भर्खरै :

अध्ययन पूरा गरी देश र जनताको सेवामा समर्पित हुनुपर्छ

विद्यालय तह (कक्षा १२ सम्म) निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउनको लागि हामी सडक र सदनमा सङ्घर्षरत छौँ । पञ्चायतकालमा अलिअलि सुरु गरिएको शिक्षा र स्वास्थ्य सेवाको निजीकरण बहुदलयता बढ्दै आएको हो । सरकारी र सार्वजनिक संस्थानहरू निजीकरण गर्नु आजसम्मका सरकारहरूको देशद्रोही र जनद्रोही अपराध हो ।
विश्वव्यापीकरणको अर्थ विश्वमा उपलब्ध ज्ञान र प्रविधि सम्पूर्ण मानवजातिको हितमा उपयोग गर्नु हो । विश्वव्यापीकरणलाई निजीकरणको रूपमा परिभाषित गरिएको गलत छ । विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक र सन्दर्भ पुस्तकमा विश्वव्यापीकरणको अर्थ विश्वमा उपलब्ध ज्ञान र प्रविधि जनहितमा उपयोग गर्ने उल्लेख गर्नु आवश्यक छ । विश्वव्यापीकरणको अर्थ निजीकरण नभएकोबारे नयाँ पुस्तालाई शिक्षित गर्नु शैक्षिक संस्थाहरूको कर्तव्य नै हो ।
सरकारले विश्वव्यापीकरणको निहुँमा बैङ्किङ, सञ्चार, रेल, हवाइजहाज, शिक्षा, स्वास्थ्यलगायतलाई निजीकरण गर्दै छ । जनताको सेवा हुने सार्वजनिक क्षेत्रको जिम्मेवारीबाट सरकार पछि हट्नु कायरता नै हो ।
भूगोल र जनसङ्ख्या नेपाल जतिकै भएको प्रजग कोरियाले माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरेको सात दशक बढी भयो । यो देशले समाजलाई बुद्धिजीवीकरण बनाउने अभियान पाँच दशक अगाडि नै सुरु गरेको हो । प्रजग कोरियाका साथीहरूले समाजलाई बुद्धिजीवीकरणको अर्थ मजदुर, किसान, प्रहरी जवान, सेनाका जवान सबैलाई स्नातक तह उत्तीर्ण गराउने बताउनुभयो । नेपालमा त्यस्तो शैक्षिक बन्दोवस्त कहिले हुने हो ? प्रजग कोरियाका विश्वविद्यालयहरूमा तीन वर्षभित्र स्नातक, एक वर्षमै स्नातकोत्तर उत्तीर्ण हुने सघन कक्षाको पनि व्यवस्था गरिएको छ । प्रजग कोरियाले युवा वैज्ञानिकमार्पmत देशको सार्वभौमिकता रक्षा र विकासको लागि सन् २०१६ मै हाइड्रोजन बमको विकास ग¥यो । यसपछि सधैँ प्रजग कोरियाविरुद्ध नाकाबन्दी र युद्धको धम्की दिँदै आएको एवम् आफूलाई विश्वको पहरेदार ठानेको अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पसमेत प्रजग कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्न बाध्य भए ।
भक्तपुर नगरपालिकाको तर्फबाट ख्वप मावि सञ्चालन गर्न स्वीकृतिको लागि हामी सम्बन्धित सरकारी निकायमा पुग्दा कतिपयले नगरपालिकाबाट शैक्षिक संस्था सञ्चालन टिकाउ नहुने बरु दुई चार जना मिलेर निजी विद्यालय सञ्चालन गर्नुपर्ने तर्क राखेका थिए । सरकारको शिक्षा निजीकरणको नीतिकै कारण कतिपयमा यस्तो दुष्प्रभाव देखिएको हो ।
हामीले भक्तपुर नगरपालिकाकै नमूना विद्यालय सञ्चालन गर्ने जवाफ दियौँ । आज ख्वप माविबाट सर्वसाधारण हजारौँ विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् ।
तीस वर्षयता सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा भर्ना गराउने, सरकारी अस्पतालका बिरामीलाई निजी अस्पतालमा पठाउने, सरकारी स्वामित्वको बैङ्कका ग्राहकलाई निजी बैङ्कमा पठाउने र यसबाट कमिसन खानेहरूबारे पनि धेरै समाचार प्रकाशित भयो । यस्तो गलत काम गरेकाहरूलाई सरकारी मानिसहरूबाटै संरक्षण पनि भयो । नेपालको विद्यार्थी आन्दोलनको नेता दावी गरेकाहरू देशको प्रधानमन्त्री र मन्त्री भए । तर, शिक्षामा निजीकरण नरोकिएको हुँदा अहिले पनि धेरै गरिव विद्यार्थी विद्यालय र कलेजबाट बाहिर छन् । यसका दोषी सरकारमा गएका पार्टी, नेता, मन्त्रीहरू नै हुन् ।
कोभिड–१९ सङ्क्रमण बढेकै कारण विद्यालय र कलेज सात महिनादेखि बन्द छन् । कोभिड–१९ को भाइरस गत वर्षको सेप्टेम्बरमा अमेरिकाको हवाई टापुमा देखिएको हो । यो भाइरस छोटो समयमै अमेरिकाको मुख्य – मुख्य सहरमा फैलियो । अमेरिकी राष्ट्रपति ट्रम्पलाई यसबारे जानकारी पनि दिइयो । तर, त्यतिबेला उनी यही नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा पुनः उम्मेदवार हुन चन्दा उठाउँदै थिए भने बाँकी समय गल्फ खेल्दै थिए ।
गतवर्षकै अक्टोबरको मध्यमा चीनको उहानमा भएको सैनिक खेलकुदमा भाग लिन गएका अमेरिकीहरूले नै कोभिड–१९ भाइरस चीनमा फैलाएको पनि सार्वजनिक भइसकेको छ । चीनमा यो भाइरसका बिरामी देखिनेबित्तिकै आवश्यक सतर्कता अपनाउने र अनुसन्धान गर्ने काम भयो । अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरसलाई सामान्य रुघाखोकी र छिट्टै बिलाउने दावी गरी वेवास्ता गरेको हुँदा विश्व आजको भयावह सङ्क्रमणमा परेको हो ।
अमेरिकाले यो भाइरसलाई ढाकछोप गर्ने काम ग¥यो भने चीनले तत्कालै यो भाइरसबारे विश्व स्वास्थ्य सङ्गठन र बाँकी विश्वलाई सूचना प्रवाह ग¥यो । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि दोष थोप्न ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ आरोप लगाउनु आपूmमाथि आउने दोषलाई पन्छाएका मात्र हो । अस्ट्रेलिया, क्यानडा र युरोपका देशलाई समेत ट्रम्पले चीनविरुद्ध भड्काउने असफल प्रयास गरे ।
छोटो समयमै चीनलाई कोभिड–१९ रोकथाम गर्न सफलता मिल्यो । अमेरिका, भारत, ब्राजिललगायत युरोप अझै कोभिड–१९ को भयावह सङ्क्रमणको पीडामा छन् ।
भारतसँगको खुला सीमाकै कारण नेपालमा कोभिड–१९ सङ्क्रमण बढेको हो । यसकारण, सरकारले अविलम्ब भारतसँगको खुला सीमा बन्द गरी आवश्यक निगरानीको लागि सुरक्षाकर्मीलाई जिम्मा दिनु आवश्यक छ । भारतसँगको खुला सीमा यथावत राखेर नेपाल सरकारले अर्थतन्त्र चलायमान बनाउने निहँुमा निषेधाज्ञा खुकुलो बनाएको हुँदा सङ्क्रमण भयावह हुने स्थिति छ ।
विश्व स्वास्थ्य सङ्गठनले जनघनत्व बढी भएको ठाउँमा कोभिड सङ्क्रमण बढ्ने अध्ययन प्रतिवेदन पनि सार्वजनिक ग¥यो । सरकारहरूले देशको सन्तुलित विकास नगरेका हुँदा काठमाडाँै उपत्यकामा जनघनत्व बढ्दो छ । यसकारण, नेपालमा राजधानी काठमाडौँ नै कोभिड सङ्क्रमणको ‘हटस्पट’ बन्ने खतरा बढ्दो छ ।
विज्ञहरूले कोभिड–१९ सङ्क्रमण अझ लम्बिने बताएका छन् । आउने चिसो मौसमसँगै यो बढ्ने छ । इजरायलमा दोस्रो पटक लकडाउन गरियो । लन्डनमा पनि सङ्क्रमण बढ्दो छ । अनलाइन कक्षाबाटै हाम्रो शिक्षा अगाडि बढाउनुपर्ने स्थिति छ । नयाँ पुस्ताका सम्पूर्ण विद्यार्थीले अनलाइन कक्षाबाट आफ्नो अध्ययन पूरा गरी देश र जनताको सेवा गर्ने अभियानमा सामेल हुनु आवश्यक छ । सबै विद्यार्थीलाई ख्वप माविको अध्ययनमा सफलता प्राप्त होस् भनी शुभकामना दिन चाहन्छु ।
(ख्वप मावि र शारदा क्याम्पस माविमा भर्ना भएका विद्यार्थीको अभिमुखीकरण कार्यक्रममा असोज ९ गते दिनुभएको मन्तव्यको सार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *