भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
माक्र्सको द्वन्द्वात्मक भौतिकवाद विज्ञानसम्मत दर्शन हो । यो काल्पनिक दर्शन होइन । किनकि भौतिकवाद वस्तु, प्रकृति र इतिहासको तथ्यमा आधारित छ । द्वन्द्वात्मक भौतिकवादले दुनियाँलाई बुझ्छ र बदल्छ । दुनियाँलाई बुझ्नुको अर्थ वस्तु, प्रकृति र समाजलाई बुझ्नु हो, त्यसको गुण, चरित्र र स्वरूपलाई बुझ्नु हो, तिनका नियम, समाजमा रहेका अन्तरविरोधलाई ठम्याउनु हो । दुनियाँलाई बदल्नुको अर्थ नियमअनुरूप वस्तु वा समाजमा विद्यमान अन्तरविरोधको हल गर्नु हो, आमूल परिवर्तन गर्नु हो । दुनियाँ बुझ्न देश विदेशका सामाजिक, आर्थिक र राजनीतिक स्थितिबारे थाहा पाउनुपर्छ । दुनियाँलाई बदल्न वर्गको विश्लेषण गरी जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ, सिद्धान्तनिष्ठ बनाउनुपर्छ ।
द्वन्द्वात्मक भौतिकवादले गतिशील पदार्थलाई विश्वास गर्छ । पदार्थ जड होइन । यो गतिशील छ भन्ने कुरा परमाणुको अध्ययनबाट स्पष्ट हुन्छ । पदार्थलाई गति प्रदान गर्न अलौकिक या ईश्वरको आवश्यकता पर्दैन । द्वन्द्वात्मक भौतिकवादीहरूले वस्तुगत तथ्यमा आधारित ज्ञानलाई प्रमाणित गर्छ । उनीहरूले सत्य र असत्यको कसीलाई छुट्याउँछ । सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै माक्र्सवादी ज्ञानको सार हो ।
वर्गसङ्घर्षका अनेकौँ व्यवहारिक अनुभवबाट सिद्धान्त तयार गरिएको हुन्छ । त्यस सिद्धान्तले व्यवहारतः बहुमत जनताको सेवा गर्छ । यसकारण समाज बदल्न माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण जरुरी छ । द्वन्द्वात्मक भौतिकवादीहरूले सामन्ती, पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी, जालिफटाहा, प्रतिक्रियावादीहरूको मान्यता चुँडाल्ने काम गर्छन् । उनीहरू समाज बदलेर आमूल परिवर्तन गरेर देशलाई छिट्टै विकास गर्छन्, श्रम र श्रमिकको कदर गर्छन्, इमानदारीपूर्वक देश र जनताको सेवा गर्छन् । अन्याय र शोषणमा आधारित समाजलाई बदल्छन् । शोषणरहित समाज स्थापना गर्न अघि बढ्छन् ।
तर, आदर्शवादीहरू चिन्तन, विचार, ईश्वर वा अलौकिक शक्तिलाई सृष्टिको कारण मान्छन् । उनीहरू वस्तु वा जगतलाई विचार, चेतना भएको स्वीकार्दैनन् । उनीहरू संसार वा वस्तुलाई जान्न र बुझ्न सकिन्न भन्छन् । आदर्शवादीहरू शोषक वर्गको पक्ष लिन्छन् । संशोधनवादीहरू पनि आदर्शवादभित्रै पर्छन् । आदर्शवादीहरू वस्तु जगतलाई अस्वीकार गरी ईश्वरीय उपदेश र दिव्य पुरुषका महावाणीहरूलाई सच्चा ज्ञान मान्छन् । सारमा आदर्शवादीहरू धर्म, कर्म, ईश्वर, व्यक्तिपूजा, श्रमप्रति घृणा, जालझेल, शोषण र व्यक्तिगत स्वार्थमा भुल्छन् । उनीहरू जनताको भावना, विचार, मूल्य र मान्यताको बेवास्ता गर्छन् ? उल्लङ्घन गरी शोषण गर्छन्, व्यक्तिगत लाभमा लाग्छन् र प्रतिक्रियावादीहरूको स्वार्थमा सक्रिय हुन्छन् । राजा, महाराजाहरूको गुणगान गाउन उनीहरू पछि पर्दैनन् । तर, द्वन्द्वात्मक भौतिकवादीहरू वर्गसङ्घर्षमा विश्वास गर्छन् । शोषणरहित समाज स्थापना गरेर बहुमत जनताको सेवामा जुट्छन् । त्यसका लागि उनीहरू क्रान्ति गर्छन् । क्रान्तिमार्फत आमूल परिवर्तन गरिएको हुन्छ । माक्र्सवादले सिकाएको पाठ यही हो ।
Leave a Reply