भर्खरै :

सूर्यविनायक वीरदल गणका प्रमुख सेनानी दाहाललाई स्वागत

भक्तपुर, ५ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत र भक्तपुरबाट भद्रकाली जंगी अड्डामा सरुवा भई जानुहुने प्रमुख सेनानी शिवप्रसाद पौडेललाई बिदाइ गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले उहाँहरूसँग शिष्टाचार भेट गरी कोभिड नियन्त्रण तथा रोकथामको लागि गरिरहेको प्रयास र दसँैलाई सामान्य औपचारिकतामा सीमित गर्न नगरपालिकाले गरिरहेको गतिविधिबारे जानकारी गराउनुभयो । आफ्नो कार्यकालमा भक्तपुरका जनताको लागि गर्नुभएको सहयोगको लागि प्रमुख सेनानी शिव पौडेललाई धन्यवाद दिनुभयो ।
प्रमुख सेनानी पौडेलले सांस्कृतिक नगरको संरक्षणको लागि नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको कामको प्रशंसा गर्दै २ वर्षभन्दा बढी समय नगरपालिका सँगसँगै काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *