भर्खरै :

प्राविधिज्ञ र विशेषज्ञहरू तयार गर्दै प्रजग कोरिया बुद्धिजीवीकरणको अभियानमा

यो युग विज्ञान र प्रविधि–ज्ञानको युग हो । विज्ञान र प्रविधिको द्रुत विकासले गर्दा प्राविधिज्ञहरूको तालिमलाई उन्नत पार्न निकै जरुरी भएको छ । हामीले यो तालिम कार्यलाई आधुनिक विज्ञान र प्रविधि–ज्ञानको विकासको प्रवाहसित मिल्ने गरी उन्नत पा¥यौँ भनेमात्रै हामीले हाम्रो देशको विज्ञान र प्रविधिलाई छिटछिटो अगाडि बढाउन, प्राविधिक क्रान्तिलाई तीव्र पार्न र समाजवादी आर्थिक निर्माणलाई उच्च गतिले झन्झन् छिटो पार्न सक्छौँ । उच्च शिक्षाका कार्यकर्ताहरूले प्राविधिज्ञ र विशेषज्ञहरूको तालिम कार्यलाई हाम्रो बदलिँदै गइरहेको परिस्थितिका आवश्यकताहरूसित मिल्ने गरी उन्नत पार्नुपर्दछ ।
यस उद्देश्य पूरा गर्नको लागि उच्च शिक्षाको वैज्ञानिक र सैद्धान्तिक स्तरलाई अझ माथि उठाउनु पर्दछ ।
प्राविधिक शिक्षाको विकास गर्नु यस सम्बन्धमा महत्वपूर्ण वस्तु हो ।
आधारभूत प्राविधिक शिक्षालाई सुदृढ पार्नु विशेषीकृत प्राविधिक शिक्षालाई सक्षम पार्नको लागि नभई नहुने आवश्यकता हो । आधारभूत प्राविधिक शिक्षा विद्यार्थीहरूलाई उनीहरूले विशेषीकृत प्रविधि–शास्त्र अध्ययन गर्न चाहिने मूलभूत ज्ञान दिने तालिम हो । हामीले शिक्षालाई तीव्र पारेर विद्यार्थीहरूलाई आधुनिक विज्ञान र प्रविधि–शास्त्रका मौलिक सिद्धान्तहरू राम्ररी जान्न प्रोत्साहित पा¥यौँ भनेमात्र उनीहरूले विश्वविद्यालयको अध्ययन क्रममा आधुनिक विज्ञान र प्रविधि शास्त्र अझ बढी प्रभावकारीरूपले सिक्न सक्नेछन् र आफ्नो पेशागत ज्ञान त्रुटिहीन पार्न सक्नेछन् । अनि, विश्वविद्यालय शिक्षा सिध्याइसकेपछि राष्ट्रिय अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा उठ्ने कठिन र जटिल विज्ञान र प्रविधिशास्त्रसम्बन्धी समस्याहरूलाई सिर्जनात्मकरूपले समाधान गर्न सक्नेछन् । शिक्षाका कार्यकर्ताहरूले आधारभूत प्रविधिशास्त्रको शिक्षालाई बेवास्ता गर्नु हुँदैन, बरु विशेषीकृत क्षेत्रहरूमा आधारभूत शिक्षालाई सुदृढ पार्नेतर्फ ध्यान केन्द्रित पार्नुपर्दछ ।
हामीहरूले आधारभूत प्राविधिक शिक्षालाई तीव्र पारेर विशेषीकृत प्रविधि–ज्ञानको शिक्षाको वैज्ञानिक र सैद्धान्तिक स्तर उठाउनुपर्दछ । विज्ञान र प्रविधि–ज्ञान अहिले छिटछिटो विकसित हुँदै गइरहेकोले, नयाँ नयाँ आयामहरू स्थिररूपले खुल्दै गइरहेका छन् र इलेक्ट्रोनिक कम्प्युटर र औद्योगिक रोबोर्टजस्ता अत्याधुनिक प्राविधिक उपकरणहरू उत्पादनमा व्यापकरूपले प्रयोग हुँदै छन् । उच्च शिक्षाका संस्थाहरूले आफ्ना खास खास क्षेत्रमा भएका विज्ञान र प्रविधिका ज्ञानका सबभन्दा नयाँ नयाँ उपलब्धिहरूको व्यापक प्रयोग गरेर विशेषीकृत प्राविधिक शिक्षाको स्तर छिटछिटो उठाउनुपर्दछ । खासगरी, प्राविधिक विश्वविद्यालयहरूले अत्याधुनिक विज्ञान र प्रविधि–ज्ञान, इलेक्ट्रोनिक र स्वचालन उद्योगहरूमा स्वचालनको मूल तत्व र साधन सिकाउनेतर्फ, वेल्डिङ (धातु जोड्ने) र हाइड्राउलिक (तरल वस्तुको चापको शक्ति प्रयोग गर्ने) प्रविधिहरू सिकाउनेतर्फ र आफ्ना विशेषीकृत क्षेत्रहरूका अरु नयाँ प्रक्रिया र गतिविधिहरूबारे सिकाउनेतर्फ आफ्ना प्रयत्नहरू लगाउनुपर्दछ ।
आज प्राविधिक शिक्षालाई वृद्धि गर्ने काममा हाम्रो सामु रहेका जरुरी अभिभाराहरूमध्ये एक वटा त डिजाइनमा तालिम दिने काम उन्नत पार्नु हो । प्राविधिक विश्वविद्यालयहरूले यसमा ठूलो ध्यान दिनु र यसरी प्रत्येक विद्यार्थीले कुनै पनि प्रकारको ब्लुप्रिन्ट (प्राविधिक डिजाइनको नक्सा) सजिलै पढ्न सक्ने र आफूले नै विविध प्रकारका आधुनिक मेसिनहरू र उपकरणहरू आविष्कार गर्न र डिजाइन गर्नसक्नु पार्ने हो ।
प्राविधिक शिक्षामा जुछे स्थापना गर्नु जरुरी छ ।
जुछे स्थापना गर्नु हाम्रो पार्टीले प्राविधिक शिक्षामा स्थिररूपले लिइरहेको महत्वपूर्ण सिद्धान्त हो । प्राविधिक शिक्षाको क्षेत्रमा जुछे दृढतासाथ स्थापना गरेमा मात्र हामीले हाम्रा विद्यार्थीहरूलाई क्रान्तिलाई इमानदारीसाथ सेवा गर्ने उपयोगी प्राविधिक कर्मचारीहरू बन्ने गरी तयार गर्नुपर्दछ । शिक्षामा दृढतासाथ जुछेमा आधारित भए र प्राविधिक विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हाम्रो प्राकृतिक स्रोतहरू प्रभावकारीरूपले विकास र प्रयोग गर्नको लागि तथा हाम्रो राष्ट्रिय अर्थतन्त्रको स्वाधीन र जुछेमा आधारित स्वरूपलाई अझ बढी सुदृढ पार्नको लागि आवश्यक हुने वैज्ञानिक र प्राविधिक ज्ञान निकै धेरै दिनुपर्दछ । इन्जिनियरिङ विश्वविद्यालयहरूले खासगरी आफ्ना विद्यार्थीहरूलाई वैज्ञानिक र प्राविधिक समस्याहरूका सम्बन्धमा राम्ररी शिक्षा दिनुपर्दछ र यसबाट उनीहरूलाई हाम्रो घरेलु स्रोतहरू प्रयोग गरेर कच्चा पदार्थ, इन्धन र शक्तिका समस्याहरू समाधान गर्न मद्दत मिल्नेछ । साथै उनीहरूलाई फलाम उत्पादनमा हाम्रो स्वाधीनता प्रगति गर्न पनि मद्दत मिल्नेछ । कृषि विद्यालयहरूले हाम्रो मुलुकमा हामीले सिर्जनात्मकरूपले विकसित पारिरहेको जुछे–कृषि तरिका र जुछेमुखी कृषि विज्ञान र प्रविधि–ज्ञानको शिक्षा दिने काममा ध्यान केन्द्रित पार्नुपर्दछ ।
उच्च शिक्षाको वैज्ञानिक र सैद्धान्तिक स्तर उठाउने काममा सामाजिक विज्ञान र आधारभूत विज्ञानहरूको तालिम तीव्र पार्नु जरुरी छ । विशेषज्ञहरूलाई सामाजिक विज्ञानमा तालिम दिने कर्तव्य भएका विश्वविद्यालयहरूले जुछे विचारधाराको, हाम्रो पार्टीका नीतिहरू र सामाजिक विज्ञानबारे जुछेमा आधारित सिद्धान्तहरूको व्यापक र गहिरो ज्ञानको शिक्षा दिएर विद्यार्थीहरूले जुछेको विचारधारा, सिद्धान्त र तरिकामा पोख्त हुन र सामाजिक विज्ञानका सबै पक्षहरूलाई जुछे विचारधाराको आधारमा नयाँ दृष्टिकोणबाट विकास गर्नसक्ने पार्नुपर्दछ ।
राष्ट्रिय अर्थतन्त्रको क्षेत्र बढ्दै गइरहेको र आर्थिक प्रशासनमा अत्याधुनिक वैज्ञानिक र प्राविधिक कदमहरू व्यापकरूपले प्रयोग भइरहेको वर्तमान परिस्थितिले गर्दा समाजवादी अर्थतन्त्रलाई वैज्ञानिक पद्धतिको आधारमा व्यवस्थापन गर्नु आवश्यक भएको छ । सामाजिक विज्ञानमा विशेषज्ञहरू तालिम गर्ने विश्वविद्यालयहरूले प्रबन्धमा राम्रो आधार दिनुपर्दछ । यसरी विद्यार्थीहरूले समाजवादी आर्थिक प्रबन्ध मूलभूत सिद्धान्तहरूबाट सुरू गरी, त्यसपछि नियोजन, श्रम सङ्गठन, उपकरण नियन्त्रण, प्राविधिक सम्भार र वित्तीय सञ्चालन सिकेर समग्ररूपले व्यवस्थापनको गहिरो ज्ञान प्राप्त गर्नसक्ने र साथै अर्थतन्त्रको प्रबन्धमा इलेक्ट्रोनिक कम्प्युटर र अरू प्राविधिक उपकरणहरूको व्यापक प्रयोग गर्ने योग्यता प्राप्त गर्नसक्ने पार्नुपर्दछ ।
गणित, भौतिक शास्त्र, रसायन शास्त्र र जीवविज्ञानजस्ता आधारभूत विज्ञानहरूको तालिममा निकै ध्यान दिनुपर्दछ । आधुनिक विज्ञान र प्रविधिशास्त्रको द्रुत विकास आधारभूत विज्ञानहरूको सफलतामा आधारित छन् र यी विषयहरूमा स्वाधीनता पनि आधारभूत विज्ञानहरूबाट नै निस्कन्छ । आधारभूत विज्ञानहरूलाई विकास गरेर हामीले विज्ञान र प्रविधि–ज्ञानको तह छिटछिटो उठाउन सक्छौँ, राष्ट्रिय अर्थतन्त्रका विभिन्न क्षेत्रहरूको सामु रहेका सम्बन्धित समस्याहरूलाई समाधान गर्नसक्नेछौँ । हाम्रो विज्ञान र प्रविधिशास्त्रलाई जुछे स्वरूपसित मिल्ने गरी विकास गर्नसक्नेछौँ । विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई आधारभूत विज्ञानहरूको क्षेत्रमा पाएका नवीनत्तम सफलताहरू बुझ्न मद्दत गर्नुपर्दछ र यसबाट विशेषज्ञहरू तालिम गर्ने काममा आमूल सुधार गर्नुपर्दछ ।
यो तालिम उन्नत पार्नको लागि उच्च शिक्षाले विद्यार्थीहरूलाई क्रान्ति र निर्माणमा लागू हुने व्यावहारिक काम गर्ने ज्ञान पनि दिनुपर्दछ ।
उच्च शिक्षाले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सिकाउने हो भने यसले वैज्ञानिक प्रयोग र उत्पादनका व्यावहारिक तालिमसित निकटरूपले जोडेर प्रवचन दिनुपर्दछ । प्रवचनहरूबाट पाइने ज्ञान प्रयोगात्मक कार्यद्वारा अझ राम्ररी बुझ्न सकिन्छ र प्रवचनलाई उत्पादनमा व्यावहारिक तालिमद्वारा उचित योग्यता दिने कार्यसित जोडेमा मात्र प्रवचन व्यावहारिक तालिमलाई हटाउन हुँदैन । प्रचवनका वैज्ञानिक र सैद्धान्तिक स्तरलाई निरन्तर उठाउँदै त्यसको गुणस्तर उन्नत पार्नुपर्दछ । विश्वविद्यालयहरूले आफ्ना प्रयोगात्मक र व्यावहारिक तालिम केन्द्रहरू सुदृढ पारेर तथा प्रयोग कार्य र व्यावहारिक तालिमहरू विस्तृत पारेर सबै विद्यार्थीहरूले आफूले सिकेका कुराहरू पूरा बुझेर त्यसलाई सुदृढ पार्नसक्ने तथा यो ज्ञान प्रयोग गर्ने उनीहरूको योग्यता बढाउन सक्ने कुरा पक्का पार्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *