क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
महाकाव्यलाई पूर्वीय र पाश्चात्य जगतकै सबैभन्दा पुरानो साहित्यिक विधा मानिन्छ । कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने ठूलो महाकाव्य हो, जसलाई श्रव्यकाव्यअन्तर्गत पनि राखिन्छ । महाकाव्यमा जीवन र जगतको विराट पक्षको काव्यात्मक प्रस्तुति हुन्छ । पूर्वमा वाल्मीकिको ‘रामायण’ र व्यासको ‘महाभारत’ तथा पश्चिममा होमरको ‘इलियड’ र ‘ओडिसी’लाई सबैभन्दा पुरानो महाकाव्य मानिन्छ । ‘रामायण’ र ‘महाभारत’ लाई इसापूर्व ५०० भन्दा अगाडिका ग्रन्थ मानिन्छन् । पूर्व र पश्चिमका यिनै आदि महाकाव्यलाई आधार मान्दै यसका सिद्धान्त र मान्यता विकास गर्दै अन्य महाकाव्य रचित भएको पाइन्छ ।
महाकाव्य रचनाको निम्ति आठ सर्ग (खण्ड) भन्दा बढी सर्ग आवश्यक हुन्छ । महाकाव्य पद्य र गद्य दुवै विधाको प्रयोग गरी लेखिन्छ । पद्यमा लेखिएको महाकाव्यमा विभिन्न छन्दको प्रयोग गरिएको हुन्छ । वर्ण र मात्राहरूको गेय (गाउन योग्य) व्यवस्थालाई नै छन्द भनिन्छ । गद्यको नियम व्याकरण हो भने पद्यको नियम छन्दशास्त्र हो । नेपाली साहित्यमा छन्द पच्चिस प्रकारका छन् ।
नेपाली साहित्यको पहिलो महाकाव्य भानुभक्तको ‘रामायण’ (१८९८–१९१०) लाई मानिन्छ । यो पनि वाल्मिकीद्वारा लिखित ‘अध्यात्म रामायण’बाट अनुदित वा भावानुवाद हो । यसको प्रकाशन वि.सं. १९४२ मा भएको थियो । पहिलो मौलिक महाकाव्य सोमनाथ सिग्देलको ‘चन्द्र चरित’ (१९७६–१९८६) लाई मानिन्छ । जुन शासक स्तुतिमा आधारित छ । सर्वाधिक उत्कृष्ट महाकाव्य देवकोटाको ‘शाकुन्तल’ (२००२) मानिन्छ, जसको विषयवस्तु र कथावस्तु महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकमा आधारित रहेको बताइन्छ । पहिलो मौलिक सामाजिक महाकाव्यको रूपमा देवकोटोले ६० घण्टामा तयार गरेको ‘सुलोचना’ (२००२) लाई लिइन्छ । त्यसपछि थुप्रै महाकाव्य नेपाली साहित्य क्षेत्रमा रचना गरिएका छन् ।
यसैबीच राजा, महाराजा वा असामान्य व्यक्तित्वलाई काव्यको नायक खडा गर्ने साहित्यको परम्परालाई पछ्याउँदै साहित्यकार नवराज लम्सालद्वारा लिखित ‘कर्ण’ महाकाव्य (२०६६) पढ्ने अवसर प्राप्त भयो । पद्य र गद्य दुवै विधामा रचित पच्चिस सर्गमा विस्तारित ‘कर्ण’ भूमिका र लेखकीय समेत गरी २८३ पृष्ठको छ । जसमा एउटा गजलसहित १४ प्रकारका छन्दको प्रयोग गरिएको छ ।

नवराज लम्साल
कर्ण राज्य र जनताबीचको दूरी कम गर्न वा जनताको हक अधिकार समानताको लागि युद्ध होस् भन्ने चाहन्छन् । जनताको चेतना वृद्धिको लागि युद्ध लड्नुपर्ने चाहना कर्णको छ । नयाँ युद्धले जनतालाई पनि राज्यको नीति निर्माण तहमा ल्याउनुपर्ने जिकिर छ । जात होइन श्रमको आधारमा उच्च मूल्याङ्कन र सम्मान होस् भन्ने चाहन्छन् उनी । तर, कर्णको सम्पूर्ण कुरामा दुर्योधन चेतनाशून्य भई ढुङ्गासरि उभिन्छन् ।
आफ्नै सन्तान एक अर्काको मृत्युको कारण बनेर युद्धमा होमिन लागेको विषयले कुन्तीलाई विक्षिप्त बनाउँछ । (सर्ग पन्ध्र)
सर्ग सो¥हमा कुन्ती र कर्णको भेट र संवाद छ । कुन्तीले आफ्नो विगत र कर्णलाई बगाउनुपर्नाको विलाप छ, बगाएपछिको पीडा व्यक्त छ । उनी युद्ध छोडेर पाण्डवका जेठा दाजु र राज्य रोज्न कर्णलाई आग्रह गर्छिन् । यसबाट पनि कुन्तीले राजसुख भोग्न मातृसुख त्यागेको बुभ्mन सकिन्छ । कुन्ती बलात्कृत भएकी थिइन् वा सहमतिमै सूर्यसँग सम्बन्ध स्थापित भो भन्नेमा अघिल्ला सर्गसँग यो सर्ग बाझिएको महसुस पाठकलाई हुन्छ कुन्तीलाई अरूको निम्ति होइन आफ्नै निम्ति बाँच्न कर्णको अनुरोध छ । व्यक्तिगत स्वार्थको लागि आफू नबाँचेको तर्क छ । काख नपाएको आफूलाई मनमा नराख्न कर्णको आग्रह छ । कुन्तीको सम्पूर्ण दुःखको कारण स्वयम् उनी नै भएको तथ्य राख्छन् कर्ण । नारी हुँदैमा सबै दासता, दुःख सहनुपर्छ भन्ने मान्यता त्याग्नु पर्ने र विद्रोहमा उत्रनुको विकल्प नरहेको कर्णको तर्क छ र सबै दुःखको कारण दरबारविरुद्ध उभिन आह्वान छ–
आगो नबालीकन हुन्न तातो
छ नारी तिम्रो पनि रक्त रातो !
युद्धको लागि अन्तिम युद्ध मन्त्रणासभा हुन्छ । अर्जुन र पाण्डवलाई मारेर राज्य आफ्नो बनाउने प्रण गर्छन् दुर्योधन । दुर्योधनलाई आफ्नै पिता र वरिपरिका आफन्तको विश्वास नगर्न र आफूलाई सारथी बनाउन सुझाव छ कर्णको । युद्ध दुःखी गरिब जनताको निम्ति लड्न सुझाव दिन्छन् । राज्य श्रम शोषणको केन्द्रमात्र हुन नहुने तर्क गर्दै गरिबले दुर्योधनको विजयको लागि मात्र हो भने किन लड्ने भनी प्रश्न गर्छन्, सर्ग सत्रमा–
झुप्रोले किन लड्ने हो–महायुद्ध तिमीसँग
तिम्रो विजयमा अर्काे युद्ध लड्न तिमीसँग ?
कर्ण राज्य र जनताबीचको दूरी कम गर्न वा जनताको हक अधिकार समानताको लागि युद्ध होस् भन्ने चाहन्छन् । जनताको चेतना वृद्धिको लागि युद्ध लड्नुपर्ने चाहना कर्णको छ । नयाँ युद्धले जनतालाई पनि राज्यको नीति निर्माण तहमा ल्याउनुपर्ने जिकिर छ । जात होइन श्रमको आधारमा उच्च मूल्याङ्कन र सम्मान होस् भन्ने चाहन्छन् उनी । तर, कर्णको सम्पूर्ण कुरामा दुर्योधन चेतनाशून्य भई ढुङ्गासरि उभिन्छन् ।
सर्ग अठारमा युग कसैको पेवा नहुने, युग पसिनाको र पसिना युगको हुने उल्लेख साहित्यकार गर्छन् । दाजुभाइबीच अंशबण्डाको लागि भएको महायुद्धको १५ दिनको वर्णन छ, यस सर्गमा । यस अवधिमा द्रोणाचार्य मारिन्छन् र भीष्म घाइते हुन्छन् । कौरब पक्ष सेनापतिविहीन हुन्छ । आगामी रणनीतिबारे बैठक बसिन्छ । जनता र दरबारबीच गहिरो खाडल निर्माणमा प्रमुख भूमिका खेल्नेमध्ये एक द्रोणाचार्यका छोरा अश्वत्थामाले आफ्ना बाबुको विभेदमा परेका उही कर्णलाई आगामी युद्धको प्रधान सेनापति बनाउन वा त्यही दरबारको रक्षा गरिदिन याचना गर्छन्, कर्णले स्वीकार्छन् ।
तर, राज्यविरूद्ध लड्न राज्यकै मतियारहरूलाई सघाउने कर्णको निर्णय नै गलत छ, जनतालाई राज्यविरूद्ध एकगठ नगरी उनले सोचेजस्तो जनताको दरबार कसरी ठडिन्थ्यो र ? सर्ग उन्नाइसको हरफ पनि भन्छ –
मालिकहरूको लडाइँ
मालिकहरूको इष्र्या र अहङ्कार
मालिकहरूकै जीतहार
कौवालाई बेल पाकेर न हर्ष न विस्मात् !
यस सर्गमा युद्धभूमिको विभत्स दृष्य चित्रण छ । चेतना र विवेकको भन्दा हतियारको मूल्य बढेको व्याख्या छ । युद्ध रोक्ने मनसाय नभएका तर युद्धको बखान सुन्न लालायित धृतराष्ट्र र यति हुँदासम्म पनि आँखामा पट्टि बाँधिराख्ने गान्धारीहरू पनि युद्धका कारक रहेको स्पष्टोक्ति छ ।
युद्ध भूमिबाट युधिष्ठिर भाग्छन्, अर्जुन पनि सँगसँगै भाग्छन्, अर्जुनको सामथ्र्यमाथि प्रश्न उठाई कर्णलाई नमारेको भन्दै युधिष्ठिर अर्जुनसँग रिसाउँछन् । कर्ण र अर्जुन आमनेसामने हुन्छन् । कृष्णले चलाखी गरी शङ्ख फुकेर युद्ध स्थगन गर्छन् र अगामी युद्ध थेग्न नसकिने परिकल्पना गर्छन् । कर्णले नकुललाई प्राणदान दिएका हुन्छन् ।
सर्ग बीस गद्यमा लेखिएको छ । युद्ध मैदानमा पाण्डव पक्षको उत्साह हराएको तर कर्णको उर्जा अझ तेजिलो भएको स्थितिको चित्रण छ । भीष्म पनि घायल छन्, प्राण पर्खँदै छन् । कर्णपुत्र वृषसेन रणमैदानमा उत्रन्छन्, पराक्रम देखाउँछन् । आफ्नो छोरो अभिमन्यु मारिँदा साक्षी बस्ने कर्णप्रति बदलाभाव राख्दै अर्जुनले वृषसेनलाई वाण प्रहार गरी मार्छन् । जसरी कर्ण दृढ अडान राख्ने सुरवीर हुन् त्यसरी नै दृढता देखाउने अभिमन्युलाई कलिलो उमेरमै चक्रव्युहमा फसाएर मारेको अन्य साहित्यमा पढ्न पाइन्छ । सुरक्षाको वाचा दिएर चक्रव्युहमा पठाउने पाण्डवहरू नै अभिमन्युको असली हत्यारा भएको पनि बताइन्छ । अभिमन्यु कसरी मारिए त्यसको पनि वर्णन यस काव्यमा भइदिएको भए राम्रो हुन्थ्यो ।
आफ्नो छोरो मारिएपछि क्रोधित कर्ण र अर्जुनबीच घमासान युद्ध हुन्छ । मित्रता र कर्तव्य पालनाका लागि कर्ण युद्धमा रहेको वर्णन छ । पसिनाको कमाइ खाने र दरबारको भागबण्डा चाहने दुई विपरीत स्वार्थको लडाइँ वा सत्ताप्राप्तिका लागि लड्ने २ पक्ष (कौरव÷पाण्डव) र सत्यको निम्ति लड्ने (कर्ण) बीचको त्रीकोणात्मक सङ्घर्षको रूपमा पनि ‘महाभारत युद्ध’ लाई लिन सकिन्छ । कुन्तीले पाँच छोराको प्राणदान माग्दा दिएको वचनमा अडिग छन् कर्ण । तर, वीरता र करूणाको सन्तुलन बनाइराख्न निकै पीडा हुन्छ कर्णलाई । मान्छेको लासका बिस्कुन सुकाएर सत्ताप्राप्तिको सपना कोरलिरहने युधिष्ठिरका कारण लडाइँ लम्बिरहन्छ । पटक–पटक लडाइँको मैदान छाडी भागेका पाण्डवहरूलाई प्रहार नगर्ने कर्णदेखि दुर्योधन अचम्भित र शसङ्कित हुन्छन् । हार्न नजानेका दुर्योधनले आफ्नो हारसँगै राज्यहिंसा टुङ्गिने कल्पना गर्छन् तर युद्धमै होमिने प्रण गर्छन् । युद्ध हारेपनि जितेपनि मित्रता हार्न नचाहेका दुर्योधन कर्णले विश्वासघात नगर्नेमा पुनः विश्वस्त हुन्छन् र आफू जसरी पनि राजा हुने सङ्कल्प गर्छन् । दुर्योधनका लागि जे गर्न पनि तयार कर्ण अर्जुनलाई मार्नु नै युद्धको मुख्य अंश रहेको र अरूलाई मार्नुको अर्थ नरहेको भाव व्यक्त गर्छन् सर्ग एक्काइसमा –
हाँगाहाँगा जति काट जराले रूख बाँच्दछ
अर्जुन नमरेसम्म फेरिन्न युद्धको मुख ।
सर्ग बाइसमा पाण्डव युद्ध हारिन्छ भन्ने मानसिकतामा हुन्छन् तर कृष्ण जितिने पुष्ट्याइँ गर्छन् । विश्वासघात, जालझेल, छल, गरेर भएपनि युद्ध जित्ने भरोसा दिलाउँछन्, युद्धमा न्यायको रूप नखोज्न आग्रह गर्छन् । वीरता र तागतले मात्र कर्ण नमारिने कृष्णको तर्क छ । सारा अन्याय सहेर चट्टानझैँ कर्ण कसैसँग नहार्ने वीर पुरुष भएको कृष्णको चित्रण छ । युद्धमा क्षमतावान्लाई मार्न षड्यन्त्र नै गर्नुपर्ने तर्क छ । कृष्णका हरेक चालबाजी मान्न तयार पाण्डव उनलाई देवता मान्छन् । राजाहरूका मतियारको रूपमा चित्रण दैवी आवरणको चतुर मान्छेको रूपमा कृष्णको व्याख्या छ । पाउ ३५ (हुनुपर्ने ३६) मा पद चाप शब्दको सट्टा पद चिन्ह भइदिएको भए उपयुक्त हुने थियो ।
कृष्णको सोचविपरीत कसैलाई मारेर वा व्यक्तिगत हत्याले सामन्ती संस्कार र सोच अन्त्य नहुने कर्णको विचार छ । कर्ण मान्छे होइन उसको प्रवृत्ति मार्न चाहन्छन् । हस्तिनापुरको सत्ता र सत्ताधारीबारे सर्ग तेइसमा साहित्यकार लेख्छन् –
आँखा नदेख्ने धृतराष्ट्र
मन नदेख्ने तिनका सन्तान
शरीर रोगी पाण्डु
मनरोगी तिनका सन्तान
सबैको टुपी रिङाउने
चतुर कृष्ण
ठूलो देशको राजदूतले
सानो देशको सत्ता हलचल गरेजस्तो ।
यी हरफ पढिरहँदा विस्तारवादी नीति लिएको भारतका राजदूतहरूले नेपालका सरकार र शासक दलहरूलाई पारेको प्रभावको सम्झना गराउँछ । सिंहदरबार र बानेश्वर वा प्रमुख सरकारी निकायहरूमा भारतीय दूतावासबाट एक फोन आउँदा त्यहाँका कामकारबाहीमा गतिरोध उत्पन्न भएको भुक्तभोगीहरू बताउँछन् ।
यस सर्गमा पनि महाभारत युद्धको विभत्स चित्रण र दृष्य वर्णन छ । अश्वत्थामालगायत सबको भागभाग हुन्छ, नकुल मारिन्छन् । अर्जुनसँग आफ्नी आमा मारिँदाको बदला लिन अश्वसेन (नाग) कर्णलाई आफूलाई वाणमा राखी प्रहार गर्न भन्छन् र आफूले अर्जुनलाई मार्न सहयोग गर्न चाहेको बताउँछन् । तर, जालझेल होइन आफ्नै क्षमताले लड्ने दृढता व्यक्त गर्दै कर्णले उक्त प्रस्ताव अस्वीकार गर्छन् । अश्वसेन कर्णको इमानप्रति श्रद्धा व्यक्त गर्दै फर्कन्छन् । तर, विक्षिप्त अर्जुनले अश्वसेनलाई तीन टुक्रा पार्छन् । कर्णको चरित्र र युद्धको स्वरूपमा घाम र जूनजत्तिकै अन्तर भएको व्यक्त छ ।
क्षितिजमा फैलिएको मैदान रगतले भिजेको छ, रगत र मासुको गन्धले काग–गिद्धहरू नै अस्वस्थ भइसकेको ‘महाभारत युद्ध’को परिदृष्य छ । भनिन्छ यस युद्धमा विश्वको ८० प्रतिशत जनसङ्ख्या सखाप भएको थियो ।
हिलाम्य र चिप्लो भुईँमा कर्णको रथ कोल्टे पर्छ, रथको पाङ्ग्रा निकाल्न कर्ण हतियार राखेर तल ओर्लन्छन् । यसरी ओर्लन पाउनु युद्धको आचारसंहितामा पर्ने हुँदा पनि निहत्था कर्णमाथि प्रहार गर्न अर्जुनलाई कृष्ण इसारा गर्छन् । तर, अन्यायी प्रहार गर्न नसक्ने अर्जुनको भनाइ भएपनि कृष्णको इसारामा चल्न बाध्य अर्जुनले अन्त्यमा निहत्था कर्णलाई पछिल्तिरबाट प्रहार गर्छन्, कर्ण घाइते हुन्छन् । घाइते कर्णको मुखबाट ‘आमा’ शब्द निस्कन्छ तर कुन आमा उनी आफै अनभिज्ञ छन्– कुन्ती या राधा ¤ एउटै युद्धमा एक आमाको पराजय र अर्को आमाको विजय सायद संसारकै पहिलो घटना भनी व्यक्त गर्छन्, साहित्यकार ।
जात, कूल, थरको आधारमा नभई सीपका आधारमा मान्छेलाई पुज्नुपर्ने तर्क गर्दै कवि अत्याचारविरूद्ध सयौँ युद्ध कलमरूपी हतियारद्वारा गर्ने उद्घोष गर्छन् । यसले अन्य साहित्यकारहरूलाई पनि उत्साहित गर्ने नै छ ।
महाभारत युद्ध १८ दिनसम्म चल्छ । घाइते कर्ण अर्जुनलाई न्यायको लागि भन्दै अन्यायपूर्ण लडाइँ लडेको र सामथ्र्य देखाउन नसकेको प्रश्न गर्छन् । युद्ध युद्ध नै बिर्सेर हत्याको तहमा झरेको कर्णको गुनासो छ । छल गरेर जितेको युद्धको गरिमामाथि नयाँ पुस्ताले प्रश्न गर्ने भनाइ छ । युधिष्ठिर राजा हुँदैमा जनताको दुःख अन्त्य नहुने तर्क छ । त्यसो त कौरव पक्षले जित्दा पनि स्थिति त्यस्तै हुने थियो । अर्जुनलाई हिंसा छाडी जनविश्वास जित्न आग्रह छ । कर्णको मृत्युसँगै युद्ध समाप्तिको शङ्ख बज्छ ।
सर्ग चौवीसको उपर्युक्त हरफले नेपालको कथित जनयुद्ध र त्यसपछिको समयको पनि झल्को दिन्छ –
सत्ताको युद्ध भो व्यर्थ जनता दुक्खमै बसे
दुक्खमै जनता बाँच्छन् सपना भूईँमा खसे ।
सर्ग पच्चिस वा अन्तिम सर्गमा उपसंहार छ । महाभारतकालीन समयलाई अहिलेको युगसँग दाँज्छन् कवि । आज पनि लाखौँ कर्ण अनि त्यस्तै राज्यसत्ता रहेको भाव पोख्छन् –
त्यही राज्य अघोरी छ –अन्याय अपराध छ
जहाँ सामन्ती संस्कार पूरै राज्य अङ्गाल्दछ ।
नेपालका राजनीतिक शासक दलहरूलाई लेखकको आग्रह छ–
चारतारा तथा सूर्य हथौडा हँसिया सुन
तिम्रा कर्महरू के छन् पढ जाँच स्वय्म चिन ।
तर, यी सबै पार्टी महाभारतका पाण्डव र कौरवका नेपाली संस्करण हुन् भन्दा फरक नपर्ला ¤ जसलाई जनसुख होइन मात्र सत्तासुख चाहिएको छ । सूर्य, हँसिया हथौडा अर्थात् अहिलेको नेकपा पनि सामन्ती सोच भएको पुँजीवादी पार्टी नै हो । आज यहाँ न्यायको निम्ति लड्ने कर्णहरू मारिइँदै छन् अनि मार्नेहरू दरबार पस्दै छन्, कविले भनेझैँ –
तिमी कर्णहरू सारा मारेर नबसे कतै
मृत्युको रङ टेकेर दर्बार नपसे कतै ।
जात, कूल, थरको आधारमा नभई सीपका आधारमा मान्छेलाई पुज्नुपर्ने तर्क गर्दै कवि अत्याचारविरूद्ध सयौँ युद्ध कलमरूपी हतियारद्वारा गर्ने उद्घोष गर्छन् । यसले अन्य साहित्यकारहरूलाई पनि उत्साहित गर्ने नै छ ।
महाकाव्यमा सबैभन्दा छोटो सर्ग एघारौँ हो भने सबैभन्दा लामो सर्ग नवौँ रहेको छ । सर्ग ५, ७, १६, २०, २२ र २३ मा पाउ क्रम सङ्ख्या मिलेको छैन । सङ्ख्या नमिलेको हो वा पाउ नै छुटेको, पाठक अलमलमा पर्नेछन् । मुद्रा राक्षसले सताएकै छ, वर्ण विन्यास अझ मिलाउन सकिन्थ्यो । व्यक्तिगत मूल्य रू.२५० र संस्थागत रू.५०० अहिलेको बजारभाउअनुरूप ठीकै होला । क्षमताले उठ्न खोज्ने हर युगका कर्णहरूप्रति समर्पित यस महाकाव्यले साहित्य जगतमा एउटा नयाँ आयाम थपेको मान्न सकिन्छ । पठनीय महाकाव्य ‘कर्ण’ को निम्ति साहित्यकार लम्साललाई धेरै–धेरै धन्यवाद !
मीठो बोली बोल्ने मान्छे सबै असल हुन्छन् भन्न सकिँदैन ।
मीठो …!
हो !साच्चिकै सहि श्रमको आधारमा मान्छेलाई हेरिनुपर्छ ।
कर्ण !