हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
प्रजातान्त्रिक जनगणतन्त्र कोरिया सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानमा छ । प्रजग कोरियाली सरकार र पार्टी मजदुर, किसानलगायत सबै श्रमिक जनतालाई बुद्धिजीवीकरण गर्नका लागि क्रियाशील छन् । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्यअनुरूप नै मजदुर र किसानहरूलाई पनि अध्ययनको व्यवस्था मिलाइएको छ । श्रमिक जनतालाई उच्च शिक्षा दिलाएर सांस्कृतिक र राजनीतिक स्तर उठाउने र साम्राज्यवादविरोधी भावना जगाउने काम सरकार र पार्टीले गरिरहेका छन् । मजदुरको लागि कारखाना कलेज, माझीहरूको लागि मछुवा कलेज र किसानहरूको लागि कृषक कलेजको व्यवस्था गरिएको छ ।
प्रजग कोरियालाई साम्राज्यवादी संयुक्त राज्य अमेरिकाले दुष्ट देशको रूपमा हेरिरहेको छ । प्रजग कोरियाले गरेको प्रगति देख्न नसकेर अमेरिकाले नाकाबन्दी ग¥यो । प्रजग कोरियाको सामान आयात नगर्नेमात्र होइन अरू कुनै देशका सामान प्रजग कोरियामा नपु¥याउने घृणित काम अमेरिकाले ग¥यो । लामो समयदेखि सराअले नाकाबन्दी गरिरहे पनि प्रजग कोरियाले आत्मनिर्भर मुलुक बनाउनको निम्ति प्रयास गरिरह्यो । संयुक्त राज्य अमेरिकाले यसरी विकासमा बाधा पु¥याउने काम गरिरहे पनि प्रजग कोरियाले विकासमा जोड दिइरह्यो । अमेरिकाबाट कुनै पनि बेला हमला गर्नसक्ने सम्भावना देखेर आणविक र हाइड्रोजनको परीक्षण गरियो । आफ्नो देश र जनताको सुरक्षाको निम्ति उक्त परीक्षण गरिएको हो ।
काम गरिसकेपछि अध्ययन गराउने काम प्रजग कोरियामा भइरहेको छ । उनीहरूलाई पनि विज्ञान तथा प्रविधि ज्ञान दिने काम भइरहेको छ । सबैलाई कम्युनिस्ट सिद्धान्तमा सुसूचित पारी क्रान्तिकारी कार्यकर्ता तयार गर्न कामको साथै अध्ययन गर्ने व्यवस्था मिलाइएको हो । यसरी पार्टी सङ्गठनहरूले किसान, माझी र मजदुरहरूको लागि पनि अध्ययन गर्ने वातावरण मिलाउन अलग अलग कलेजको व्यवस्था गरे । प्रजग कोरियाले सबैमा साम्राज्यवादविरोधी भावना जगाउन र देशभक्त बनाउन अध्ययनमा जोड दिइरहेको हो । किसान, मजदुर र माझीहरूले पनि उच्च शिक्षा हासिल गर्ने व्यवस्था सरकारले ग¥यो । त्यो देशले कम्युनिस्ट पार्टीप्रति समर्पित बनाउने काम ग¥यो ।
प्रजातन्त्र स्थापना भएको तीन दशक बित्दा पनि नेपाल साक्षर मुलुक पनि बनिरहेको छैन । साक्षर मुलुक बनाउने घोषणा भएकै एक दशक बित्यो । प्रत्येक वर्षको सरकारी नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने उल्लेख हुन्छ तर व्यवहारमा लागू हुँदैन । साक्षर मुलुक पनि नबनेको देशमा सरकारले वैज्ञानिक युगको सुरुवात भयो भनी रवाफ देखाउने काम ग¥यो । सानो देश भए पनि नझुकिकन, नडराइकन साम्राज्यवादी देश अमेरिकाको विरोध गर्ने देशको विरोध गर्नुपर्ने !नेकपा कम्युनिस्ट हो कि अमेरिका र भारतको पिछलग्गू देश हो !
Leave a Reply