भर्खरै :

कृषि तथा वन विज्ञान विवि सञ्चालनमा

 
देशमा कृषिको अनुहार फेर्ने उद्देश्यले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँगै विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हड्तालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कार्तिकबाट रोकिएको परीक्षाफल प्रकाशित भएको छ भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन भएका छन् । विद्यार्थीहरू नवौँ सेमेस्टरमा पुग्दा पनि छैटौँ सेमेस्टरको परीक्षाफल आएको थिएन । अब रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको छ ।
अनलाइनबाट प्राध्यापकहरूले पठनपाठन सुरु गरे पनि कोभिड–१९ का कारण परीक्षा भने लिन सकिएको थिएन । विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भारतलगायत अन्य देशका विश्वविद्यालयको शैक्षिक गतिविधि अध्ययन गरी यहाँ लागू गरिने बताइएको छ ।
विश्वविद्यालयमा रहेका समस्यालाई समाधान गर्न डिन, प्राध्यापक, कर्मचारी एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । नयाँ निर्देशिका जारी भएसँगै अनलाइन पद्धतिबाटै परीक्षा हुने लगभग पक्का छ । विश्वविद्यालयमा दुई महिनादेखि विभिन्न माग राख्दै कर्मचारीले तालाबन्दी गरेका थिए । विश्वविद्यालय प्रशासन जायज माग सम्बोधन गर्न तयार देखिएसँगै ठप्प रहेको विश्वविद्यालयले गति लिएको हो ।
तेह्र महिनापछि विश्वविद्यालयले नयाँ कुलपति पाएसँगै अन्योलमा रहेका विद्यार्थीलाई राहत मिलेको छ । सैद्धान्तिक विषयमा परीक्षा लिन समस्या छैन, प्रयोगात्मक परीक्षाका लागि पनि व्यवस्थापन मिलाउनेबारे छलफल गरिरहेको छ ।
कोभिडका कारण सानो सानो समूह निर्माण गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिनेबारे तयारी गरिरहेको डिन जमरकट्टेलको भनाइ छ । भेटेरिनरी सङ्कायमा फिल्ड, ल्याब र क्लिनिकल प्रयोगात्मक हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *