भर्खरै :

जनतालाई अँध्यारोतिर धकेल्दै अमेरिकी राजनीतिज्ञहरू

न्युयोर्क, १० अक्टोबर । अमेरिकामा गत हप्तादेखि औसत प्रतिदिन ४६ हजार व्यक्ति नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई हप्ताअघिको तुलनामा १२ प्रतिशत वृद्धि भएको छ ।
ह्वाइट हाउस पनि महामारीमा परेको छ । अमेरिकी ब्रोडकास्टिङ कम्पनीका अनुसार, अक्टोबर सात तारिखसम्म अमेरिकी नेतालगायत ह्वाइट हाउसमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या ३४ पुगेको छ ।
अमेरिकी सङ्क्रमण रोगसम्बन्धी वरिष्ठ विशेषज्ञ आन्टोनी एस फौसीले ह्वाइट हाउसमा कोभिड–१९ भाइरसको सुपर स्प्रेडर गतिविधि देखिएको प्रमाणित गर्नुभएको थियो । एक श्रेष्ठ तटरक्षक अधिकारी पनि सङ्क्रमित भएको पेन्टागनले बताएको छ । अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिल्लीलगायत धेरै जनरलहरू क्वारेन्टाइनमा राखिएका छन् ।
ह्वाइट हाउस र पेन्टागनमा सङ्क्रमण देखिएको आकस्मिक अवस्था होइन तर अमेरिकी राजनीतिज्ञले विज्ञान र जनजीवनको सट्टामा राजनीति र निजी हितलाई प्राथमिकतामा राख्दा उक्त अवस्था देखिएको हो । यसबाट महामारी नियन्त्रण गर्ने उनीहरूको कदम सम्पूर्णरूपमा विफल भएको फेरि प्रमाणित भएको छ ।
नयाँ ल्यान्ड चिकित्सा पत्रिकाले अक्टोबर ८ तारिखको दिन ‘नेतृत्व भ्याकुममा मर्दै’ शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरी नेतृत्वको लागि महामारी परीक्षण हो तर अमेरिकी राजनीतिज्ञले यस सङ्कटलाई त्रासदीको रूपमा बनाएको उल्लेख गरेको छ । सोही दिन अमेरिकी राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका पूर्व अधिकारी रिक ब्राइटले वासिङ्टन पोस्टमा लेख प्रकाशित गरी अमेरिकी सरकारले महामारीलाई राजनीतिकरण गरेबाट हजारौँ अमेरिकी कोभिड–१९ सङ्क्रमण भएर मृत्यु भएको भन्दै आलोचना गरेका छन् ।
अमेरिकी सिकागो विश्वविद्यालयको सार्वजनिक नीति स्कुल र एपीबाट संयुक्तरूपमा आयोजित जनमत सर्वेक्षणका अनुसार, ५६ प्रतिशत अमेरिकी सर्वसाधारणले वर्तमान अमेरिकामा देखिएको महामारीको जिम्मा लिनुपर्ने विचार व्यक्त गरेका छन् । रोइटर्स र इप्सोसद्वारा गरिएको सर्वेक्षणमा, एक हजार अमेरिकी वयस्कमध्ये ५५ प्रतिशत उत्तरदाताले महामारीसम्बन्धी ह्वाइट हाउसको सूचनालाई अविश्वास गरेका छन् भने ५७ प्रतिशतले महामारीको नियन्त्रण गर्ने सरकारको कदमलाई अस्वीकार गरेका छन् । त्यसैगरी ६५ प्रतिशतले यदि सरकारले महामारीमाथि अरू गम्भीररूपमा ध्यान दिएको भए राष्ट्रपति ट्रम्पलाई सङ्क्रमण नहुने विचार व्यक्त गरेका छन् । विश्वलाई सबभन्दा चिन्ता लागेको कुरा के हो भने अमेरिकामाथि विश्व महामारी नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि सबभन्दा ठूलो दबाब रहेको छ ।
अमेरिकी जनताका लागि साँच्चिकै अँध्यारो समय आइपुगेको छैन । अमेरिका सङ्क्रमण रोगसम्बन्धी शीर्ष विशेषज्ञ फौसीले चेतावनी दिनुभयो कि चिसोयाममा महामारीको नियन्त्रण नगरेमा त्यसबाट मृत्यु हुने अमेरिकीको सङ्ख्या ४ लाख पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *