भर्खरै :

नेपो इन्डस्ट्रिज औद्योगिक क्षेत्रबाट हटाउन स्थानीयको माग

भक्तपुर औद्योगिक क्षेत्रको नेपो इन्डस्ट्रिजले ध्वनि र धुवाँ फाली वातावरण प्रदूषित पारेको भन्दै स्थानीय जनताले उक्त उद्योग औद्योगिक क्षेत्रबाट हटाउन माग गरेका छन् ।
शुक्रबार भक्तपुर नगरपालिकाको कार्यालयमा पुगी स्थानीयले नेपो इन्डस्ट्रिजमा सञ्चालित टेक्स्टायल र डाइङ्ग मेसिनले फालेको ध्वनि र धुवाँ प्रदूषणले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पु¥याएको भन्दै सो माग गरेका हुन् ।
१२१ जनाको हस्ताक्षरसहित भक्तपुरनगरपालिकासमक्ष पेश गरेको निवेदनमा स्थानीयको विरोध हुँदाहुँदै सो उद्योगले गत भदौ २० र २१ गते थपेको दर्जनौँ टेक्सटायल मेसिनले बस्नै नहुने गरी बिहान ६ बजेदेखि राति ८ बजेसम्म प्रदूषण फालेको उल्लेख छ । निवेदनमा २ रोपनीभन्दा बढी क्षेत्रमा पैmलिएको सो उद्योगको जस्ताको छानाको कारण सामान्य वर्षामा समेत आवाज निस्केको हुँदा सो इन्डस्ट्रिज पूर्ण बन्द गराई भक्तपुरको मौलिक सीपमा आधारित उद्योगमा रूपान्तरण गराउन माग गरिएको छ ।
नेपाल सरकारको आव २०७२÷७३ को प्रतिबद्धता र भक्तपुर नगरपालिकाको यसै आवको नगरपरिषद्को निर्णयअनुसार भक्तपुर औद्योगिक क्षेत्र नै स्थानान्तरण गर्नेतर्पm आवश्यक निर्णय र कारबाहीको लागि स्थानीयले अनुरोध गरेका हुन् । प्रदूषणबाट स्थानीय बिरामी, ज्येष्ठ नागरिक, असक्तको आराममा बाधा पुगेको, हिमालयन ग्लोरी स्कूल, इजीपायनियर स्कूल, जेसिस स्कूल, पद्म माध्यमिक विद्यालयमा अध्ययन गरेका हजारौँ विद्यार्थीको पढाइमा बाधा भइरहेको निवेदनमा उल्लेख छ ।
सरोकारवालाहरूले यसअघि पनि २०७५ चैत १३, २०७६ वैशाख २९, २०७६ माघ २२, २०७७ साउन २१ गते उद्योग हटाउनको लागि आवश्यक कारबाही गर्न भक्तपुर नगरपालिकामा निवेदन पेश गरेका थिए ।
स्थानीयले प्रम तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, जिल्ला प्रशासन कार्यालय, भक्तपुर, काठमाडौँ उपत्यका प्रहरी परिसर, भक्तपुर, २ नं वडा कार्यालय, भक्तपुर नपा, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, भक्तपुर र सशस्त्र प्रहरी बल, नेपाल, औद्योगिक क्षेत्र, भक्तपुरलाई बोधार्थ दिएका छन् ।
निवेदनमा उल्लिखित बुँदा निम्नानुसार छन् –
१. भक्तपुरको सीप र पर्यटनमा आधारित उद्योगलाई प्रवद्र्धन गर्न २०३५ सालमा भक्तपुर साना औद्योगिक क्षेत्र स्थापना भएको हो । केही वर्षपछि यसलाई भक्तपुर औद्योगिक क्षेत्र नामकरण गरी नेपो इन्डस्ट्रिजजस्तो ध्वनि र धुवाँ फाल्ने प्रदूषणमूलक टेक्सटायल र डाइङ्ग मेसिन सञ्चालन गरिएको थियो । यसको स्थापनाको बेला भक्तपुरको मौलिकतासँग मिलेको एक तलाको इँटाको भित्तासहितको टायल छानाका भवनहरू बनाइएको हो । नेपो इन्डस्ट्रिजले ध्वनि र धुवाँ प्रदूषण फाल्ने टेक्सटायल र डाइङ्ग मेसिन राख्न टायल छाना बिगारी भवन अग्लो पारी जस्ताको छाना राखेको हो । यसरी यो उद्योग स्थापनाको बेला ध्वनि र धुवाँ प्रदूषणमूलक उद्योग राख्ने सरकारी योजना नभएको पुष्टि हुन्छ ।
२. ध्वनि र धुवाँं प्रदूषण फाल्ने औद्योगिक क्षेत्र विश्व सम्पदा क्षेत्र दरबार क्षेत्रसँगै जोडिएर स्थापना हुनै नसक्ने स्पष्ट छ । यो औद्योगिक क्षेत्र अहिले मानव बस्तीको बीचमा परिसकेको हुँदा नेपो इन्डस्ट्रिजजस्तो ध्वनि र धुवाँ प्रदूषण फाल्ने टेक्सटायल र डाइङ्ग उद्योग सञ्चालन हुनु मानवताविरोधी अपराध नै हो । नेपो इन्डस्ट्रिज र डाइङ्गको ध्वनि र धुवाँले यससँग जोडिएको बस्ती ब्यासी, खौमा, इटाछेँ, सहिदस्मृति पार्कका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । नेपो इन्डस्ट्रिज र डाइङ्गका सञ्चालक वा यसका धनीहरू यस्तो ध्वनि र धुवाँ प्रदूषण फाल्ने उद्योगमा एक दिन बस्न र एक रात सुत्न पनि सक्दैनन् । तर, यस क्षेत्रका बासिन्दाहरू वर्षौँदेखि नेपो इन्डस्ट्रिजको धुवाँ र ध्वनि प्रदूषणको पीडा र अनिद्रामा बस्न बाध्य छन् । नागरिक भावना भएको र सांस्कृतिक स्तर उठेका उद्योगीले यस्तो मानवताविरोधी काम गर्दैनन् ।
३. भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले हामी सरोकारवालाहरूसँग ध्वनि र धुवाँ प्रदूषण फाल्ने उद्योग सञ्चालनमा रोक लगाउने र औद्योगिक क्षेत्रको वातावरण गुणस्तरीय बनाउनेबारे पटक–पटक प्रतिबद्धता गरेको थियो तर वाचाअनुसार काम गरेको छैन । औद्योगिक क्षेत्रको वातावरण अहिले सुक्खा, फोहर र निस्सासिँदो छ । भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन लि. पीडित जनताको निम्ति बुँख्याचाजस्तै हो ।
४. यस औद्योगिक क्षेत्रको बीचमा परेको सार्वजनिक बाटो बर्सेनि नवदुर्गाको संस्कृति सञ्चालन हुने, जिल्लाभरिकै बासिन्दाहरू भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सिद्धपोखरी, गुह्यपोखरी, सहिदपार्क, इन्द्रायणी, दरबार क्षेत्र आउजाउ गर्ने बाटोसमेत भएको, यो बाटोसँग जोडिएको नेपो इन्डस्ट्रिजको ध्वनि र धुवाँ प्रदूषणले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष नोक्सान पुगिरहेको र यो उद्योगको सामान बोक्ने ठूला गाडीबाट विद्यार्थी र अन्य बटुवाहरूसमेत दुर्घटनामा पर्ने खतरा बढ्दो छ ।
५. यी सम्पूर्ण संवेदनशील विषयलाई ध्यानमा राखी आजभन्दा २० वर्षअगाडि नै जनप्रतिनिधि, प्रशासन, प्रहरी, उद्योगी–व्यापारीबीच छलफल भई यो औद्योगिक क्षेत्रलाई भक्तपुरको मौलिक सीप र पर्यटनमा आधारित औद्योगिक क्षेत्रमा रूपान्तरण गर्ने सहमति भएको थियो । प्रतिगमनसँगै जनप्रतिनिधिविहीन भएपछि यो काम अघि नबढेको हो, अब यसलाई पूरा गर्नु आवश्यक छ ।
६. नेपाल सरकारले स्थानीय किसानलाई यो औद्योगिक क्षेत्रमा रोजगारी दिने कबुल गरी रोपनीको ६ हजार रूपैयाँमा जग्गा अधिग्रहण गरेको थियो । जग्गा अधिग्रहणमा परेका किसानले रोजगारी पाएनन् । बरु किसानबाट अधिग्रहण गरिएको जग्गा व्यवस्थापन लि.ले भवनसहित रोपनीको ५–१० हजार रूपैयाँमा कर्पोरेटहरूलाई बहालमा दिई ‘गाई मारी बाघ पोस्ने’ काम गर्दै आएको छ । यसकारण जग्गा अधिग्रहणमा परेका किसानहरू आ–आफ्नो जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै छन् ।
७. नेपो इन्डस्ट्रिजका सञ्चालकले गत साउन ४ गते भक्तपुर नगरपालिकाका कर्मचारीलाई “भक्तपुर नगरपालिकाले के गर्नसक्छ ?” भनी चुनौती दिएको खेदपूर्ण र निन्दनीय हो । उनीमाथि कानुनी कारबाही हुनु आवश्यक छ ।
८. भूउपयोग ऐन, २०७६ अनुसार नगरको कुन भागलाई कस्तो औद्यागिक क्षेत्र बनाउने नबनाउने अर्थात् भूमि वर्गीकरण गर्ने अधिकार सम्बन्धित स्थानीय तह भक्तपुर नगरपालिकाको हो । यही अधिकारअनुसार उद्योगी र जनताबीच मनमुटाव सडकमा पोखिनु अगाडि नै मानव बस्तीको बीचमा परेको नेपो इन्डस्ट्रिजजस्तो टेक्सटायल र डाइङ्ग उद्योग पूर्णरूपमा बन्द गराउन त्यस नगरपालिकाबाट आवश्यक निर्णयको लागि पुनः आग्रह गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *