भर्खरै :

पुँजीवादी व्यवस्था आफ्नो चिहान खन्दै

व्यक्तिसँग सूचना र ज्ञानको स्रोत सा¥है सानो हुन्छ भने सरकारको सूचना, ज्ञान तथा बलको स्रोतसाधन अतुलनीयरूपले बढी हुन्छ । यसकारण, संविधानले सरकारलाई यसको कार्यान्वयनको अत्यधिक अधिकार पनि प्रदान गरेको हुन्छ । त्यसैले जनताले शासन गर्ने बुद्धि, बल र कौशल भएको राजनैतिक दललाई शासन गर्नकै लागि बहुमत प्रदान गरेका हुन्छन् ।
धनमत्ता र यौवनमत्ता जसरी अन्धो हुन्छ, त्यस्तै राज्य शक्तिको मातले सिद्धान्तनिष्ट, शिष्ट, प्राज्ञ र विनम्र पार्टीपनि कुनै व्यक्तिजस्तै अहङ्कारी, घमण्डी र निरङ्कुश हुन बेर लाग्दैन । त्यसकारण, जनताकै मतको आधारमा बेलगाम सरकारलाई सचेत पार्न संविधानमा प्रमुख प्रतिपक्षको महत्वपूर्ण भूमिका पनि बन्दोबस्त गरिएको छ । सिद्धान्ततः प्रमुख प्रतिपक्षी दलले शासनमा भागबण्डामा हिस्सा लिन पाउँदैन । संविधानमा शासकलाई सचेत पार्न प्रमुख प्रतिपक्षको व्यवस्था राखिएको प्रस्ट छ, बेलायती शैलीको प्रजातन्त्रमा ।
तर, ओली सरकारसम्म आइपुग्दा प्रमुख प्रतिपक्षी दलको रूपमा प्रस्तुत नेपाली काङ्ग्रेसले संविधानको सैद्धान्तिक र व्यावहारिक विषयलाई छोड्यो । ‘डाँकुहरूले लूटको सम्पत्ति र बन्दुकको आधार’ मा भागबण्डा गरेजस्तै नेपाली काङ्ग्रेसले न्यायपालिका, कार्यपालिका र विधानपालिकामा समेत खुल्ला र गुप्त भागबण्डा गरेको व्यापक चर्चा अब कुनै नयाँ विषय रहेन । न्यायाधीशहरूको नियुक्ति, राजदूतहरूको मनोनयन, विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति र प्रतिनिधिसभा एवम् माथिल्लो सदनमा सभापतिहरूको चयनमा समेत भागबण्डा हुन्छ भने बहुमतको शासनको प्रजातन्त्र खोज्ने कहाँ ?
हिजो एमालेंएमाओवादी (नेकपा) को मनोनित सांसद आज काङ्ग्रेसको सूचीमा, हिजो काङ्ग्रेसको सूचीमा रहेमा सांसद आज नेकपामा पुगेका छन् । यी सैद्धान्तिक विषयभन्दा पनि द्रव्यमोह वा ‘चन्दा’ मात्र हो भन्दा फरक पर्दैन । तर, बुद्धिजीवी समुदायले प्रमुख प्रतिपक्षी दलको भागबण्डालाई ‘द्रव्य मोह’ र ‘चन्दा’ नभई शासक दलले प्रमुख प्रतिपक्ष दललाई ‘घुस’ दिएको वा राजनैतिक ‘भ्रष्टाचार’ वा एक प्रकारको अक्षम्य अपराध मानेको छ । संविधान, ऐन–कानुनमा प्रस्ट अपराध किटान नगरेपनि ‘लेनदेन’ गर्ने दुवै पक्षलाई राजनैतिक र सैद्धान्तिक दृष्टिले ‘नैतिक अपराधी’ भन्नु बढी उपयुक्त हुन्छ ।
बेलायती शैलीको भागबण्डाको प्रकरण अरू देशमा देखिएको हुँदा पुँजीवादी व्यवस्थाकै ठूलो दोष हो भन्दै संरा अमेरिकाको जस्तो राष्ट्रपतीय बन्दोबस्त पुँजीवादी विचारकहरूले दिएको ‘उपहार’ थियो । त्यसमा पनि बरोबर ‘दल बदलु’ भावना अमेरिकामा पनि मुखरित भइरहेकै छ । साँच्चै सांसद र नेताहरूले समेत ‘दल बदल’ गर्ने ‘अस्थिरता’ र ‘अनिर्णय’ को अपराध गर्ने हो भने भ्रष्टाचार रोक्ने कसरी ? पञ्चायत र नेपाली काङ्ग्रेस सरकारकै विचार, संस्कार र समयकै व्यक्ति एवम् परिवारजनहरू नै ठेकेदार, व्यापारी, उद्योगपति, गिट्टी–बालुवा उत्खनन गरी प्राकृतिक सन्तुलन बिगारी पहिरो ल्याउने ‘बहादुरहरू’, सीमा–व्यापारी (तस्कर), वन मासुवा र सखुवाको वन नासी विदेशी वन तस्कर पोस्ने जस्ता सबै ‘माफिया’ अपराधीहरू अब सधैँ सत्ताकैै नजिक रहेपछि देश बन्छ कसरी ?
कर्मचारीहरू पनि देश र जनताको हितभन्दा आफ्नो हितलाई प्राथमिकता दिने जात–जाति र भाषाका ठेकेदारहरू तथा क्षेत्रवादी भएपछि देश सुध्रिने र विकास हुने कसरी ? सत्ताको घोडालाई यस्तै छोड्ने हो भने ‘सुधार’ र ‘विकास’ २० प्रतिशतले बढ्दा क्षति तथा ध्वंस ८० प्रतिशतले बढ्ने अनुमान ननिस्केला !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *