भर्खरै :

मासु तथा खाद्यान्न पसल अनुगमनपसल अनुगमन

भक्तपुर, २४ असोज । भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको पाइएको जनाइएको छ ।
अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनको क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको अनुगमन समिति संयोजक गोराले जानकारी दिनुभयो । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *