परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
झापा १९ असोज । मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड –१९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी भाडा असुलेका हुन् ।
व्यवसायीले निर्देशिकाविपरित सीट क्षमताभन्दा बढी यात्रु कोच्ने, भाडा बढी असुल्ने र गाडीमा स्यानिटाइजरसमेत नराख्दा कोरोनाको सङ्क्रमण बढ्ने यात्रुहरूको गुनासो छ । चन्द्रगढी–१० की धनमाया लिम्बूले सार्वजनिक सवारी साधनमा स्यानिटाइजर नराखी मापदण्डविपरीत यात्रु राख्दा ट्राफिक प्रहरीले बेवास्ता गर्दा कोरोना सङ्क्रमणको उच्च जोखिम हुने बताउनुभयो ।
“निर्देशिकामा सरकारले सीट क्षमताको आधामात्रै यात्रु राखेर थप ५० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेको छ, तर न स्यानिटाइजर, न सामाजिक दुरी, चालक सहचालकले उल्टै यात्रुलाई सरकारले तोकेको भाडा खुरुक्क तिर्नुहोस् भन्दै हप्काउने गर्छन् ।” उहाँले भन्नुभयो । पूर्वाञ्चल जीप व्यवसायी सङ्घमार्फत चन्द्रगढी– चारआली सडकखण्डमा २३ वटा मिनी बस चलिरहेको सङ्घका सचिव जय रिमालले बताउनुभयो ।
उहाँले निर्देशिकाविपरीत जुनसुकै गाडीले यात्रु बढी उठाएर भाडा लिएमा जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा कारबाही गरिने बताउनुभयो । चन्द्रगढीबाट चारआली १० किलोमिटर छ । जहाँ यातायात व्यवसायीहरूले रु. ५० भाडा लिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले आधा सीटभन्दा बढी यात्रु राख्ने, स्यानिटाइजर नराख्ने र चालक तथा सहचालकले मास्कको प्रयोग नगरेको पाइएमा रु. ५०० देखि रु. एक हजार ५०० सम्म जरिवाना गरिने बताउनुभयो ।
रासस
Leave a Reply