नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
पहिलो चरणको स्थानीय तहको निर्वाचन सकेसँगै राजनीतिक दलका कार्यकर्ताहरु चुनावअघि आफूले राखेका झण्डा र अन्य प्रचार सामग्री निकाल्नमा लागेका छन् ।
भक्तपुर नगरमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु टोल–गल्ली र बजारमा आफूले राखेका मादल चिन्ह अंकित झण्डा र कागजका ध्वजा निकाल्न व्यस्त छन् ।

पार्टीले सबै झण्डा निकाल्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत पठाएको स्रोतको भनाई छ ।
विश्व सम्पदामा नामांकित भक्तपुर नगरमा दैनिक सयौंका संख्यामा पर्यटकहरु आउने गरेका छन् । चुनावको समयमा राखेका प्रचार सामग्रीले नगर फोहोर देखिने भएकाले चुनावी प्रयोजन सकिएलगत्तै कार्यकर्ताहरु झण्डा व्यवस्थापनमा लागेका हुन् ।
केही वडामा झण्डा निकाल्ने काम सम्पन्न भइसकेको छ भने केही वडामा केही दिनभित्र त्यो काम सम्पन्न बताइएको छ ।
नगरमा अन्य राजनीतिक दलहरुले पनि यस्तो सकारात्मक कामको लागि पहल गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।
Leave a Reply