इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
क्युवाली क्रान्तिका दिवंगत नेता फिडेल क्यास्ट्रोका राजनीतिक र आर्थिक विचारसम्बन्धि नयाँ पुस्तक हालै सार्वजनिक भएको छ । पुस्तकमा लोकप्रिय नेताका विचारमा विभिन्न बुद्धिजीवी, विद्वान र पत्रकारहरुले गरेका विश्लेषण समावेश छन् ।
‘आइ एम फिडेलः पोलिटिकल एण्ड इकोनोमिक थट’(म फिडेलः राजनीतिक र आर्थिक विचार’ नाम दिइएको पुस्तक स्पेनियाली भाषामा छ । आफ्ना समयमा क्यास्ट्रोले राजनीतिक र आर्थिक विषयमा दिएका विचारहरु संग्रहित पुस्तक आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् ।
‘पूँजीवादी अर्थराजनीतिको अध्ययनका क्रममा म कम्युनिष्ट बनेको हुँ ।’
२४० पृष्ठको पुस्तकको प्रकाशन क्युवाली प्रकाशन गृह सिनसिआस सोसियालिसले गरेको हो । गएको नोभेम्बरमा दिवंगत हुनुभएका फिडेल क्यास्ट्रोका विचारमाथिको छलफललाई यो पुस्तकको प्रकाशनले थप बलियो बनाउनेछ ।
क्युवाली अर्थशास्त्री एवं अकाउन्टेन राष्ट्रिय संगठनका उपाध्यक्ष एवं पाँच क्युवाली नायकहरुमध्येका एक रामोन लाभानिनोले क्यास्ट्रोका विचारको संरक्षण, प्रचार र अघि बढाउने उद्देश्यले यो पुस्तकको प्रकाशन गरेको बताउनुभयो । रामोन नयाँ पुस्तकका सहसम्पादक हुनुहुन्छ ।
शीतयुद्धको समयमा फिडेल पश्चिम गोलाद्र्धमा साम्यवादका प्रतिनिधि हुनुहुन्थ्यो । सन् १९७७ मा दिइएको एक अन्तर्वातामा क्युवाली नेता क्यास्ट्रोलाई उहाँ कम्युनिष्ट हो वा होइन भनी प्रश्न सोधियो ।
जवाफमा उहाँले भन्नुभयो,‘पूँजीवादी अर्थराजनीतिको अध्ययनका क्रममा म कम्युनिष्ट बनेको हुँ ।’
पुस्तकमा अर्थतन्त्रबाहेक राजनीतिक विचारधारा, विज्ञान र मानवताबारे फिडेलका विचारको पनि विश्लेषण गरिएको छ ।
अर्थतन्त्रको क्षेत्रमा फिडेलले समाजवादी कार्यक्रमहरुको कार्यान्वयनको नेतृत्व गरेसँगै क्युवाली समाजवादी क्रान्तिले त्यहाँको राष्ट्रिय साक्षरता प्रतिशत ६० बाट छोटो समयावधिमै ९६ प्रतिशत पु¥यायो । सयौंको संख्यामा परिचालन भएका साक्षरता टोलीहरुले सात लाख वयस्यस्कहरुलाई पढ्न र लेख्न सक्ने बनायो । क्युवाली समाजमा क्यास्ट्रोका विचारको प्रभावलाई यो अभियानलाई प्रष्ट बनायो ।
क्यास्ट्रोको नीतिकै कारण संरा अमेरिकाको कडा नाकाबन्दीबीच क्युवा संसारका विभिन्न देशहरुसँग ऐक्यबद्धताको सम्बन्ध कायम राख्न सफल बन्यो । क्याटरिना आँधीहुरीको समयमा संरा अमेरिकालाई पनि सहयोग गर्न क्युवा सफल बन्यो । ‘देश जतिसुकै धनी भए पनि त्यो संकटको समयमा त्यहाँका गरीब जनतालाई स्वास्थ्य सेवाको आवश्यकता थियो ।’
Leave a Reply