भर्खरै :

सरकारकै लापरबाहीको कारण सङ्क्रमित सङ्ख्या बढ्ने

निषेधाज्ञा खुकुलो गरिएसँगै काठमाडौँस्थित टेकूको केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षण गराउनेहरूको भीड लाग्यो । बाहिरबाट आएकालाई आ–आफ्नो काममा संलग्न हुन र उपचार गराउन पीसीआर नेगेटीभ हुनु आवश्यक थियो । दिनभरि बस्दा पनि पालो नआएपछि परीक्षण गराउनेहरू अघिल्लो रातदेखि लाइन बस्न थाले । नेकपा सरकारको कोभिड रोकथाम गर्ने काइदा यस्तो भयो । पीसीआर परीक्षण गराउन पुगेका नै एकापसमा सङ्क्रमित हुने स्थिति भयो ।
सरकारले निजी प्रयोगशाला सञ्चालकलाई पीसीआर परीक्षणमा दुई हजार रूपैयाँभन्दा बढी नलिन आदेश दियो । त्यसअघि निजी प्रयोगशालाहरूले पीसीआर परीक्षणमा ५–७ हजार रूपैयाँ असुलेका थिए । सरकारको आदेशलाई निजी प्रयोगशालाहरूले अस्वीकार गरे र पीसीआरमात्र होइन सबै किसिमको परीक्षण बन्द गर्ने धम्की दिए । यो स्वास्थ्य सेवा निजीकरणको परिणाम हो । कर्पोरेटहरूको धम्की र दबाबमा सरकार सञ्चालन हुनु नलायकीको हद हो ।
गुणस्तरीय पीपीई नहुँदा करिब ६ सय स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भए । कोभिड सङ्क्रमणसँगै पीपीई अनुदान दिने कर्पाेरेटहरूको सङ्ख्या पनि बढ्यो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले पीपीईको गुणस्तरीय परीक्षण गर्ने बतायो । तर, सरकारले जिम्मेवारी दिएन ।
विज्ञहरूले स्यानिटाइजरभन्दा साबुन–पानीले बरोबर २० सेकेन्ड हात धुनु उत्तम हुने बताए । कतिपयले लिटरका लिटर स्यानिटाइजर किनी राखे । स्यानिटाइजरको गुणस्तर परीक्षण पनि ढिलो गरियो । भर्खरै १८ वटा स्यानिटाइजर उत्पादन गर्ने कम्पनी अयोग्य भएको समाचार प्रकाशित भयो ।
सरकारले मास्क लगाउने, दूरीमा बस्ने, स्वास्थ्य निर्देशिका पालना गर्ने उपदेश धेरै दियो । विज्ञहरूले एकदिन लगाएको मास्क अर्को दिन लगाउन नहुने र घाममा सुकाएर पाँच दिनपछि मात्र लगाउन मिल्ने बताए । अधिकांश नेपालीले एउटै मास्क ६ महिनादेखि लगाउनुपर्ने स्थिति छ । सरकारले कोभिडको लक्षण नेखिएसम्म र श्वास फेर्न गा¥हो नभएसम्म अस्पताल पुग्न नपर्ने उपदेश पनि दियो । सबै अस्पतालमा कोभिड बिरामीको उपचार गरिँदैन । खुट्टा भाँचिएका कोभिड बिरामीले महिनौँसम्म उपचार नपाएको उदाहरण पनि छ । कोभिड बिरामीको उपचार गर्न सरकार सक्षम नभएको धेरै उदाहरण छन् ।
विज्ञहरूले कुल सङ्क्रमितको २५ प्रतिशत सक्रिय सङ्क्रमित पुगे लकडाउन वा निषेधाज्ञा गर्नुपर्ने सुझाव दिए । तर, सङ्घीय सरकार अब त्यस्तो आदेश नगर्ने बताउँदै छ । सरकारकै लापरबाहीको कारण आउँदा दिनमा सङ्क्रमितको सङ्ख्या अकासिने निश्चित छ ।
भारतमा प्रतिदिन १ लाखको दरले सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । भारतसँग नेपालको खुला सीमा भएको हुँदा नेपालमा सङ्क्रमणको जोखिम बढ्दो छ । नेपालले भारतसँगको खुला सीमा बन्द गर्नु आवश्यक छ ।
कुल सङ्क्रमितमध्ये ६० प्रतिशत काठमाडौँ उपत्यकाका छन् । विश्व स्वास्थ्य सङ्गठनले घना बस्ती भएको ठाउँमा सङ्क्रमण बढ्ने अध्ययन नै गरेको बतायो । यो संस्थाले आउने चिसो मौसमको रूघाखोकीसँगै सङ्क्रमण अझ तीव्र हुने पनि अनुमान गरेको छ ।
सङ्क्रमित स्वास्थ्यकर्मी – डाक्टर – नर्स समेतले आफूहरूलाई समाजका केही पक्षबाट दूव्र्यवहार भएको पत्रकारहरूलाई बताएको प्रकाशित छ । विज्ञहरूका अनुसार सङ्क्रमितलाई उत्साहित गरी मनोबल बढाउनु आवश्यक छ । शिक्षक–शिक्षिकाहरूले सङ्क्रमित विद्यार्थी र अभिभावकलाई फोनमार्फत सम्पर्क गरी उत्साहित गर्नुपर्दछ । यो सङ्क्रमणको समयमा हाम्रो संस्कृति र संस्कारलाई औपचारिकतामा सिमित गर्न पनि शिक्षक–शिक्षिकाहरूले विद्यार्थी र अभिभावकमाझ सन्देश पु¥याउनु आवश्यक छ । नयाँ वर्षसँगै बेलायतको लन्डनस्थित थेम्स नदीमा लाखौँ मानिस जम्मा हुने कार्यक्रम अगाडि नै स्थगित गरिएको छ ।
कोभिड–१९ भाइरस अमेरिकाको हवाई टापुमा सन् २०१९ को सेप्टेम्बरमा देखापरेको र लगत्तै अमेरिकी मुख्य–मुख्य सहरमा फैलिएको हो । त्यसबेला अमेरिकाले यो भाइरसलाई सामान्य रूघाखोकी र आफै बिलाएर जाने भनी लुकाएको थियो । अमेरिकीहरूले नै सन् २०१९ को अक्टोबरको मध्यमा सैनिक खेलकुदको बेला चीनको उहानमा फैलाएका हुन् । चीनले यो भाइरसबारे विश्व स्वास्थ्य सङ्गठनमार्फत सारा देशलाई जानकारी गरायो । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कमजोरी ढाकछोप गर्न ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी आरोप लगाए तथा यूरोप, अस्टे«लिया, क्यानडा लगायतलाई भड्काउने दुष्प्रयास गरे ।
एक सय वर्षअघि स्पेनिस फ्लुको कारण संसारका ४ करोड मानिसको मृत्यु भयो । यो भाइरसको स्रोत पनि अमेरिका नै हो र स्पेनिस वैज्ञानिकले यो भाइरस पत्ता लगाएको हुँदा स्पेनिस फ्लु नामाकरण गरिएको हो । ठीक त्यसरी नै चीनले यो भाइरस पत्ता लगाउने काम ग¥यो ।
संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९ मा चीनलाई जिम्मेवार बनाउनुपर्ने आरोप लगाए । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले शीत युद्ध नचाहेको बरु मिलेर रोकथाम गर्न तयार भएको बताए । चिनियाँ राष्ट्रपति सीको भनाइ सन्तुलित, कूटनीतिक र यथार्थपरक छ । नेपालले कोभिड रोकथाममा चीन, प्रजग कोरिया र क्युवाबाट सिक्नु आवश्यक छ ।
नेपाल–भारत सीमा (स्ट्रिप) नक्सा र नेपालको भूमि भारतीय अतिक्रमणमा परेको बारे अहिले समाचार प्रकाशित भइरहेको छ । सन् १९८१ यता नेपाल–भारत सीमा नक्सा १८२ थान तयार गरियो । एक थान नेपालले र अर्को भारतले तयार गरेको भनिए पनि उक्त नक्सा भारतअनुकूल नेपालको भूमि अतिक्रमण हुने गरी बनाइएको हुँदा जनताको विरोध छ । यो स्ट्रिप नक्सा खारेज गरी नेपालको भूमि अतिक्रमण नहुने गरी नयाँ स्ट्रिप नक्सा तयार गर्न हामीले प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा आवाज राखेका छौँ । सुगौली सन्धिअनुसार काली पश्चिम भारतीय भूभाग भएको हुँदा महाकाली नदी सिङ्गै नेपालको हुनुपर्ने विषय पनि हामीले सो समितिमा उठाएका छौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महाकाली नदी सिङ्गै नेपालको दावी गर्ने अभ्यासमा नरहेको र महाकाली सन्धिमा सीमा नदी उल्लेख भइसकेको जस्ता देशघाती तर्क राखेकोमा पनि हामीले विरोध गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *