भर्खरै :

४३६४ कोरोना सङ्क्रमित थपिए सङ्क्रमितको सङ्ख्या ९८ हजार ६१७

काठमाडौँ, २२ असोज । देशभर नोवेल कोरोना भाइरसका थप चार हजार ३६४ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ सङ्क्रमित थपिएका हुन् ।
देशभर बिहीबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ६७५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६१७ पुगेको छ ।
शनिबार दुई हजार १२० कोरोना भाइरस सङ्क्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको थियो । सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
मङ्गलबार देशभर एक हजार ५५१ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई हजार ३४० जना डिस्चार्ज भएका छन् । मङ्गलबार देशभर कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
बुधबार तीन हजार ४३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने एक हजार १२६ जना डिस्चार्ज भएका छन् । देशभर बुधबार १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *