ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ पुस्तकको पहिलो प्रकाशन २०३३ साल (१ सेप्टेम्बर १९७६) मा भएको थियो । पुस्तकका लेखक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहित हुनुहुन्छ ।
कम्युनिस्ट आन्दोलनको उद्देश्य वर्गविहीन समाज निर्माण गर्नको निम्ति हुन्छ । यस पुस्तकमा ‘काम गर्ने तरिका’ बारे अध्ययन गर्दा हरेक कम्युनिस्ट पार्टीको प्रमुख उद्देश्य हुन्छ– कामदार वर्गलाई शासनसत्तामा पु¥याउने । यसको निम्ति कामदार वर्गलाई राजनीतिक एवम् वर्गीयरूपमा शिक्षित गर्दै जानुपर्दछ ।
नेपालमा ‘कम्युनिस्ट’ पार्टीको सरकार छ तर कामदार जनताका समस्या जस्ताका तस्तै छन् । हरेक कम्युनिस्ट पार्टीले कामदार जनतालाई योग्यताअनुसार काम र कामअनुसार ज्याला दिन्छ । समान कामको निम्ति समान ज्याला, व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क तथा अनिवार्य शिक्षाको सिद्धान्तअनुसार काम गर्दछ । गरिब विद्यार्थीलाई सहायता र भत्ताको बन्दोबस्त गर्नुपर्छ ।
निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त समाजवादी व्यवस्थाले गर्दछ । मानसिक र शारीरिक श्रमबीचको भेद हटाउने प्रयास कुनै पनि कम्युनिस्ट व्यवस्थाले गर्छ । तर, नेपालको स्थितिमा त्यस्तो पटक्कै छैन । हाल कम्युनिस्ट सरकार नामको छ । कामदार जनताका समस्या जस्ताका तस्तै छन् । नेकपाको सरकार काङ्ग्रेसको अगाडिका सरकारमा कुनै अन्तर छैन । नेमकिपाका अध्यक्ष रोहितले भन्नुभएझैँ नेकपा र नेपाली काङ्ग्रेस एक सिक्काका दुई पाटाजस्तै छन् ।
नेकपाको सरकारले कार्यकर्तालाई पोस्नेमात्र काम गरिरहेको छ । देशमा भ्रष्टाचार, कमिसन र लुटतन्त्र चलिरहेको छ । कोभिड–१९ को महामारी फैलिरहेको छ । कोरोना भाइरसको निहुँमा कालाबजारियाको बिगबिगी छ । दैनिक उपभोग्य वस्तुमा चरम महँगी छ । श्रम गरेर खाने वर्गले श्रम गर्न पाइरहेका छैनन् ।
हरेक कम्युनिस्ट पार्टीले कामदार जनताको हितमा काम गर्छ । मजदुर वर्गको राज्यसत्ताको निम्ति कानुनी एवम् गैरकानुनी सङ्घर्ष हुन्छ । जनतालाई सचेत पार्दै गरिबको राज्यसत्ता स्थापना गर्न निरन्तर खटिरहने पार्टी नै सच्चा कम्युनिस्ट पार्टी हो । तर, जनविरोधी पार्टीहरू अहिले सिद्धान्त पढाएर केही हुँदैन, चुनावमा पैसा खर्च गरेर जित्नु नै प्रमुख सम्झन्छन् ।
नेमकिपाले लेनिनवादी सिद्धान्तलाई प्रयोग गर्दै प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर क्रान्ति र जनताको सेवा गरिरहेको छ । हरेक कार्यकर्ताले निकै गा¥हो परिस्थितिमा पनि धैर्य गुमाएका छैनन् । नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरू जनसेवाको निम्ति दिनरात खटिरहेका छन् । नेमकिपाका कार्यकर्ताहरूले लेनिनवादी सिद्धान्त आत्मसात गरी काम गर्नु अत्यन्त आवश्यक र सान्दर्भिक पनि छ ।
Leave a Reply