ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
यतिबेला सिङ्गो संसारले कोरोना कहर भोगिरहेको छ । करिब आधा वर्ष यतादेखि यो भाइरसले संसारलाई आफ्नो कब्जामा लिन खोजिरहेको छ । हामी भाइरससँग बच्ने र जुध्ने प्रयास गरिरहेका छौँ । भाइरससँग जुध्ने चेतना र आवश्यक सामग्रीको अभाव झेलिरहेका छौँ । कोरोना संसारको साझा समस्या हो । योसँग जुध्दै अघि बढ्नुको विकल्प छैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू कोरोनाविरुद्धको लडाइँको अग्रमोर्चामा छन् । ‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावले अस्पतालमा खटिइरहँदा हामी स्वास्थ्यकर्मीले अनेक अप्ठ्यारोसँग जुध्नु परिरहेको छ । आफू सङ्क्रमित हुने डरभन्दा पनि आफ्ना बिरामी र परिवारलाइर्( कसरी जोगाउने भन्ने भाव मनभरि छ । आफू जोगिए अझ बढी सेवा गर्न सकिन्छ भन्ने भावले सीमित स्रोधसाधनको भरमा आफ्नो मनोबल जोगाएका छौँ । स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिने क्रम बढ्दै जाँदा उनीहरूले झेलेका पीडा र अपमान अकल्पनीय छन् । म यो आलेखमा त्यही पाटो उप्काउने प्रयास गर्दै छु असाध्यै ग¥हौँ मन लिएर । अटेसमटेस भावना शब्दमा पोखिन मानिरहेका छैनन् ।
नेपालकै सबैभन्दा जेठो वीर अस्पतालमा म विगत १७ वर्षदेखि काम गरिरहेको छु । हाल नर्सिङ अधिकृतको भूमिकामा त्यहाँ सेवारत छु । मानव सभ्यतामाथिकै ठूलो चुनौतीको यो कष्टकर घडीमा हामी अत्यन्तै संवेदनशील भएर अहोरात्र बिरामीको सेवामा खटिएका छौँ । कोरोना सङ्क्रमित बिरामीको आत्मबल कम होला कि, चित्तमा ठेस लाग्ला कि भनेर सचेत पनि छौँ । यसरी काम गरिरहँदा सङ्क्रमित स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरिएको, सङ्क्रमितको घर भनेर ब्यानरै टाँग्न खोजिएको, सामाजिक बहिष्करणमा पारिएको खबर सामाजिक सन्जाल, टीभी र पत्रपत्रिकामा आउँदा असाध्यै छटपटी हुन्छ । बेलाबेलामा मनोबल ढल्न खोज्छ । तर, धरमराएको मनलाई आफैँले टेको दिन्छु । दुखेको मनलाई आत्मबलको मलम लगाउँछु । हिँड्न सिक्दै गरेको बच्चाजस्तै हुन्छ मन । धरमराउँदै उठ्छ मन । त्यसरी उठेको मनले सङ्क्रमित र अरू बिरामीको सेवामा खट्न अ¥हाउँछ ।
यस्तै सन्त्रासको समय चलिरहँदा कोरोनाले मलाई पनि एकदिन अँगालो हाल्यो । नमीठो र त्रासदीपूर्ण अँगालो । अस्पतालको अस्तव्यस्त शैलीले भाइरसलाई पीपीईले छेकेन । सँगै काम गर्ने आत्मीय सहकर्मी, आदरणीय अग्रज र कैयन् साथीहरूले पनि कोरोनालाई छल्न सक्नुभएन । मेरो नियमित सेवाकर्ममा अस्थायी ब्रेक लगाउने गरी मोबाइलमा सन्देश बज्यो, कोभिड—१९ डिटेक्टेड भनेर । यो सन्देशले केहीबेर मलाई स्तब्ध बनाए पनि यो दिन आउन सक्छ भनेर म मानसिकरूपमा पहिल्यैदेखि तयार थिएँ । म एक जिम्मेवार नागरिकसँगै अनुभवी, सक्षम र जिम्मेवार स्वास्थ्यकर्मी पनि हुँ । यो भाइरसका असर र प्रभावबारे मसँग राम्रो ज्ञान छ । यसबाट बच्न, जोगिन र उम्कन बारम्बार कैयौँलाई हौसला पनि दिएकी छु ।
कार्यक्षेत्रमा रहँदै गर्दा मलाई भदौ २५ गते साँझपख अलि सन्चो नभएको महसुस भएको थियो । शरीरका हरेक अङ्ग थाकेको महसुस भएको थियो र मध्यमखाले ज्वरो आएको थियो । शरीरमा भएको यो परिवर्तन महसुस भए तापनि ठीक त्यसैबेला एक बिरामीको रोगसँग लड्दालड्दै मृत्यु भएको कारण आफ्नो शारीरिक पीडालाई भुलेर आफ्नो कार्य सिध्याएँ । काम सकिएपछि आफूलाई गा¥हो भएको कुरा सहकर्मीलाई भनेँ र कोरोना जाँचको लागि लागेँ । त्यही क्षणबाट एकान्तवासमा बसे पनि मनमा परिवर्तित मौसमको कारण आफूलाई सन्चो नभएको होला भन्ने लागेको थियो । कोरोनाले छोयो भन्ने सोचेको थिइन ।
कमजोर हुँदा मुसाले सिंहलाई पनि पछार्छ भनिन्छ । मानसिक र शारीरिक पीडाको समुद्रमा डुबिरहँदा कतिपय आफ्नाहरू आफ्नाजस्ता हुँदैनन् भन्ने कुरा मैले महसुस गरेँ । जानीनजानी समाजका सदस्यबाट मेरा सन्ततिमाथि सामाजिक दुरीको लागि व्यङ्ग्यात्मक घोचपेच हुँदा मलाई त्यस्तो महसुस भयो । सायद आकाशमा चिल उड्नु र तल रूख ढल्नुको संयोगजस्तै भएको पनि हुनसक्छ । परिवारका सदस्यहरूको रिपोर्ट केकस्तो आउला भन्ने डर मनैभरि थियो । धन्न सबैको रिपोर्ट धमाधम नेगेटिभ आइरहेको थियो । यसो हुँदा आफ्नो पीडा कम भएको थियो । मैले पहिलेदेखि नै सचेतना अपनाएको र आफूले जानेको ज्ञान परिवारमा लागु गर्नुको सकारात्मक परिणाम थियो यो । तर, पनि समाजको कमजोर चेतनाको प्रभावबाट म अछुतो रहन सक्ने कुरै भएन । कोरोनाको पीडाजस्तै दुःखद रह्यो आफ्नो सेरोफेरोबाट पाएको दुःख पनि । कसैलाई दोष लगाउने मेरो रहर छैन । यो साझा समस्या हो । भोलि जसलाई पनि पर्नसक्छ । मानवता नहल्लियोस् भन्नेमात्र मेरो सोचाइ हो ।
समय आफ्नै गतिमा बगिरहन्छ । मौका आउँछ पर्खदैन । एकान्तवास (आइसोलेसन) को समय नितान्त व्यक्तिगत र आफ्नो समय हो । यसको सबैले भरपुर सदुपयोग गर्नुपर्छ र मन बहलाउनुपर्छ । मैले मेरो एकान्तवासको समयमा सम्बन्धित निकायलाई सूचित गरेँ र सृजनशील आफ्ना हातहरूलाई आफ्नो रुचिको काममा ब्यस्त बनाएँ । सिलाइबुनाइ मेरो रुचि हो । तसर्थ पुराना कपडाको भण्डारलाई खोतली ‘बेस्ट फ्रम बेस्ट’ बनाइ रमाएँ । फिल्मी मनोरञ्जनमा आफूलाई खुसी बनाएँ । मेरो आत्मीय दाजुको प्रेरणाले बिपश्यना ध्यानमा तल्लीन रहेँ । जीवनको अभिन्न साथी (जीवनसाथी) को कहिल्यै नहल्लिने माया, साथ, सहयोग र प्रेरणाले मलाई त्यो कठिन समय गुजार्न धेरै सहज भयो । जीवनसाथीको असीम मायाले विषम परिस्थिति पार गर्न धेरै सजिलो भयो ।
सुरुका दिनमा म कोरोना सङ्क्रमित छु भनेर कसैलाई भन्न पनि मन भएन । त्यसले मानसिक तनाव दिँदोरहेछ । सायद मैले यसो गर्नुमा हाम्रो सामाजिक संरचना र अवस्था पनि हुनसक्छ तर मलाई यसमा खेद छैन । कोरोना सङ्क्रमण भएका मेरा साथीहरू अस्पतालले व्यवस्था गरेको ठाउँमा एकान्तवासमा बसे । मलाई आफ्ना मुटुका टुक्राजस्ता बच्चाहरूबाट पर बस्न मन भएन । उनीहरूको हाँसो मेरो जीवनको ऊर्जा हो । त्यो ऊर्जाबाट पर बस्न मन भएन । त्यसैले घरकै एकान्तवास रोजेँ । उनीहरूको पीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म मन निकै आत्तियो । उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि मन हल्का भयो । मेरो घरछेउको सरकार— भक्तपुर नगरपालिकाले असाध्यै माया दियो । त्यहाँको जनस्वास्थ्य कार्यालयले हालखबर सोध्यो । भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्षले फोन गर्नुभयो । मैले घरमै आइसोलनमा बस्छु भन्ने । केही दिन पछि वडा अध्यक्ष र वडा सदस्यहरू, कर्मचारी दाइ दिदीहरू आवश्यक सामग्रीको बाकससहित घर आउँदा मन निकै हर्षित भयो । उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
कोभिड—१९ सामाजिक दुरी कायम गर्ने रोग होइन । सामाजिक दुरी र भौतिक दुरीमा आकाश र पातालको फरक छ । सामाजिक दुरीले मानिसलाई एक्ल्याउँछ । अत्याउँछ । छि†छिः र दुरदुरको पात्र बनाउँछ । यो त्यस्तो बेथा होइन । यो त भौतिक दुरी कायम गरेर अलिकति पर तर आत्मीय रूपले परिवार, समाज र इष्टमित्रको माया, ढाढस र स्याहारले नियन्त्रण गर्न सकिने बेथा हो । समाज, परिवार सबै मिलेर हेला गरे भने कुनै पनि बेथाबाट पार लगाउन । यसकारण यसलाई भौतिक दुरीको रूपमा मात्र बुझौँ । सँगसँगै तर अलग र अलि पर बसेर मिलेर जिउने कला जान्नुपर्छ । रोगसँग सचेत बनौँ । कुनै पनि रोग लागेका व्यक्तिलाई होलाहोचो नगरौँ । समाजसँग अलग नगरौँ । दुरवचन नगरौँ । आफ्नाहरूको आवश्यकता अप्ठेरोमा झन् बढी पर्छ । अप्ठेरोले आत्तिएको मनमा मलम लगाऔँ । कोरोना साझा समस्या हो । मिलेर जोगिऔँ । बेथालाई मायाले जितौँ ।
Leave a Reply