस्फोटनमा परी चार जना मानिस घाइते भएका थिए । एक जनाको अवस्था निकै गम्भीर थियो । उनको राति नै शल्यक्रिया गरियो । उनी बाँचे । उनलाई टेबुलमा लडाइएको थियो । चे ग्वेभाराले लालटिन बोकेका थिए । ओलिभाले बेहोस गर्ने औषधी दिए । ताबिलोले शल्यक्रिया गरे । लागोमासिनोले सहायकको रूपमा काम गरे । म सबै शल्यक्रियाको प्रक्रिया हेरिरहेको थिएँ”, उनले भने ।
कामाचो गिनी बिसाउको दक्षिणी मोर्चा हो । पोर्चुगाली सेनाहरूले त्यो ठाउँमा बारम्बार विद्रोहीलाई सहयोग गर्ने सर्वसाधारणलाई विस्फोटक धरापमा पारेर मार्थे । त्यस्ता विस्फोटनमा परी धेरै क्युवालीहरूले ज्यान गुमाउनुका साथै घाइते भएका थिए । डेलगाडोले लडाइँको मैदानमा शल्यक्रियामा आइपर्ने कठिनाइबारे यसरी लेखेका छन्, “लडाइँ हुँदा हाम्रो काम जहिले पनि शल्यक्रिया गर्नु हुन्थ्यो । साना गुप्तचर विमानहरू आकाशमा बारम्बार उडिरहेका हुन्थे । विमान आउने–जाने क्रम बढेपछि हामी हाम्रो शिविर अन्यत्र साथ्र्यौँ । किनभने, यसरी विमानको ओहोरदोहोर गर्नुको अर्थ कुनै पनि बेला त्यहाँ हमला हुन सक्नु थियो । चार पटक त अस्पताल नै ध्वस्त बनाइएको थियो । दुई पटक जति विमान ओहोरदोहोर गरेपछि त्यहाँ हमला हुन्थ्यो नै । … हामी दुई वटा नदीको बीचमा थियौँ । विमान र डुङ्गा आएर नदीमा भएका सबै डुङ्गा ध्वस्त बनाउँथे । हामी भाग्न नसकोस् भनेर ती डुङ्गाहरू ध्वस्त बनाउँथे । शल्यक्रिया गर्ने बेलामा हामीले अधिकांश समय सानोतिनो अस्पताल नै स्थापना गथ्र्यौँ । विस्फोटक धरापमा पाइला राखेर र एम्बुसमा परेर घाइते भएका मानिस उपचारको लागि ल्याइन्थ्यो । घाइतेहरू प्रायशः रातको समयमा ल्याइन्थ्यो । हामीले सुकेका घाँसका मुठ्ठा बालेर शल्यक्रिया गथ्र्यौँ । मैले त्यसरी झन्डै पचास वटाजति शल्यक्रिया गरेँ । कतिपय अवस्थामा घाइतेको खुट्टा वा हात काटेर फाल्नुपथ्र्यो । हामी घाँस काट्थ्यौँ, त्यसलाई दोबाथ्र्यौँ, परालले मुठ्ठा पाथ्र्यौैँ । त्यही घाँसको मुठ्ठामा आगो बालेर बत्तीको रूपमा प्रयोग गथ्र्याैँ । कहिलेकाहीँ यसरी आठ–दस वटा घाँसका मुठ्ठा बाल्दा पनि शल्यक्रियाको लागि उज्यालो पुग्दैनथ्यो ।”
लडाइँमा घाइते भएका लडाकुको उपचार गर्नु क्युवाली चिकित्सकहरू आफ्नो पहिलो दायित्व ठान्थे । त्यसको अर्थ एकातिर लडाकुहरूको उपचार गर्ने उनीहरूको जिम्मेवारी त छँदै थियो, साथमा गैरसैनिकहरूको उपचार गर्नु पनि उनीहरूको जिम्मेवारीभित्र पथ्र्यो । त्यतिबेला डेलगाडोले विशेषज्ञ चिकित्सकहरूको अभाव भोग्नुपर्दाको प्रत्यक्ष अनुभव गरेका थिए । गिनी–बिसाउमा उनको अनुभव यसरी लेखेका छन् ः
“एउटा बम एकजना महिलाको नजिकै विस्फोट भयो । उनको पेटमा चोट लाग्यो । शल्यक्रियाको लागि घाइतेलाई बेहोस बनाउन एनेस्थेसियन त्यहाँ थिएन । केही उपाय नभएपछि मैले बेहोस बनाउने निर्देशिका पुस्तिका पढ्दै ती महिलालाई बेहोस गर्नुपरेको थियो । उनको पेटमा कतै पेरिटोनिटिस
(पेट सुन्निने रोग) छ कि भनेर मैले उनको पेट चिर्नुपरेको थियो । मैले उनलाई स्थानीय एनेस्थेसिया दिएको थिएँ । उनलाई अर्को स्तरीय एनेस्थेसिया दिन तरखर गर्दा–गर्दै आकाशबाट विमानले अर्को बम हमला ग¥यो । एउटा बम मेरो छेउमै पड्कियो । पेट आधा चिरिएकै अवस्थामा घाइते महिला उफ्रेर त्यहाँबाट भागिन् । पछि उनलाई मैले भेट्टाउनै सकिनँ । धेरै दिनपछि उनी अस्पतालबाट चार किलोमिटर पर मृत अवस्थामा फेला परिन् ¤”
लडाइँको उत्तरी मोर्चामा डाएजले केही सकारात्मक अनुभव गरेका थिए ः
“त्यो दिन सारामा उनीहरूले एक जना केटो लिएर आए । ऊ त्यस्तै चार वर्षको थियो । उसको नाम कुम्बा थियो । उसको बायाँ खुट्टामा गहिरो चोट लागेको थियो । त्यो केटोको बलियो आत्मविश्वास देखेर म अचम्ममा परेँ । उसले एक थोपा आँसु पनि चुहाएन न दुखेको भाव नै देखायो ¤ केही घण्टाअघि पोर्चुगालीहरूले नजिकको गाउँमा हमला गरेका थिए । त्यो गाउँमा न कोही लडाकु थिए न कुनै सुरक्षा नै थियो । संयोगवश, उनीहरूले बल्लतल्ल त्यो सानो केटोलाई हाम्रो सानो ग्रामीण अस्पतालमा ल्याइपु¥याए । हामीले कुम्बाको घाउ सफा ग¥यौँ र केही टाँका पनि लगाइदियौँ । पछि कुनै जटिलता नहोस् भनेर हामीले थोरै मात्र टाँका लगाएका थियौँ । हामीले कुम्बालाई बेहोस नै नगरी उपचार गरेका थियौँ । तर, पूरै उपचारको क्रममा उसको आँखामा न एक थोपा आँसु थियो न उसले दुखेको कुनै भाव नै देखायो ।”
क्युवाली अधिकारीहरूलाई सर्वसाधारणप्रति चिकित्सकको व्यवहारले कूटनीतिक क्षेत्रमा सैनिक सफलताको लागि सैनिक अनुशासनले जत्तिकै महत्वपूर्ण भूमिका खेल्ने कुरा थाहा थियो । सन् १९६३ मा पहिलो पटक क्युवाली चिकित्सकहरू अल्जेरियामा जाँदा राउल क्यास्ट्रोले क्युवाली चिकित्सकहरूलाई कडा निर्देशन जारी गर्नुभएको थियो । सो निर्देशनमा चिकित्सकहरूलाई रक्सी खान निषेध, महिलाहरूसँग नजिकको सम्बन्ध राख्न निषेध र अल्जेरियाली परम्पराप्रति पूर्ण सम्मान गर्नुपर्ने नियम समावेश थिए । चेले जाएरमा आफूसँगै गएका क्युवाली चिकित्सकहरूलाई आफूले नेतृत्व गरेको मिसनको नैतिक पक्षबारे भनेका थिए, “म यहाँ कुनै लफडा भएको हेर्न चाहन्नँ । जसले अनुशासनहीन काम गर्छ, उसलाई या त सजाय गरिनेछ नभए क्युवा फिर्ता पठाइनेछ ।” केही वर्षपछि गिनी–बिसाउमा क्युवाली कमान्डरले एक जना चिकित्सकलाई स्थानीय संस्कृति र परम्पराप्रति आदर नदेखाएको भन्दै कारबाही गरेका थिए ।
क्युवाली र अफ्रिकीहरूबीचको सम्बन्ध अझ निकट बन्दै गएपछि आपसी सम्मानको कुरा अझ महत्वपूर्ण बन्यो । क्याथोलिक र प्रोटेस्टेन्ट स्वयम्सेवी मिसन एकै ठाउँमा जमेर बस्थे । अफ्रिकी जनता उनीहरू बसेकै ठाउँमा गएर सेवा लिनुपथ्र्यो । तर, उनीहरूभन्दा फरक क्युवाली चिकित्सकहरू स्वास्थ्य सेवा दिन दुर्गम गाउँहरूसम्म हिँडेरै पुग्थे । क्युवाली चिकित्सकहरू आएको थाहा पाएपछि जाएरका ‘स्थानीय किसान हुल बाँधेर उनीहरूलाई भेट्न पुगे ।’ क्युवालीहरू आउनुअघि ८ लाख ५० हजार कङ्गोली जनतालाई जम्मा नौ जना चिकित्सकहरूले स्वास्थ्य सेवा दिइरहेका थिए । पीएआईजीसीसँग एकै जनामात्र विदेशी चिकित्सक थिए– ह्युगो स्पाडाफोरा । उनी पानामाका चिकित्सक थिए । क्युवाली चिकित्सकहरू औषधी र स्वास्थ्य सामग्रीसहित आएपछि उनले ‘अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर दिन दुईगुणा–रात चौगुणाको दरले बढेको’ लेखेका छन् ।
राउल र चेले बनाइदिएका निर्देशिकाले क्युवाली चिकित्सक टोलीको काम अझ प्रभावकारी बनायो । जाएरका सैनिक सहयोगी देशहरूबाट आएका सिपाहीहरूबाट स्थानीय जनतालाई सधैँ दुव्र्यवहार हुने गरेको गुनासो सुनिन्थ्यो । तर, क्युवालीहरूबाट जाएरका जनताविरुद्ध कुनै अपराध वा हिंसात्मक गतिविधि भएको घटना थिएन ।
बरु क्युवालीहरूले उपचारमा असङ्ख्य सहज विधि अपनाएर जनताको विश्वास जितेका थिए । दाँत फुकाल्ने, हर्निया र मोतियाबिन्दुको शल्यक्रिया, उच्च ज्वरो, पखाला, पेट दुखेको, कुम दुखेको जस्ता स्वास्थ्य समस्याको क्युवाली चिकित्सकहरूले सहज उपचार गरे । तान्जानिया रहँदाको समयको स्मरण गर्दै पिनेरोले लेखेका छन्, “अधिकांश सेवाग्राही सर्वसाधारण नागरिक थिए । सिपाहीहरूको सङ्ख्या कममात्र थियो । सबभन्दा गम्भीर समस्या कुपोषण, औँलो, निमोनिया र परजीवीबाट लाग्ने रोगहरू थिए ।”
डेलगाडोले गिनी–बिसाउमा परजीवीबाट लाग्ने रोगको उपचार गर्ने पद्धति क्युवामा कहिल्यै देखेका थिएनन् । त्यहाँ देखेको अनुभव उनले यसरी लेखेका छन् ः
“मैले केही त्यस्ता गाउँहरू देखेँ, जुन गाउँका सबै मानिसका आँखा र आँखाको ढकनीमा सङ्क्रमण भएको थियो । त्यस्तो सङ्क्रमणले आँखाको ज्योति समेत गुम्न सक्छ । मैले ती गाउँहरूमा कुष्ठरोगको कारण औँला गुमाएका मानिस पनि भेट्टाएँ । त्यहाँ विभिन्न थरी किराले टोक्दा लाग्ने रोग पनि धेरै थिए । जसले सुन्निने, छाला रातो हुनेजस्ता समस्या हुने गथ्र्यो । अर्को एउटा किराको टोकाइले जीउमा फोकाहरू उठ्थ्यो । यो एक प्रकारको फाइलेरिया हो । त्यहाँ यस्ता रोगको उपचार गर्ने विशेष स्थानीय विधि थियो । गिनीका जनता त्यसरी उठेका फोकाभित्रका किरा धागोले निकाल्थे । त्यो किरालाई उनीहरू ‘गिनीका किरा’ भन्थे । गिनी – बिसाउमा अरू पनि धेरै परजीवी र खतरनाक किराहरू थिए जो सुख्खायाममा छालाभित्र पसेर फोका उठाइदिन्थे । त्यस्ता किर्नोजस्ता परजीवीलाई निकालेर उपचार गर्ने गिनीका जनताको आफ्नै रैथाने विधि थियो ।”
गिनी – बिसाउमा एक जना क्युवाली सिपाही स्ट्रबेरी खाएर मरेका थिए । त्यहाँ बस्ने क्रममा भएका दुःखद घटनामध्ये त्यो पनि एउटा थियो । त्यो सिपाहीलाई अल्सरको समस्या थियो । अम्लीय फलफुल खाँदा अल्सरमाथि कस्तो असर गर्छ भन्ने कुरा उनलाई थाहा थिएन । “मकहाँ आइपुग्दासम्म उनलाई निकै पोलिरहेको थियो । रगत बग्न थाल्यो । रक्तश्राव रोक्न हामीले सकेको प्रयास ग¥यौँ । हामीसँग शल्यक्रिया गर्ने कुनै साधन पनि थिएन । उनलाई बोकेमा रहेको अस्पतालमा पु¥याउन प्रयास ग¥यौँ । तर, बाटोमै उनको निधन भयो ।”
क्युवाली चिकित्सकहरूको सर्वसाधारणलाई पनि चिकित्सा सेवा दिने चाहना भएपनि स्वास्थ्य सामग्रीको अभावका कारण पीएआईजीसीका स्थानीय निर्देशकको अनुमतिमा मात्र सर्वसाधारणको शल्यक्रिया गरिन्थ्यो । स्वास्थ्य सामग्री अभाव पूर्ति गर्न स्थानीयरूपमा उपलब्ध वैकल्पिक सामग्रीको खोजी गर्नुपथ्र्यो । जस्तै नरिवलको पानीलाई इन्ट्राभेनस तरल पदार्थको रूपमा प्रयोग गरिन्थ्यो । धेरै पटक डा.कामाचोले ‘स्थानीय धागोको प्रयोग गरी घाउमा टाँका लगाइदिएका थिए ।’ यसरी स्थानीय धागो नै काम लाग्ने भएपछि त्यहाँका व्यापारीसँग धागो ल्याइदिने सम्झौता समेत भएको थियो ।
साँचो अन्तर्राष्ट्रिय चिकित्सा
अफ्रिकी जनता निको हुनसक्ने विभिन्न रोगबाट बिरामी हुने र अनाहकमा मर्ने हुँदा अफ्रिकामा रहेका अथाह प्राकृतिक स्रोत सजिलै विदेशीहरूले लुटिरहेका थिए । अफ्रिकी जनताको यो अवस्थाले पश्चिमा धनी लगानीकर्ताहरूको हितमा पनि असर गरिरहेको थियो । अफ्रिकी जनताको यस्तो अवस्थाका अरू धेरै कारणमध्ये एउटा कारण थियो–पोलियो रोग । कङ्गोमा पुगेपछि अल्भारेज काब्रासले देखेको अवस्थाबारे उनले लेखेका छन् ः
“धेरै मानिस पोलियोका बिरामी थिए । म एउटा शिविरमा गएको थिएँ । त्यहाँ एकै जना परिचारिका मात्र काम गर्थिन् । शिविर पूरै पोलियोका बिरामी केटाकेटीले भरिएका थिए । साँघुरो ठाउँमा केटाकेटीहरू घस्रिएर यताउता गरिरहेका थिए । परिचारिकासँग सबै केटाकेटीलाई हेर्न अरू कोही सहयोगी थिएन । त्यहाँ मैले दर्जनौँ केटाकेटीको शल्यक्रिया गरेँ ।… फ्रान्सेलीहरूले त्यहाँ केही पनि पूर्वाधार छोडेका रहेनछन् । त्यहाँ कोही वकिल वा इन्जिनियर पनि थिएन । न त्यहाँ कोही स्थानीय चिकित्सकहरू नै थिए ।”
प्युन्टे पोलियोको खोप अभियानका प्रमुख अभियन्ता थिए । उनी पोलियो खोप लिन त्यही क्षेत्रमा कार्यरत दुई जना सोभियत स्वास्थ्यकर्मीहरूकोमा पुगे । उनीहरूसँग प्युन्टेले पाँच हजार डोज खोप मागे । उनीहरूले खुशी भएर त्यति खोप उनलाई दिए । अनि प्युन्टेले त्यो नगरका प्रमुखसँग सल्लाह गरेर सबै विद्यार्थीलाई पोलियोको खोप दिए । त्यहाँको भयावह अवस्था देखेर र क्युवाले हालै मात्र पोलियो खोप अभियान सञ्चालन गरेको थाहा पाएर डा.प्युन्टेले हवानास्थित जनस्वास्थ्य मन्त्रालयलाई पोलियोको खोपको खोजी गर्न आग्रह गरे । जनस्वास्थ्य मन्त्रालयका निर्देशक माचाडोले उनको आग्रह स्वीकारे र क्युवाको महामारी रोग निर्देशक डा.हेलेनिओ फिरेरलाई मस्को पठाएर खोप ल्याउने जिम्मेवारी दिए । सोभियत सरकार कङ्गोलाई दुई लाख खोप चार हजार पेसोमा दिन तयार भयो । पछि क्युवाली चिकित्सकहरूको विशेष अनुरोधमा सोभियत सरकारले ती खोप सहयोगस्वरूप प्रदान गर्न तयार भयो । सन् १९६६ को जून महिनामा खोप कङ्गो पुग्यो ।
खोपको सही व्यवस्थापन गर्न मनग्य चिकित्सक र नर्सहरू पनि थिएनन् । तथापि, खोप गुँदभित्र राखिएको हुनाले खोपको वितरणको लागि अरूलाई तालिम दिन सहज भयो । कङ्गो सरकारको सहयोगमा त्यहाँका मिलिसिया, महिला सङ्गठन, क्युवाली सिपाहीसँग मिलेर डा.फिरेरले ६१ हजार केटाकेटीलाई पोलियो थोपा खुवाए । अफ्रिकामा त्यो नै सबभन्दा पहिलो पोलियोको अभियान थियो ।
सन् १९६६ को जून २७ मा भएको सत्ताकब्जाको कारण खोपको दोस्रो डोज खुवाउने अभियान रोकियो । दोस्रो डोज नदिँदा पहिले दिएको डोजको प्रभावकारितामाथि पनि प्रश्न उठ्यो । सन् १९६६ सेप्टेम्बरदेखि सन् १९६७ को नोभेम्बरसम्म कङ्गोमा रहेका डा. पिनेरोले ‘दोस्रो डोज नदिँदा पोलियोको जोखिम पहिलेकै जस्तै कायम रहने’ बताए । सन् १९६९ को मे महिनामा उनी फेरि कङ्गोमा फर्के । त्यतिबेला उनले कङ्गोको स्वास्थ्य मन्त्रालयले सोभियत सङ्घबाट प्राप्त दुवै डोजको खोपको काम भइरहेको देखे । क्युवालीहरूसँग मिलेर पहिलो चोटी गरेको खोप अभियानको अनुभवले सन् १९६९ को खोप अभियान सफल बनाउन निकै मद्दत पुगेको उनले बताए ।
गिनी–बिसाउमा डाएजको समूहसँग कोही क्युवाली नर्स थिएनन् । त्यसकारण, उनीहरूले त्यहाँ धेरै जना स्थानीय युवालाई तालिम दिए । गिनीका नर्सहरूको लगनशीलता देखेर क्युवालीहरू यति प्रभावित भए, काब्रलसँग अनुमति मागेर चार जना गिनीका नर्सलाई तालिम दिन क्युवाको नर्सिङ कलेजमा भर्ना गरिदिए । उनीहरूले त्यहाँ नर्सिङको उच्च शिक्षा हासिल गरे ।
अर्को रोचक घटना त कङ्गोमा भयो । क्युवाली चिकित्सकहरूले कङ्गोका केही युवाहरू सहरको रात्रीकालीन ल्याम्पपोस्टको प्रकाशमा पढिरहेको देखे । यो देखेर क्युवाली चिकित्सकहरूले उनीहरूलाई उच्च शिक्षाको लागि क्युवा पठाउन अनुमति मागे । कङ्गो सरकारले अनुमति दियो । सन् १९६६ को जनवरी २४ मा २५४ जना कङ्गोका युवाहरू उच्च शिक्षा हासिल गर्न हवाना गए । क्युवामा यति धेरै सङ्ख्यामा विदेशी विद्यार्थी छात्रवृत्तिमा गएको त्यो नै पहिलो घटना थियो । तर, क्युवामा पढ्न जाने विद्यार्थीहरूको छनौटमा भने केही समस्या भएको थियो । विद्यार्थीको क्षमता र प्रतिभाको आधारमा भन्दा पनि नातागोता वा घुसको आधारमा कङ्गोबाट क्युवा पठाउने विद्यार्थीको छनौट भयो । त्यही भएर सन् १९६७ मा एक सत्न्दा बढी विद्यार्थी क्युवा सरकारको अनुरोधमा आफ्नो देश फर्के । तथापि, सन् १९७८ मा पच्चीस जना विद्यार्थीले क्युवाली मेडिकल शैक्षिक योग्यता हासिल गरेर आफ्नो देश फर्के । कोही प्रयोगशाला प्राविधिक त कोही इन्जिनियर बनेर कङ्गो फर्के ।
त्यही समयमा क्युवा सरकारले अफ्रिकाबाट आफ्ना सबै सैनिक मिसन फिर्ता गर्ने घोषणा ग¥यो । तथापि, सैनिक चिकित्सकको रूपमा नभई नागरिकको स्वास्थ्य सेवाको लागि चिकित्सकहरू क्युवाबाट अफ्रिका जाने क्रम चालु रह्यो । क्युवाली बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, शल्यचिकित्सक, नाक–कान–घाँटी विशेषज्ञहरू अफ्रिकाका विभिन्न देशमा गइरहे ।
चिकित्सकहरूबीच आपसमा उपचार
क्युवाली चिकित्सकहरूले सिपाहीं र सर्वसाधारणको मात्र होइन, एकआपसका पनि निको हुने रोगको उपचार र स्याहार गर्थे । यसको सबभन्दा राम्रो उदाहरण चे ग्वेभारा स्वयम् हुन् । जाएरमा बस्दाको समय सम्झँदै जेक्र्युराले त्यहाँ चे ग्वेभाराको दमको समस्या औँलो ज्वरोले अझै चापेको घटनाबारे लेखेका छन् । जेक्र्युरालाई त्यतिबेला फिडेलले चेलाई त्यहाँ मर्न पठाएको भनी हल्ला हुनसक्ने सम्भावनाले निकै चिन्तित बनाएको थियो । तर, चे ग्वेभारा अपवाद भने थिएनन् । उदाहरणको लागि डेलगाडोले तीन पटकसम्म औँलोको उपचार आफैले गरेका थिए ।
कामाचोले कङ्गोमा पुगेको केही दिनभित्रै आफूसँगै गएका अर्का चिकित्सक जेसस पेरेज जन्डिस रोगले थला परेपछि अन्ततः क्युवा फर्केको स्मरण गर्छन् । पेरेज फर्केपछि उनी खटिएको स्वास्थ्य चौकीमा कामाचो एक्लै भएका थिए । एक वर्षपछि उनी गिनी–बिसाउको दक्षिणी मोर्चास्थित सैनिक अस्पतालको प्रमुखको रूपमा खटिएका थिए किनभने त्यहाँको चिकित्सक पनि बिरामी परेका थिए ।
लामो दूरीको हिँडाई र शारीरिक थकानको कारण चिकित्सकहरूलाई निकै धपेडी परेको थियो । डाएज गिनी –बिसाउमा पुग्दा उनको तौल १८० पाउन्ड थियो । बीस महिनापछि उनी फर्किँदा उनको तौल १ सय पाउन्डमा झ¥यो । हिँड्दाहिँड्दै जुत्ता खुस्केला भनी उनीलाई खुब पीर पर्ने गथ्र्यो ।
“आधारक्षेत्र पूर्णतः ध्वस्त भएपछि म त्यहाँबाट फर्केँ । मैले त्यहाँ आफ्ना केही पनि सामान भेट्टाउन सकिनँ । मेरो टेनिस जुत्ता समेत भेट्टाउन सकिनँ । धेरै खोलानाला तर्नुपर्ने अवस्थामा त्यस्तो जुत्ता निकै उपयोगी थियो । टेनिस जुत्ता बुटभन्दा चाँडै सुक्थे । अनि हलुका पनि थिए । पहिलो पटक लामो यात्रा गर्दा मेरो जुत्ताको कुर्कुच्चाको भाग नै हराएको थियो । मेरो खुट्टा पूरै भिजेको थियो । हिँडाइ लगातार थियो । … क्युवामा मेरो दैनिक पाँच किलोमिटर हिँड्ने बानी थियो ।”
अफ्रिकाबाट फर्केका चिकित्सकहरूलाई एउटा ज्यादै नमिठो घटनाले कुरिरहेको थियो । डेलगाडोले सम्झे, “हामी क्युवा फर्केको वर्ष हामी सबैको रगतमा फिलारिया रोगको सङ्क्रमण देखियो । त्यसको असर आँखाजस्तो महत्वपूर्ण अङ्गमा पर्छ । त्यसले मानिसलाई नेत्रहीन समेत बनाउन सक्थ्यो । हामीलाई त्यस्तै खालको फिलारिया लागेको थियो । यो कुरा थाहा पाएर मलाई निकै डर लाग्यो । किनभने, त्यत्तिबेला त्यो रोग पूर्णतः निको हुने कुनै ग्यारेन्टी थिएन । हामीलाई दुई महिनासम्म अस्पतालमा राखेर उपचार गरियो ।”
कामाचो पनि अलि आत्तिएका थिए ः
“मलाई फिलारिया भयो । क्युवामा त्यो रोग पहिले थिएन । चेकप्वाइन्टबाट भित्र नपस्दासम्म मलाई त्यसको कुनै मेलोमेसो नै भएन । त्यसको लागि दुवै थरी उपचार आवश्यक थियो । पहिले वयस्क परजीवी र त्यसपछि परजीवीको अन्डाको उपचार गर्नुपथ्र्यो । कोनाक्रीमा त्यसको कुनै औषधी थिएन । अन्यत्र औषधी खोज्नुपथ्र्यो । आखिरमा मैले इन्ट्राभेनस सुई लगाएँ र केही चक्की औषधी खाएँ ।… सन् १९६८ को जनवरीमा हामी क्युवा पुग्यौैँ ।”
प्रभाव, अनुभव र अनुत्तरित
क्युवामा क्रान्तिकारी सरकार बनेको भर्खर दस वर्ष भएको थियो । सन् १९६० को दशकको अन्त्यसम्ममा क्युवाली चिकित्सकहरूले अफ्रिकामा चार फरक – फरक अवस्थाको सामना गरिसकेका थिए –
क) अल्जेरियामा उनीहरूले सर्वसाधारण नागरिकको मात्र उपचार गरे ।
ख) जाएरमा विद्रोहीहरूले विजयको लागि थोरै उत्साह देखाए ।
ग) कङ्गोमा सरकारको जुझारूपना रित्तो हल्लामा प्रमाणित भयो ।
घ) गिनी–बिसाउमा एक जना प्रभावशाली कमान्डर र समर्पित सेनाको नेतृत्वमा सफल सैनिक विद्रोह भयो ।
संरा अमेरिकाले आफूमाथि कुनै पनि हमला गर्नसक्नेमा क्युवा सचेत थियो । अफ्रिका बसाइको क्रममा अनेकन अनुभव हासिल गरेका क्युवाली सैनिक चिकित्सकहरूले लडाइँको सामना गर्ने र लडाकुहरूको उपचार गर्ने तरिकाबारे नयाँ पुस्तालाई आफ्नो अनुभव सिकाउन सक्थे ।
अफ्रिकामा क्युवाली अभियानको सबभन्दा दुःखलाग्दो कुरा क्युवाकै सबभन्दा योग्य नेता चे ग्वेभाराले जाएरमा नेतृत्व गरेको गुरिल्ला अभियान सबभन्दा कम सफल मोर्चा सिद्ध भयो । क्युवाका कोही पनि नेताले सब–सहारा क्षेत्र देखेका थिएनन् । त्यसकारण, जाएरमा जाने रणनीति नै गलत सूचनाको आधारमा लिइयो । अफ्रिकाका काला जनताप्रति ऐक्यबद्धता र क्रान्तिको रक्षाको लागि उनीहरू त्यहाँ गएका थिए । जीवनका अन्तिम दिन चे ग्वेभाराले बोलिभियाको युद्धमोर्चामा बिताए । सशस्त्र सङ्घर्षको अग्रमोर्चामा क्युवाको सहभागितामा ल्याटिन अमेरिकालाई मुक्त गर्ने चे ग्वेभारा र फिडेल क्यास्ट्रोको योजनाअनुसार नै उनी बोलिभिया गएका थिए ।
क्युवामा चिकित्सकीय अभ्यास र अन्य देशमा चिकित्सकहरूले अपनाएका क्रान्तिकारी पद्धतिबीच निकै थोरैमात्र एकरूपता थियो । क्युवाको पोलियो अभियानको अनुभवले कङ्गोमा सिको गरियो । अफ्रिकामा चिकित्सकीय अभ्यासका क्रममा हासिल गरिएका अनुभवले गर्मी ठाउँ र सङ्क्रामक रोगबारे क्युवालीहरूको बुझाइ समृद्ध बनाउन ठूलो मद्दत ग¥यो । तथापि, अफ्रिकाका लडाइँका मोर्चाहरूमा क्युवामा भएजस्ता स्वास्थ्य चौकी (पोलिक्लिनिक) पक्कै थिएनन्, जहाँ अत्यावश्यक आपत्कालीन स्वास्थ्योपचारका सबै आधार पूर्वाधार उपलब्ध हुन्छन् ।
अफ्रिकामा क्युवाली उपस्थितिले धेरै प्रभाव छोड्यो । क्युवाली चिकित्सकहरू गएको देशमा जति प्रभाव पारेको थियो, त्यत्ति नै प्रभाव क्युवामा पनि प¥यो । यदि क्युवामा कसैलाई शिक्षा दिन विदेशबाट विद्यार्थी ल्याउनुछ भने जो पायो त्यसैलाई ल्याउन नहुने, उनीहरूको शैक्षिक क्षमतालाई पनि ध्यान दिनुपर्ने कुरा क्युवाले सिक्यो । क्युवाली चिकित्सकहरूकै प्रभावको कारण कङ्गोमा खोप अभियानले निरन्तरता पायो । गिनी–बिसाउको स्वतन्त्रता आन्दोलनको निम्ति त्यहाँका जनता सधैँ क्युवालीहरूप्रति ऋणी बने । “मेरा धेरै कामरेडहरू क्युवाली चिकित्सकीय सहायताको कारण मात्र आज बाँचेका छन्”, पीएआईजीसीका अधिकारी फ्रान्सिस्को पेरेराले भने ।
“क्युवाली चिकित्सकहरू वास्तवमै चमत्कार गर्छन् । म उनीहरूप्रति भित्रैदेखि आभारी छु । उनीहरूले हाम्रो जीवन मात्र जोगाएनन् बरु आफ्नो जीवन समेत खतरामा राखे । उनीहरू वास्तवमै निस्वार्थी छन्”, उनले भने ।
अफ्रिकाको असहज अवस्था र परजीवी रोग अनुभव गरेका गोरा चिकित्सकहरूले काला चिकित्सकहरूभन्दा बढी कष्ट भोगे । अफ्रिकामा यति धेरै सङ्ख्यामा स्वयम्सेवकहरूले सेवा गर्नुको मूल ध्येय क्रान्ति विस्तार गर्नुपर्छ भन्ने भावना थियो । ओलभाल्डो कार्डेनसले पियरो ग्लिजिससलाई त्यतिबेलाको हतारोबारे भनेका छन् ः
“हामीलाई कुनै पनि बखत संरा अमेरिकाले हामीमाथि हमला गर्न सक्छ भन्नेमा विश्वास थियो । त्यसकारण, हामीले आफ्नै देशमा लडाइँ लड्नुभन्दा अन्य देशमा लडाइँ गर्नु उचित ठान्यौँ । ‘दुई वा तीन अरू भियतनाम’ को रणनीतिअन्तर्गत ती सबै गतिविधि भइरहेका थिए । त्यतिबेला म कुनै दिन यसरी हवानाको कोठामा बसेर विगत सम्झिरहनेछु भनी कल्पना पनि गरेका थिइनँ । हामी सबै जनाको एउटै सोचाइ थियो –हामी उमेर नपुग्दै मर्नेछौँ ¤”
क्युवाली चिकित्सकहरू क्युवा फर्किएपछि उनीहरूले परेड खेलेनन् न कुनै किसिमको सार्वजनिक सम्मान नै भयो । न उनीहरूलाई कुनै पदक, सम्मान वा भौतिक पुरस्कार नै दिइयो । गोपनीयताको कारण उनीहरूले आफूले भोगेको समय पनि दशकौँपछि मात्र सार्वजनिक गर्न सके । तर, उनीहरूले अफ्रिकामा हासिल गरेको ज्ञान भने क्युवाली रणनीति बनाउन ज्यादै महत्वपूर्ण बने । त्यसकारण, अफ्रिकाबाट फर्केकाहरूसँग फिडेल क्यास्ट्रोले धेरै पटक लामो संवाद गर्नुभएको थियो ।
सन् १९५९ अघि क्युवाका चिकित्साशास्त्रका विद्यार्थी र चिकित्सकहरू क्रान्तिकारी चिकित्साको अभ्यास क्युवाका गरिब र ग्रामीण क्षेत्रको जनताको पूर्ण उपचार गरेर गर्थे । सन् १९६० को दशकमा क्युवाली चिकित्सकहरूको अन्तर्राष्ट्रिय मिसनहरूको जग नै त्यतिबेला बस्यो । सन् १९७० को दशकको सुरुआतसँगै एउटा प्रश्न बाँकी रह्यो ः अफ्रिकामा चिकित्सकीय टोलीको नेतृत्व गरेर गएका चिकित्सकहरूले के अफ्रिकी महादेशका प्रमुख जातीवादी सरकार विघटन गर्न प्रमुख भूमिका खेल्नेछन् ?
स्रोत ः मन्थ्ली रिभ्यु
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *