भर्खरै :

श्रमिक र मजदुरको अन्तरक्रिया

नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक वामपन्थी आन्दोलनको चिराग भएको बताउनुभयो । उहाँले साम्राज्यवाद, पुँजीवाद र विस्तारवादविरूद्ध लड्न ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले मद्दत गरिरहेको उल्लेख
गर्नुभयो ।
“विचार प्रचारप्रसारको निम्ति देशभक्त बुद्धिजीवी, स–साना व्यापारी, मजदुर किसानबीच पत्रिकालाई व्यापक बनाउन जरूरी छ”, उहाँले भन्नुभयो ।
उहाँले पत्रिकाको निरन्तरता र प्रभावकारिताको लागि कार्यकर्ता, पेशाकर्मी र मजदुर किसानले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । साथै पत्रिकालाई लेख–रचना, कार्टुन उपलब्ध गराएर पनि सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले सरकारले कोभिड सङ्क्रमितको उपचारको जिम्मेवारी लिनुपर्नेमा कर्तव्यच्युत भएको बताउनुभयो । उहाँले चाडबाडलाई रचनात्मक उपयोग गर्न विभिन्न गतिविधि गर्नु फलदायी हुने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले प्रधानमन्त्रीले मीठो भाषण गरेर जनतालाई अझै अन्योलमा धकेल्न खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, श्यामकुमार महर्जन, विशोक डंगोल, रमेश डंगोल, नरेश महर्जन, सुरेन्द्र महर्जन, श्रीकुमार महर्जन र बुद्ध लामाले पनि बोल्नुभएको थियो ।
चन्द्रागिरिमा श्रमिक साप्ताहिकको अन्तरक्रिया
त्यस्तै नेमकिपा काठमाडौँ चन्द्रागिरि नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् पत्रिकाका प्रकाशक सरोजराज गोसाईले एउटा कम्युनिस्ट पार्टीको सदस्यले धार्मिक अन्धविश्वासमा
कहिल्यै नलाग्ने विचार राख्नुभयो । उहाँले चाडपर्वमा आफन्तसँगको भेटघाट, रमाइलो, नाचगान, आरामजस्ता क्रियाकलाप हुनु राम्रो भए पनि भाग्यवादी चिन्तन राखी ‘ईश्वरको चाकडी’ तिर लाग्नु उपयुक्त नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, केन्द्रीय सदस्य राजवीर डंगोल , वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जन, सानुकाजी महर्र्जन, युवा रमेश डंगोल, शान्त महर्जन , सुनिल महर्जन,हरिशरण श्रेष्ठ, विस्वक डंगोललगायतले श्रमिक पत्रिकामा प्रकाशित विभिन्न आलेखबारेमा आ–आफ्नो विचार राख्नुुभएको थियो । कार्यक्रम नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *