भर्खरै :

चाड नजिकिँदा भक्तपुरको बजार अनुगमन

भक्तपुर, २२ असोज । भक्तपुर नगरपालिको बजार अनुगमन समितिले बुधबार सुकुलढोका बजारका ते¥ह वटा विभिन्न पसलको अनुगमन गरेको छ ।
संयोजक राजकृष्ण गोराको नेतृत्वमा खाद्य, फलफुल, तरकारी, मिठाइ, माछा पसलको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा दीक्षा एन्ड सदीक्षा स्टोरका सञ्चालकलाई पसल दर्ता नवीकरण गर्न निर्देशन गरिएको छ । दीक्षा एन्ड सदीक्षा स्टोर र भक्त बी स्टोरमा रहेका म्याद नाघेका सामान जफत गरी नष्ट गरिएको थियो ।
अनुगमन समितिले सविना राजभण्डारीको किराना पसलमा मूल्यसुची राख्ने, साइनबोर्ड राख्ने, पसल दर्ता नवीकरण गर्ने र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै श्रेष्ठ मिठाइ भण्डारमा सरसफाइमा ध्यान दिने, मिठाइ झिंगाले नभन्किने गरी जालीले छोप्ने, मिठाइमा रङ्ग बढी प्रयोग भएको देखिएकोले ५ किलो मैदामा १ ग्राममात्र खाद्य रङ्ग प्रयोग गर्न, प्याकेजिङ गुडपाकलगायतका सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेरमात्र बिक्री वितरण गर्न, कामदारलाई मास्क, पन्जा, हेयरनेट, एप्रोन प्रयोग गराई कार्य गराउन निर्देशन दिइयो ।
मेराज फिस हाउस र न्यु माधव फिस हाउसमा मूल्यसूची राख्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, फोहर पसल बाहिर बाटोमा फोहर हुने गरी नराख्न र सरसफाइमा ध्यान दिन, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिइयो ।
त्यस्तै रोसन पान पसल दर्ता नवीकरण गर्न, गुट्खा खैनीलगायतका सामानहरूमा लेवलमा उत्पादन मिति र म्याद नाघेको मिति नभएकोले त्यस्तो सामान बिक्री नगर्न निर्देशन दिइयो ।
पुरूषोत्तम साखकर्मीको किराना पसलमा सामान व्यवस्थित गर्न, नियमित सरसफाइ गर्न, म्याद नाघेको सामान अलग स्टोर गर्न र म्याद नाघेको सामान जफत गरी कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो ।
दिनेशलाल कोङाको किराना पसल प्याकेजिङ सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राखेरमात्र बिक्री गर्न, म्याद नाघेको सामान जफत गरी नष्ट गरिएको छ ।
प्रकाश तरकारी पसल दर्ता नवीकरण गर्न निर्देशन दिइएको छ । जय माताजी फ्रुड सेन्टरमा म्याद नाघेको जफत गरी नष्ट गरी सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
दिनेश स्टोर दर्ता नवीकरण गर्न, म्याद नाघेको सामान जफत गरी नस्ट गरी कार्यालयमा हाजिर हुन सञ्चालकलाई निर्देशन दिइएको छ । निर्वान स्टोर दर्ता नवीकरण गर्न, पसल सरसफाइ गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेसनका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक जयराम दुलाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग वाणिज्य सङ्घका पञ्चकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका कमलश्वरी खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *