भर्खरै :

काठमाडौँ महनगरमा श्रमिक पत्रिका अध्ययन गोष्ठी

 
काठमाडौँ  । नेपाल मजदुर किसान पार्टी, काठमाडौँ महानगर समितिको आयोजनामा अनलाइनमार्फत ‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठीे बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् श्रमिक साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले कोभिड–१९ को महामारीमा पनि सरकारले नेपालको संविधानलाई लत्याएको धारणा राख्नुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने संवैधानिक बन्दोबस्तलाई उल्लङ्घन गर्दै सरकारले महामारीबाट पीडित जनतालाई थप आहत बनाएको धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्न दिएको आदेशविपरीतको सरकारको निर्णयले कानुनी राज्यको उपहास गरेको तर्क गर्नुभयो ।
उहाँले लकडाउन हटाउन र महामारीको धमिलो पानीमा माछा मार्ने व्यापारीको स्वार्थका लागि कोरोना भाइरस केही होइन भन्ने सन्देश व्यापक प्रचार गरिएको भन्दै विज्ञानले पुष्टि नगरेको कुराको पछाडि नलाग्न नागरिकलाई सचेत पार्नुपर्ने बताउनुभयो । कोभिड–१९ को गम्भीर अध्ययन तथा अनुसन्धानलाई अझ व्यापक र तीव्र बनाउनु आवश्यक भएको भन्दै केन्द्रीय सदस्य गोसाईले स्वास्थ्य अनुसन्धान परिषद्को हालसम्मको काम अपर्याप्त छ भन्नुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, काठमाडौँ महानगरका रत्ना डंगोल, कुलनारायण डंगोल, इन्द्रमान महर्जन , सानुकाजी महर्जन, कीर्तिपुरका बासुदेव डंगोल ,हरिकुमार महर्जन, रामचन्द्र महर्जन र कान्छाबाबु महर्जन, बुद्धिमान महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *