भर्खरै :

थपिए १५१३ सङ्क्रमित, काठमाडौँ उपत्यकामा मात्रै ९३४, देशभर थप १० जनाको मृत्यु

काठमाडौँ, १३ असोज । नेपालभरि थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार नाघेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै सङ्क्रमित सङ्ख्या ७६ हजार २ सय ५८ पुगेको बताए ।
त्यसैगरी, मङ्गलबार काठमाडौँ उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार देशभर २० हजार ३ सय ९६ सक्रिय सङ्क्रमित र होम आइसोलेसनमा १० हजार ७ सय ७ जना रहेका छन् । गत २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुने सङ्ख्या ५५ हजार ३ सय ७१ पुगेको छ । सङ्क्रमितमध्ये निको हुने दर ७२.६ प्रतिशत रहेको छ । त्यस्तै थप १० को मृत्यु भएपछि अब यो सङ्ख्या ४१९ पुगेको छ ।
काठमाडौँमा थपिए ९३४ कोरोना सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३४ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ कोरोना सङ्क्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौँमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य केन्द्र भक्तपुरका निष्ठा बल्लका अनुसार मङ्गलबार भक्तपुरमा ७३ जना सङ्क्रमित भएका छन् ।
उहाँका अनुसार सूर्यविनायक नगरपालिकामा १५ पुरुष र ११ महिला, मध्यपुर नपामा १२ पुरुष र ५ महिला, भक्तपुर नपामा ८ पुरुष र ६ महिला र चाँगु नपामा ८ पुरुष र ३ महिला रहेका छन् ।
७३ जना सङ्क्रमितमध्ये ५ जना सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *