भर्खरै :

‘चिनियाँ सपना’ बारे चर्चा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले ‘रेशम मार्ग अथवा बीआरआईले विश्वमा पार्ने प्रभावबारे’ म·लबार अनलाइन प्रशिक्षण कार्यक्रम ग¥यो ।
पार्टीका उपत्यकास्तरीय कार्यकर्ताहरूबीच भएको उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले साम्राज्यवादी देशहरूले विकासमा पछाडि पारिएका देशहरूको कच्चा पदार्थ र बजार कब्जा गर्नुका साथै आफ्नो आधिपत्य स्वीकार नगर्ने देशहरूविरूद्ध नाकाबन्दी, युद्धको धम्की र आक्रमणसमेत गरिरहेका छन् भन्नुभयो ।
साम्राज्यवादी देशहरूले एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकी सरकारसँगको एमसीसी सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन हो । नेमकिपाले नेपाली जनतासँग मिलेर एमसीसी सम्झौता खारेजीको लागि सङ्घर्ष गर्दै छ ।”
“बीआरआई चीनको विशाल हृदयको परिचय हो । बीआरआई ‘एक क्षेत्र एक मार्ग’ कुनै सर्त र बन्देज नभएको बरू विश्वको साझा विकासको लक्ष्य बोकेको चीनको अगुवाइ हो”, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “संरा अमेरिकी उक्साहटमा भारतसमेत बीआरआईलाई व्यवधान तेस्र्याउन लागिपरेको छ । संरा सङ्घका १९३ सदस्य देशमध्ये १३८ देश बीआरआईमा आबद्ध भइसकेका छन् भने ७० देश बीआरआईको सञ्चालमा समेटिएका छन् । संरा अमेरिकाले चीनविरूद्ध प्रजातन्त्र र मानव अधिकार नभएको आरोप लगाए पनि राष्ट्र सङ्घको मानव अधिकार आयोगमा चीन पुनः निर्वाचित भएबाट चकीनविरूद्ध अमेरिकी आरोप झूटा सावित भएको स्पष्ट गर्छ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना रोग नियन्त्रणमा चीनले हासिल गरेको सफलताबाट समाजवादी सिद्धान्त सर्वोत्कृष्ट भएको प्रमाणित गर्छ भन्नुभयो ।
६–७ दसकमा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको र छिमेकी देशहरूलाई पनि फाइदा दिलाउन चीनले बीआरआई परियोजना ल्याएको धारणा उहाँले राख्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले पुरानो रेशम मार्गलाई लक्षित गरी निर्माण गरेको ‘एक क्षेत्र एक मार्ग’ ले विश्वका अविकसित देशको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, सहसचिव सुजन माक, सदस्य सुनिल दुवालले बीआरआई परियोजना विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
परियोजनाको क्षेत्र, उद्देश्य, आर्थिक प्रभावलगायतका विषय तथा समाजवादी सोच र सिद्धान्तबाट तयार भएको यो परियोजनाले आर्थिकरूपमा विश्वका सबै देशले फाइदा लिन सक्ने कुरा प्रस्तुतीकरणमा स्पष्ट पारिएको थियो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका पाण्डव सुवाल, नेक्रायुसङ्घ काठमाडौँका रमेश डंगोल, ललितपुरका नरेश महर्जनलगायतले बीआरआई परियोजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बाँके । नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा बुधबार ‘चिनियाँ सपना’ बारे जुममार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले चीनले रेशम मार्गको विकास गर्नु विशाल चीनको विशाल हृदय हो भन्नुभयो ।
बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा सचिव सुवालले ‘चीनको एक क्षेत्र एक मार्ग’ (बीआरआई) कार्यक्रमले अविकसित र आर्थिकरूपमा पछाडि परेका देशहरूसँग सुमधुर सम्बन्ध बनाई संसारकै समृद्धिको लागि पहल गर्ने स्पष्ट पार्नुभयो ।
संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले लिविया, सिरिया, अफगानिस्तान, भेनेजुयला, इराकलगायतका देशमा थिचोमिचो गरेको चर्चा गर्दै उहाँले समाजवादी चीनले ७० भन्दा बढी देशसँग साझा विकासको अवधारणा बनाएको उल्लेख गर्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले चीनको सपना संसारकै न्यायप्रेमी जनताको सपना रहेको चर्चा गर्दै चीनले दुवै पक्षको हित हुने गरी सहकार्यको अवधारणाअन्तर्गत संसारभर रेल सञ्जाल विकास गर्न लागेको बताउनुभयो । प्राध्यापक समाज, नेपालका सुनिल दुवालले रेशम मार्गको ऐतिहासिक पक्ष केलाउँदै आजको आवश्यकता र प्रारूपबारेमा जानकारी दिनुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले ‘चिनियाँ सपना’ पुस्तकबारे चर्चा गर्नुभयो । अन्जिरबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रूपेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।

त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘रेशम मार्ग र वेल्ट एन्ड रोड परियोजना’ विषयक अनलाइन प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चीनको नेतृत्वमा अगाडि बढेको रेशम मार्ग सारा विश्वलाई सँगसँगै अगाडि लाने परियोजना भएको बताउँदै चीनले विशाल हृदयका साथ काम गरिरहेको औँल्याउनुभयो ।
उहाँले चीन, प्रजग कोरिया, क्युवालगायतका देशहरूले समाजवादी खेमा र संरा अमेरिकालगायतका देशहरूले पुँजीवादी खेमाको नेतृत्व गरिरहेको बताउँदै नेमकिपा वेल्ट एन्ड रोड परियोजनाको आवश्यकताबारे जनतालाई सचेत बनाइरहेको बताउनुभयो ।
अतिथि सुवालले एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको एक हाँगा भएको र चीनको विकास पथको अवरोधक भएर अगाडि बढेको बताउँदै संरा अमेरिका आर्थिक नीतिबाट चीनलाई तह लगाउन नसकेपछि सैन्य गठबन्धनको नीति अङ्गालेको स्पष्ट पार्नुभयो ।
संरा अमेरिकाले आफ्नो देशबाट सुरु भएको कोभिड– १९ रोग लुकाएको, जनताको जीवन सुरक्षामा बेवास्ता गरेको बताउदै चीनले जनता प्रथम नीतिअनुसार सो रोग निराकरण गर्न सफल भएको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य सुनिल दुवालले रेशम मार्ग र वेल्ट एन्ड रोड परियोजनाको विविध आयामबारे प्रस्तुति दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य सुरेश परियारलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *